banner

काम कुरो एकातिर, कुम्लोबोकी ठिमीतिर

स्वयम्भुनाथ कार्की -
विश्व कोरानासँग लडिरहेको छ तर नेपालमा यही वेला विपत्तिलाई अवसर बनाउने होडबाजी चलिरहेको छ । यो अत्यन्त्यै पिडादायक अनुभुति हो । केही दर्जन अरिंगाल पालेपछि विपत्तिको आड लिएर जे पनि गर्न सकिन्छ भन्ने सोच कतिसम्म प्रत्युत्पादक हुन्छ त्यो शायद राजनीतिकमीहरु अनि ती राजनीतिकर्मीहरुको हुक्काको चिलिम भर्ने हुक्के बुद्धिजीविहरुले अनुमान पनि गर्न सकेका छैनन । कोरोनाबाट निश्चित मृत्यु हुने र त्यस्तो मृत्युले अन्तिम संस्कार पनि विधिवत नपाउने हल्ला पैmलाइएको छ । यस्तो हल्लाबाट त्रसित हुन नदिनु र हल्ला पैmलाउनेलाई कारवाही गनुपर्ने दायित्व बोकेको सरकार अनि हुक्के बुद्धिजीविहरु नै यसलाई पैmलाउन लागिपरेका छन ।
यसको नतिजा यो भएको छ कि मान्छे कोरोना परिक्षण गराउन डराउने भएको छ । भरसक लुकेर भागेर भए पनि परिक्षणबाट बच्न खोजेको छ । अर्थात कोरोना आतंकको कारणले कोरोना भाईरस समाजमा लुक्ने वातावरण भएको छ । यो नचाहिदो आतंकको झलक विभिन्न रुपमा देखिएको छ । ताजा उदाहरण टेकुबाट निको भएर निस्केका एक बिरामीको छ । खवरमा आए अनुसार उनलाई आफन्त लिन पनि आएनन कोरोना सर्ने डरले । उनले बस्ने ठाउँ पनि पाएनन । यो भन्दा दुखदायी घटना अरु केही होला र ? यो सबै सरकारले जनताबाट आङ्खनो विश्वास गुमाउँदै गएको नतिजा हो । त्यसको कारणले नेपालको अस्पताल लगायत सबै सरकारी निकाय अनि सरकारी कर्मचारीहरु प्रति पनि जनताको विश्वास घट्ैछ ।
यहाँ जनताको विश्वास घटेको कुरा गर्दा धेरै थान हुक्केहरु कथित दुई तिहाईको नर्कटे डण्डा लिएर हमलाको निमित्त तैयार भएका हुन सक्छन । तर यदि दुई तिहाई नै थियो भने अध्यादेशहरुको खेल किन थियो ? किन अलग अलग चुनाव लडेका दलहरुले आङ्खनो मतदातालाई धोका दिएर एक अर्कामा विलय हुनुपरेको ? त्यस्स्ता हुक्केहरुले यो प्रश्नको उत्तर आपैmलाई दिए हुन्छ । उसै पनि सत्ताधारीको अरिंगलको बथानमा अरिंगलहरु घट्दै गएको प्रष्ट देखिदै पनि छ । केही थान यस्ता समर्पित अरिंगलहरु अव अरिंगलबाट नागरिकमा रुपान्तरण पनि हुँदैछन । अर्थात उनीहरु पात्र भन्दा कामकुरा सही गलत भन्न थालेका छन् ।
यो कुरा फलाना वा चिलाना दलहरुलाई मात्र भनिएको हैन । सबै दलहरु यो विपत्तिमा उस्तै देखिए । कुरो यो विपत्तिको मात्र हैन हरेक विपत्तिमा रजानीतिकर्मीहरु, उनीहरुका हुक्केहरु सबै नै विपत्तिलाई अवसर बनाउन तल्लिन देखिएका छन् । यो देख्दा कविशिरोमणीका यी हरफहरु याद आउछन्,
‘मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ
म हासुँ मै नाचुँ अरु सब मरुन दुर्बलहरु
भनि दाह्रा धस्ने अबुझ शठ देखि छक परि
चीता खित्का छोडि अभयसित हाँस्यो मरि मरि’
कसैलाई के धन्दा के धन्दा घर ज्वाईलाई खानको घन्दा भनेजस्तो पुरा राष्ट्र थुनामा अर्थात लकडाउनमा छ । पेटको ज्वालाले पिरोलेको छ । भविष्यको चिन्ताले जलाएको छ । जो जहाँ छ त्यो त्यही रोकिएको छ । अर्थात समय रोक्ने असफल प्रयत्न गरिएको छ । यस्तोमा सबै मिलेर यो अवस्थाबाट पार पाउने प्रयत्न गर्नु पने हो । जनता अनि स्वतन्त्र नागरिकहरुले आङ्खनो स्वतन्त्रता तिलाञ्जली दिएर एकवद्धता देखाएका छन् । तर राजनीति कर्मीहरुलाई भने यस वेलामा कुर्सीकुर्सी खेल्ने मौसम आएको छ । अनि यीनै दलहरु र दलमा लोकतन्त्र खोज्नेहरु जनता भन्दा यो खेल महत्वपूर्ण हो भन्छन् । यदि यस्तो हो भने दलतन्त्र भनेको जनताको भलो कुभलो संग कुनै सरोकार नभएको तन्त्र रहेछ भन्ने मान्नु पर्छ ।
यदि अलिकति पनि शरम छ भने सबैभन्दा पहिले जनताको विश्वास जगाउनु पर्छ । त्यसपछि जनतामा पैmलिएको आतंक निराकरण गर्नु पर्छ । त्यस पछि आफुलाई कोरोना संभावित ठान्नेहरु स्वयं परिक्षण गराउन आउने छन । यसरी शंकास्पद संक्रमित र गैरसंक्रमित छुट्टीने छन् । अनि स्वत संक्रमित गैरसंक्रमित विचमा आवश्यक सावधानी अपनाउन थालिने छ । राष्ट्रको स्वभाविक प्रकृया बहाल हुने छ । तर यसो गर्दा यो विपत्तिलाई अवसर बनाएर कमाउन भने पाईने छैन । अरुले भोकालाई बाँडेको खाद्यान्न खोस्न पाईने छैन । त्यसरी बाँडेबापत पक्राउ गरेर तर्साउन पाईने छैन । त्यसैले राजनीतिकर्मी र तिनीहरुका हुक्के बैठकेहरु यो बाटो लाग्ने छैनन् । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper