banner
banner

राष्ट्रवाद राजा महेन्द्रबाट सिक्न हुन्न र ?

दीर्घराज प्रसाई–
२०१७ साल पौष १ गतेको परिवर्तन नेपाली कांग्रेस विरुद्ध नभएर नेपालको राष्ट्रियताको सुदृढीकरणको कदम थियो । राजा महेन्द्रको विचारबाट पराजित भएकाहरू सत्ता कब्जा गरेर नेपालको राजनीतिलाई अन्योलग्रस्त बनाएर लुट मच्चाउने खोज्नु हो । २०४६ सालपछि नेपालमा वहुदलीय व्यवस्थाको पुर्नस्थापना पछिका राष्ट्रघाती भ्रष्ट व्यवहार र २०६३ साल पछिको खतरनाक अवस्था हेर्दा सम्पूर्ण देशवासीहरूले ५९ बर्ष अगाडि राजा महेन्द्रको कदमको संझना गरिरहेका छन् । अहिले २०१७ सालभन्दा राष्ट्रको बिकराल अवस्था छ । अहिले नेपाली जनता निरास छन् । नेपाली जनताको विचारमा विभाजित गराइएको छ । जनता टुक्रिएका छन् । नेपालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला, एमालेका माधव नेपाल, माओवादीका प्रचण्ड, बाबुराम भट्टराई, केपी ओली जस्ता राष्ट्रघाती, जनघातीहरूको कारणले नेपालको अवस्था संकटग्रस्त बन्दै गएको हो ।
राजा महेद्रले भनेका थिए– पार्टी भित्रका राष्ट्रघाती नेताहरूका कारणले जनतामात्र बिभाजित हुने होइनन् राष्ट्र नैं विभाजित हुनसक्छ । नेपालमा अहिले त्यही भइरहेको छ । आजभोलि सबैले राजा महेन्द्रको संझना गर्न थालेका छन् ।
भारतीय गुप्तचरहरूको ढलमा फसेको माओवादी सत्तामा आएदेखि अहिलेको नेकपाको सरकारसम्म नेपालको सार्वभौमसत्तामाथि कालो बादल मडारिएको छ । वामपन्थीहरुले मुखले जत्तिसुकै राष्ट्रियताको हुंकार गरेता पनि ती सबै सत्ताको भोकको गुहार बाहेक केही होइन । राजा महेन्द्रले भनेका थिए– पार्टी भित्रका राष्ट्रघाती नेताहरूका कारणले जनतामात्र बिभाजित हुने होइनन् राष्ट्र नैं विभाजित हुनसक्छ । नेपालमा अहिले त्यही भइरहेको छ । आजभोलि सबैले राजा महेन्द्रको संझना गर्न लागेका छन् । महान देशभक्त राजा महेन्द्र नेपाल र नेपाली जनताका कर्णधार हुन् । नेपालको सार्वभौम अस्तित्व कायम राखेर राष्ट्रका प्रतिष्ठा, पहिचान कायम राख्न ज्यू ज्यान अपर्ण गर्ने राजा महेन्द्र एक स्मरणीय योद्धा हुन् । राजा महेन्द्रले समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुख समृद्धिको लागि जे जति काम गरे त्यो सबैको सामु अझै ताजा छन् ।
स्मरणरहोस्– २०१७ साल अगाडि विदेशीहरू नेपालको जग्गा–जमीन खरिद गर्न स्वतन्त्र थिए । २०१८ सालमा राजा महेद्रबाट कुनै पनि बिदेशीलाई नेपालको भूमी खरिद गर्न रोक लगाइयो । नेपालको एक जिल्लाबाट अर्को जिल्ला जान भारतकै बाटोबाट हिंड्नुपर्ने बाध्यता थियो । राजा महेन्द्रबाट २०१८ सालमा पूर्वपश्चिम राजमार्गको गैलाकोटमा शिलान्यास गरेर भारतीय पीडाबाट मुक्त गराउने काम भयो । नेपाली भाषालाई अधिराज्यभर राष्ट्रभाषामा निरन्तरता दिलाइयो । २०१७ साल अगाडि, नेपाली भुमीमा ९० प्रतिशत भारतीय मुद्रा चलनचल्तीमा थियो, त्यसलाई हटाई नेपाली मुद्रलाई अनिवार्य प्रचलनमा निरन्तरता दिएर स्वाभिमान कायम गरियो । नेपालको सुरक्षार्थ बसेको भारतीय फौजलाई बिनासर्त राजा महेन्द्रबाट धपाउने काम भयो । हिन्दू अधिराज्यलाई ससम्मान संविधानमा उल्लेख गरेर भारत र विश्वभरका हिन्दुहरूमा सकारात्मक संदेश दिइयो, २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी छुवाछुत, जातिभेद र लिङ्गभेदको नीति तोड्ने अथक प्रयत्न गरेको, २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै बिना रक्तपात जमिन्दारी प्रथा, बिर्ता उन्मुलन गर्दै जग्गा जोत्ने मोहीहरूको अधिकार सुरक्षित राखेर असंख्यौं जग्गाविहीनहरूको उद्गार गरे । राजा महद्रले कदम नचालेका भए नेपालको अस्तित्व पहिल्यै समाप्त हुन्थ्यो ।
भारत रिसाउँछ भन्ने डरले कांग्रेसी, कम्युनिष्ट नेताहरू राष्ट्रिय एकताका कुरा पनि उठाउन चाहँदैन थिए । सन् १९५० को सन्धि र दिल्ली संझौता हावी थियो । कुनै पनि स्वतन्त्र एवं सावैभौमसत्ता सम्पन्न राष्ट्रको संरक्षण अर्काका देशको फौजबाट हुँदैन, आफ्नै देशका फौज चाहिन्छ । एउटा स्वतन्त्र राष्ट्रका आफ्नै मुद्रा हुन्छ, आफ्नै भाषा हुन्छ । आफ्नो देशको भूभाग खरिद बिक्री गर्ने सम्पूर्ण अधिकार आफ्नै देशका जनताको मात्र अधिकारमा रहन्छ, विदेशीहरूको कुनै अधिकार हुँदैन । भारतमा त्यहाँका जनताले भारतीय नागरिक भएरै पनि सिक्किम र काश्मिरमा जग्गा किनबेच गर्न पाउँदैनन् भने नेपाल जस्तो सार्वभौंम राष्ट्रमा भारतीयहरूको यस्तो हेपाहा प्रवृत्ति कहिलेसम्म ?
