banner
banner

सल्य र कर्ण महाभारतको पाठ

स्वयम्भुनाथ कार्की -
बल, चातुर्य, क्षमता, पराक्रम आदि प्रचुर भएर पनि आत्मवलमा भएको प्रहारले पराजय हुन्छ भन्ने उदाहरण हो सल्य र कर्णको सन्दर्भ । मद्रदेश पाण्डु पत्नी माद्रीको माइती हो, त्यसैको राजा हुन् सल्य । सल्य नकुल र सहदेवका सहोदर मामा हुन् । शकुनीको कुटिल बुद्धिको शिकार भएर भाञ्जाको पक्षबाट महाभारत युद्ध लड्न आएका सल्यलाई आतिथ्यको जालमा पारेर दुर्योधनको पक्षबाट युद्ध लड्न बाध्य बनाइयो । मन पाण्डवतिर र कर्तव्य कौरवतिर हुन बाध्य पारिएका सल्य कौरव सेनामा हुनु कुनै पनि नीतिले ठिक थिएन । तर केवल पाण्डवको मनमा यसले चोट पुग्नसक्छ भनेर दुर्योधनलाई ठिक लागेको थियो । 
सल्य आफुलाई गरिएको छलको बदला लिने मनसाय पालेर बसेका थिए । त्यो अवस्थामा अर्जुनलाई हराउन सक्ने क्षमताको कर्णको सारथी बनाईयो सल्यलाई । हुन त अर्जुनको टक्करको महारथी अरु नभएको हैनन कौरव सेनामा । तर ती सबै अर्जुनप्रति अनुराग राख्थे एक कर्ण मात्र यस्ता महारथी थिए जो अर्जुनलाई पराजित गर्ने अभिलाशा राख्थे । यदि पाण्डवका मामा नै सारथी भएर हाँकेको रथमा सवार भएर कर्णले अर्जुनको वध गरेभने त्यो अवस्था दुर्योधनको निमित्त अति उल्लासमय हुने थियो । यो कुरा कर्णको मनमा घुसाईयो  । त्यसैले कर्णले सल्यलाई सारथी भैदिन आग्रह गरे । सल्यले पनि सारथी हुञ्जेल अस्त्रशस्त्र चलाउन नपर्ने भयो । अर्थात भाञ्जा पक्षको विरोधमा पत्यक्ष्य युद्ध गर्नु परेन । थपमा कर्णको साथ रहेर कर्णको आत्मवलमा प्र्रहार गर्ने मौका पनि प्राप्त भयो ।
सल्यले यो मौकाको पुरा उपयोग गरे । शुरुदेखि कर्ण वधसम्म लगातार उनले कर्णको मनोवलमा प्रहार गरिनै रहे वोलीको माध्यमबाट । कर्णको कमजोरीको बखान र अर्जुनको पराक्रमको बयान र रथ सञ्चालन दुवै उनले कुशलताले गरे । रथ हाँक्ने वाहेक अन्य कुनै सहायता उनले कर्णलाई गरेनन । आफ्नो रथ सञ्चालन कौशल केवल कर्णको निर्देशन पालनमा मात्र गरे । लगातारको वचन वाणले कर्णको मनस्थितिमा प्रहार भयो । यसले कर्णको आत्मवल कमजोर हुँदै गयो । यो कमजोर आत्मवलले अन्तमा कर्णको बल, पराक्रम व्यथ्र्य भयो र अजुनको हातबाट मृत्युवरण गर्न पुगे । यसरी उनले नहुल सहदेवलाई दिएको आफु वैरी सेनामा भए पनि पाण्डवको पक्षबाट लडने वचन पुरा गरे । 
मान्छे यन्त्र हैन, उसले गर्ने हरेक काममा उसको योग्यता क्षमता जत्तिकै उसको मनस्थितिको पनि भुमिका हुन्छ । कुनै प्रतियोगिता जित्न सक्दिन भन्ने लागेमा उसको पराजयको संभावना बढेर जान्छ । आत्मविश्वासले उसमा भएको क्षमता बढाउछ । आत्मविश्वास धर्मरायो भने क्षमता घटेर जान्छ । सहास भनेको नै आत्मविश्वास हो जो आङ्खनो क्षमतालाई सही चिनेर पैदा हुन्छ । केवल आत्मविश्वासले नै हुन्छ भनेर क्षमता गौण राख्ने हो भने त्यो आत्मविश्वास हैन घमण्ड हुन्छ । अनि घमण्ड हमेशा हानीकारक हुन्छ । यो कुरा हरेक समय हेक्का राख्नु पर्दछ , विपत्तीको कामना गर्दै गर्दा त झन धेरै । उदाहरणको निमित्त सबैलाई थाहा छ विश्वमा भएका ८० प्रतिशत सर्पहरु बिष विहिन हुन्छन । जो यो चिन्छ त्यसमा आत्मविश्वास हुन्छ र जुनसुकै सर्पसंग पनि भयभित हुन्न । तर उसले बिषालु चिनेको कारणले अतिरिक्त सावधानी राख्छ । जो यो चिन्दैन त्यसलाई बिष विहिन सर्पले डसेमा पनि बिष लाग्छ नै । जो अध्यारो पक्ष जतिसुकै सानो भए पनि हेर्छ त्यो हमेशा भयभित हुन्छ । उज्यालो पक्ष हेर्दा हिम्मत आउछ आत्मवल बढ्छ । तथ्यांकले देखाउदैछ विश्व महामारी भनेको रुढा कोरोनाले भेटेकाहरु मध्ये सयकडा ९६ सामान्य अवस्थामा छन्, सयकडा ४ मात्र सिकिस्त छन । ती सिकिस्त मध्ये सयकडा २० को मात्र मृत्यु भएको छ । 
त्यसैले त्यो सयकडा ४ मा नपर्न आवश्यक सावधानी राखेर आत्मवल बढाउनै पर्छ । नत्र रुढा पछिको अनिकालले अहिले जनताको मनोवल उच्च राखेर उत्पादन गर्दै गरेका मुलुकहरुको दयाले बाँच्नु पर्ने हुन्छ । त्यो यो रुढा भन्दा खतरनाक अवस्था हुनेछ । बहादुरीको किस्सा नसुनाए हुन्छ, केही महिना आफुलाई अपुग भएकोले भारतले प्याज रोक्दाको हाहाकारले पोल खोलीसकेको छ । उसैपनि नाकाबन्दीेले उद्वेलित हुनु भनेको नै बाहिरबाट नआएमा प्याकप्याक होइन्छ भन्ने हो । मुलुकमा सक्रमण कम देखिएको अवस्थामा सिमा बन्द गरेर आन्तरिक उत्पादनमा आत्मनिर्भर हुने मौका आएको छ । यो चुक्नु मुर्खता सिवाय केही हैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper