स्वयम्भुनाथ कार्की
नेपालका सन्दर्भमा कृषि क्रान्ति, कृषि व्यवसायिकीकरण ः काशी जानु कुतीको बाटोजस्तो भएको छर
नेपालको कृषि निर्वाहमुखी भयो यसलाई व्यवसायिक कृषि बनाउनु परेको छ भन्ने भनाई धेरैको निमित्त आकर्षक भएको छर तर जमिन र कृषिकर्मसंग जोडिएकाहरु भने यस्ता चर्चाले थप त्रस्त हुनुपर्ने अवस्था भएको छर धानको रुखको हाँगा करी छाँटने भनेर कृषकलाई सिकाउने राजनैतिक, आर्थिक, समाजिक क्षेत्रका घघडानहरुले अव कुन आतंक मच्चाउने हुन भन्ने पिरोलो हुन्छर असार पन्द्रको परंपरागत महत्वलाई ओझेल पार्दै घोषणा गरिएको ‘धान दिवस’ विगतका केही बर्षदेखि कृषक र कृषिकर्मको खिल्लि उडाउने दिवसको रुपमा परिणत हुँदैछर चाहे रोपार संग छिल्लिने मन्त्री हुन वा वातानुकुलित कार्यकक्षमा गमलामा रोपिने धान होसर गालभरी वमरा जस्तो गरेर धानको विउको माला लगाएर भाषण गर्ने देख्दा होस् वा प्लास्टिकमा टेकेर धानको विउ रोपेको कर्मकाण्ड देखाउने शरम पचेकाहरु हुन सबैले कृषक र कृषि उत्पादनसँग जोडिएकाहरुको अपमान गरेका छन्र
लोकप्रिय नाराको रुपमा कृषिको व्यवसायिकीकरण गर्ने भन्ने सरकारको संयन्त्रले कसरी काम गर्छ भन्ने कुरा यो कोरोना लकडाउनमा प्रत्यक्ष भोगेका छन कृषकलेर निर्माण कार्यमा खुकुलो छ, व्यापारमा खुकुलो छ , ढुवानीमा खुकुलो छर तर जेठ असारको महिनामा कृषिमा प्रवन्ध हेर्नुपर्ने, कृषिकर्म गर्नु वा गराउनु पर्ने कृषिसंग जोडिएकाहरुको बेकारमा रमाइलो गर्न भिड गर्ने मान्छ सरकारको संयन्त्रर अझ उ त किसान भनेको कछाड कसेको, ल्याप्चेछाप हान्ने अनि अधिकारीहरु सँग बोल्दा थुरथुर काम्ने हुन भन्ने अवधारणा बोकेर बसेको छर कृषकको छोरा छोरी, नाती नातिनी वा पनाती पनातिनी कोही होलान् सरकार चलाउनेहरु सरकारी संयन्त्रका पुर्जाहरु अनि टाई कसेर विद्वान हुनेहरुर यी मध्ये कसैको पनि ध्यानमा आएको छैन कि कृषिकर्म निश्चित दिनहरुमा गरिसक्नु पर्छ नत्र मेहेनत लगानी सबै व्यथ्र्य हुन्छर त्यसैले धानकोे रुख हुँदैन भन्ने कुरासम्म पनि सम्झाउनु पर्ने अवस्थामा छ नेपालको कृषिर
न किसानको चिनेका छन न कृषिकर्म अनि कोही भन्छन ‘सानो कुन्दर हुन्छ, त्यसैले एक हेक्टर एक परिवारलाई काफी हुन्छ ्’र अर्को थरी भन्छन् सानो जग्गामा उत्पादन कम हुन्छ त्यसैले व्यवसायिक कृषिलाई ठूलो क्षेत्रफल चाहिन्छर त्यो ठूलो क्षेत्रफल सम्हाल्न किसानले सक्दैन त्यसैले कि सरकार, कि सहकारी, कि उद्योगपति चाहिन्छ र व्यवसाय वा उद्योग भन्ने वित्तिकै त्यहा श्रम गर्ने मजदुर वा कर्मचारी मात्र हुन्नन भन्ने वास्तविकता स्विकार गर्न सक्दैननर एक विरामी उद्योग वा व्यवसायलाई सहायता गरेर खडा गर्न पर्छ भन्नेहरु बाँझो भएको जमिनलाई कुन कठिनाइले त्यो बाँझो भयो भनेर खोज्न र सहायता गर्न भन्दा त्यसलाई दण्डित गर्नु पर्छ भन्ने अपराधिक भन्न सकिने सोच राख्छन्र
यस्ता सोच राख्नेहरुको तर्क हुने गर्दछ जमिन सम्पति हैन प्रकृतिक श्रोत होर तर उनिहरुले भुलेको कुरा के हो भने भौगोलिक क्षेत्राधिकार प्राणीहरुको पहिलो सम्पत्ति होर सबै प्राणी आङ्खनो क्षेत्राधिकार भएको भुगोल संग जोडिएका हुन्छन्, त्यसको भोगचलन गर्दछन र त्यो अधिकारको रक्षा पनि गर्दछनर यदि यो सत्य हैन भने वर्षमा आठ दस महिना जनसुन्य रहने इलाकामा अर्को मुलुकले दावी ग¥यो भनेर किन राष्ट्र उद्वेलित हुन्छ ? यदि जग्गा जमिन प्रकृतिक श्रोतमात्र हो र त्यसमा कुनै किसिमको स्वामित्व श्रृजना हुन्न भने मुलुकहरुका सिमा हुने थिएननर सिमा रक्षको निमित्त सपुतहरुले प्राण त्याग्दैन थिएर यो प्राणीको प्राथमिक स्वभाव हो कि यस्ता भौगोलिक क्षेत्राधिकार पहिले व्यक्ति त्यसपछि गाउँटोल, अनि समाज र अन्तमा राष्ट्रको रुपमा प्रकट हुन्छर
कृषिलाई व्यसायिक बनाउने इमान्दार सोच हो भने पहिले कृषिकर्ममा पनि व्यवसायमा हुने अवयवहरुको अस्तित्व स्विकार गर्नु पर्ने हुन्छर यसका निमित्त कृषकको पुरानो अवधारणाको परिभाषा बदलिनु पर्दछर यसका पनि पुँजी हुन्छ, व्यवस्थापन हुन्छ, बजार अध्ययन हुन्छ, बिक्री कोशल हुन्छ अनि उत्पादनमा लाग्ने श्रम त हुने नै भयोर जवसम्म यी पुरा अवयवहरुलाई स्विकार नगरेर केवल उत्पादनलाई मात्र कृषि भनिन्छ त्यसले बाँडने भनेको गरिवी नै होर अन्य सबै कुराको जिम्मा सरकार, सहकारी, उद्योगी अदिलाई दिएर उत्पादन मात्र कृषि हो भन्ने सोच लिने हो भने न कृषिको भलो कुन्छ न मुलुकको नैर तर नाराले समृद्धिको कुरा गरेर गरिवी बाँड्दा धेरैको राजनीति चम्केको छर यदि गरिवी नै रहेन भने कुन भावना बेचेर सत्ता र शक्ति प्राप्त गर्ने हो ? यदि यो कुरा हैन भने व्यवसायिक भनेपछि व्यवसायमा हुने सबै अंग मिलाएर मात्र व्यवसाय हुन्छ भन्ने चेत पलाउनै पर्छ र ?
जवाफ कसले दिने ?