नेपालका एउटा महान देशभक्त राजा महेन्द्रको असामयिक रूपमा २०२८ साल माघ १७ गते ५२ वर्षको उमेरमैं देहान्त हुन गयो । मुलुक रोयो । विश्वभरबाट समवेदना आए । पत्रपत्रिकामा छापिए । राजा महेन्द्रको स्वर्गारोहण भएको बेला भारतीय समाचार पत्र टाइम्स अफ इण्डियाले सन् १९७२ फरवरी १ मा– पिपुल्स किङ्ग अफ नेपाल लेखेको थियो । भारतीय सामाचारपत्र नवभारत टाइम्सले लेखेको थियो– सन् १९६० मा संविधान भंग गरेको निर्णयलाई आलोचना त गरियो तर पछिका घटनाहरू र पञ्चायती व्यवस्था लागू गरिएपछि यो कुरा स्पष्ट भयो कि राजा महेन्दको निर्णय र प्रयोग उचित थियो । इण्डियन एक्सप्रेसले भनेको थियो— ‘राजा महेन्द्रलाई नेपाल र संसारका अन्य भागमा पनि त्यस्तो व्यक्तित्वको रूपमा संस्मरण गरिनेछ कि जसले आफ्नो सामथ्र्य र शक्ति अनुसार आफ्नो देशको सेवा गर्ने संकल्प गरेको थियो ।’ तर अहिले नेपाल खतरनाक मोडमा छ । महेन्द्रपछि कुनै पनि नेता देशभक्त निस्केनन् ।
२०४६ सालपछि र २०६३ सालपछि जघन्य अपराध गर्नेहरू अहिले कारवाहीमा नपरेता पनि गद्दारहरूलाई समयले छोड्ने छैन । त्यसैभित्र सूर्यबहादुर थापा, पशुपति सम्शेर जस्ता अरू भ्रष्ट पञ्चहरू पनि पर्दछन् । सूर्यबहादुर थापा र गिरिजा मरेर गए पनि उनीहरूले आफ्नो शासन सत्तामा बसेर ब्रम्हलुट मच्चाए, देशको अरबौं राजश्व खाए । २०६३ सालपछि गिरिजा र एमालेको काँधमा चढेर माओवादी सत्तामा आएर ब्रहलुट मच्चाए । गणतन्त्र, धर्र्मिनरपेक्षता, जातीय–संघीय राज्यको एजेण्डा ल्याएर नेपाललाई टुक्राटुक्रा पारेर बिदेशीका पोल्टामा हाल्न तम्तयार भए । एमाले र माओवादी मिलेर बनेको नकेपा त देशका लागि दुर्भाग्य नै साबित भयो,  देशलाई भ्रष्टाचारालय बनाइदिए ।
विश्वका अरूहरू राष्ट्र जस्तो नेपाल होइन । राजासँग संझौता भएर २०६३ साल वैशाख ११ गते आन्दोलन रोकिएको थियो । राजाकै कारणले आन्दोलन सफल मानियो । तर बिस्तारै एकपछि अर्को गर्दै संझौता र सहमति तोड्दै गणतन्त्र, धर्र्मिनरपेक्षता, जातीय र संघीय आधारमा संघीय राज्यको अवधारण अगाडि सार्नु यो कति ठूलो धोका हो ? देशलाई धोका दिएर कांग्रेस, एमाले र माओवादीहरू नैं राष्ट्रघातका अगुवा बने । गन्हाएका कांग्रेस, एमाले, माओवादीका भ्रष्ट अनुहारहरूको कसैबाट समर्थन हुने अवस्था अव छैन । माओवादी र एमाले मिलेको नेकपा त जनविश्वासबाट टाढिसकेको छ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरण गर्ने काम भयो भने नेपाल अधिराज्यलाई एकसूत्रमा आवद्ध गर्ने काम राजा महेन्द्रबाट भएको हो । छोटो समयमा नैं नेपालको चौतर्फी विकास गरेर नेपाललाई विश्व रङ्गमञ्चमा चिनाउने राजा महेन्द्रका योगदानप्रति समर्पित भएर तिनले गरेको योगदान र राम्रा कामको स्वागत गर्न जरुरी छ । राम्रा काम जसले गरेको भए पनि राम्रै हुन्छ, विभेद र पूर्वाग्रह राख्नु राजनीति होइन । यति कुरा नेपाली शासकहरुले अन्य मुलुकबाट पनि सिक्दा हुन्छ । राम्रा काम सदैव गौरवमय नै हुन्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper