banner
banner

कोरोनाको अतिज्ञानका दुस्प्रभावहरु

स्वयम्भुनाथ कार्की -
साधारणतया तात्कालिन घटना र परिस्थतिमा आलेख लेख्ने काम पत्रकारको हो स्तम्भ लेखकको हैन । स्तम्भ लेख्दा विषयको विष्लेशन , आङ्खनो धारणाआदि राखेर लेखिनु पर्ने हो । यस्ता कुरामा निष्पक्ष रहनसक्नु आलेखमा अतिरिक्त मुल्य थप्नु हो । आफ्नो मान्यतामा अरुलाई ल्याउन खोज्नु वा त्यसको प्रयत्न गर्नु पनि अनुचित मानिन्न । यस्तो वेलामा दुई भिन्न मान्यताका स्तम्भ लेखकहरुमा आआफ्ना आलेख मार्पmत तर्क वितर्क पनि हुने गर्दछन् । यसले अरुलाई धारणा मान्यता परिष्कृत गर्न बल पुग्छ । यस्तै घटना, परिस्थिति आदिको आधारमा हतारको साहित्य भन्ने समाचार, आलेख लेखिनाले कोरोनाको आफ्नो बास्तविक भयंकरता भन्दा हजारौ गुण भयंकर रुप प्रक्षेपण भएको छ ।
भन्न सकिन्छ यसले सावधानी बढाएको छ, महामारी संग सतर्क  गराएको छ । अर्थात मधौरुलाई आवश्यक भन्दा धेरै कडा ओखती खाने बनाएको छ । हो यो अति ज्ञानको कारणले बदलिदै गएको सामाजिक लोक व्यवहार कस्तो हुँदैछ र त्यसको जिम्मेवार को भन्ने प्रश्न अव पक्कै उठने छ । केही घटनाहरु देखिए जसलाई एकान्तवासको तान्द्रामा हुने मुर्खता भन्न सकिन्छ । यहा एकान्तवास भनेर भौतिक एकान्तवासको कुरो गरिएको हैन सामाजिक एकान्तवासको कुरा गरिएको हो । यसको शुरुवात नै यही सामाजिक दुरी वाक्यांसबाट भएको छ । भाइरस प्रसारणको साङ्लो तोड्न आवश्यकता के को हो भौतिक दुरीको वा समाजिक दुरीको ? लकडाउन अवज्ञा भएर भौतिक दुरी तोडिए पनि समाजिक दुरी भने बढ्दो छ । समाजिक दुरी मात्र हैन वैचारिक दुरी पनि बढेको छ ।
विराटनगर स्थित एलिट क्लबले बैशाख ४ गतेदेखि नै निरन्तर र दैनिक रुपमा यो वैचारिक दुरी, समाजिक दुरी हटाउने प्रयत्न गरेको छ । तर समाजिक दुरी नै नाम दिए पनि यस अवस्थामा आवश्यक भौतिक दुरी भने कायम राखेको छ । एलिट क्लबको तर्पmबाट आधिकारिक भन्ने निकायले के भन्छ त्यसलाई असर नपर्ने गरेर भन्ने हो भने यो प्रयत्न अति नै न्युन छ । किनभने सरोकारवालाहरुको सहयोग झारा तिराई भएको सहभागीहरुले महशुस गरेका छन । त्यसैले कोरोन अतिज्ञानको दुष्प्रभाव रोक्न यो प्रयत्नलाई हम्मेहम्मे परेको छ । आर्थिक दुष्प्रभावको चर्चा नै आवश्यक छैन त्यो त अव मुलुकले नै भोग्न शुरु गरिसकियो । छिमेकी भारतले नयाँ चरणको लकडाउनको तरिकामा अनुहार बचाउने काम ग¥यो । करिव करिव सबै कुरा खुल्ला गर्ने तर आवश्यक सावधानीको सरकारी निर्देश कडाईका साथ मान्ने मनाउने बाटो अवलम्वन गरेको छ ।
नेपालमा देखा पर्न थालेका केही दुष्प्रभावहरु मोटामोटी उल्लेख यो आलेखको ध्येय हो । यो सबै दुष्प्रभावहरु जनताको मनमा कोरोना भनेको सर्वनाशी महामारी हो , थुनिएर बस्नु बाहेक अर्को उपाय छैन भन्ने पारिनु हो । यसले जनताको अवचेतनमा कुष्टरोग, एड्स आदि जस्तो रोगीलाई बहिष्कार नै गर्नु पर्ने रहेछ भन्ने परेको छ । यसका प्रमाणहरु आआफ्नो स्थानमा अरुको प्रवेश निषेध गर्न टोलटोलका बाहुबलीहरु सकृय हुनुले नै दिन्छ । सरकार कतिसम्म निरिह भएको छ भन्ने कुरा हालै नागढुंगामा घटेको घटनाले प्रष्ट्र पारेको छ । एक जिम्मेवार स्वास्थ्यकर्मीलाई कर्तव्य पालनको क्रममा अर्को जिम्मेवार निकायबाट खटाइएको प्रहरीले बाधा गर्छ । अनि उसले नसके पछि मोरो कढ्न टोलका बाहुवली खटाउछ । त्यहा स्वास्थ्यकर्मीलाइ निरुत्साहन र बेइजती गर्न कुनै कसर बाँकी राखिन्न । यस्ता घटना कति भए होलान तर ज्यादा बेइज्जत गर्न टोले बाहुबलीले सामाजिक सञ्जालमा हाल्दा उजागर भयो । 
काठमाण्डौका घरपट्टीहरुले डेरावाललाइ निकाल्न थालेका कुरा सुनिन थालेको छ । यो काम व्यक्तिगत रुपमा नभएर स्थानिय सरकारको निकाय वार्डले नै सुचना निकालेर गर्न थालेको पनि देखिन थालेको छ । स्वास्थ्य कर्मीहरुले डेरा मात्र नपाउने हैन होटल रेष्टुरांमा पनि समाजिक कोढ सरह रहेको अछुतको व्यवहार भोग्न परेको छ । यो कुरा यत्तिकै रोकिन्न । अव यस्तो नव अछुतमा ती टोले बाहुवली पर्न थाल्नेछन , किनभने आवागमन रोक्न जाँदा भौतिक दुरी कायम गार्न सकेका हुन्नन । यस्तोमा कोरोनाको यो अन्धविश्वासले उनिहरुलाई पनि कोरोना सम्वाहक भनेर सोच्न जनता बाध्य हुनसक्छ । यसै क्रममा सुरक्षकर्मीहरु । पत्रकारहरु पनि यो विभेदको तारो हुन सक्छन् । ज्यादा ढुक्क नपरे हुन्छ त्यसपछिको पालो सांसदहरु लगायत राजनैतिक कार्यकर्ताहरुको आउने छ । त्यसैले यो दुष्प्रभाव रोक्न सही ज्ञान र सही व्यवहार आवश्यक छ । आतंकित बनाउने कार्य रोक्नुपर्ने सरकार गाई आए मैले जितें त्रिशुल आए तैले हारिस शैलीमा आपैm आतंक मच्चाउन नलागेको वेश । तर आवश्यक सावधानी र सतर्कता कुनै पनि हालतमा कसैले पनि त्याग्न मिल्दैन र हुन्न पनि ।
रक्तदान गरौं, रक्तदान जीवनदान

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper