banner
banner

कोरोना जुम्बी भाइरस हैन, आतंकित किन हुने ?

स्वयम्भुनाथ कार्की -
जब मान्छेलाई ज्यानको डर हुन्छ ऊ स्वकल्पना गर्न थाल्छ । यो अवस्था कोरोना रुढाले पैदा गरिदिएको छ । पहिले सावधान नभए आफुतिर पनि रुढा आउनसक्छ भन्ने सोचिएन । चीनको खिल्ली उडाउने काम गरियो । चमेरो खानाले कोरोना भाईरस निक्लेको भन्ने स्वकल्पनाबाट बाहिर ननिक्लने धेरै छन । तर जव यो भाइरस पैmलियो संसार नै आत्तियो । यही आत्तिने क्रममा कोरोना जुम्बी पैदा गर्ने काल्पनिक 
भाइरस जस्तै मानियो । कसैले आतंकित नहुन, नडराउन भनेको कुरालाई सामान्य समयमा जस्तै निस्फिक्री जीवनशैली कायम राख्न पर्छ भनेको स्वकल्पना गरियो । त्यसैले पहिले यो स्पष्ट गर्न आवश्यक भयो कि आतंकित नहुनु, नडराउनु भनेको निस्फिक्री हुनु भनेको हैन । सावधान भएर अआङ्खनो दैनिकी कायम राख्नु हो । 
जुम्वी शव्द र जुम्बी भाइरसको कल्पना १९६८ मा बनेको एक अंग्रेजी चलचित्रको उपज हो । वेला वेलामा यो विषयमा चलचित्र धारावाहिक बनिरहे र बन्दै पनि छन । कथामा यो काल्पनिक भाईरस कुनै वैज्ञानिकको प्रयोगको नतिजा मनिएको छ । यसले चिहानमा गाडेका वा अन्य मुर्दा शरिरलाई एक प्रकारको सैतान बनाउँछ । यीनीहरु हिडहुल गर्न थाल्छन्, मान्छे खान थाल्छन् । ज–जसलाई यिनीहरुले टोक्न भ्याउँछन् ती पनि त्यस्तै सैतानमा परिणत हुन्छन । यिनै सैतानलाई जुम्बी भनिएको छ । यो विषयले भारतीय चलचित्रमा पनि प्रवेश पाएको छ । डराउने कथा, भूत कथा  आदिको निमित्त यो लोकप्रिय बिषय भएको छ । यस्ता कल्पनाहरुमा पश्चिमाहरु सामान्यतया विज्ञान घुसाउँछन् भने पुर्वेलीहरु तन्त्रमन्त्र, देवश्राप आदि । 
कोरोना भाईरसको त्रास र आतंक ज्यादा जसो राज्य सञ्चालक लगायतका अगुवाहरु आत्तिएर गरेका कामले पैmलिएको छ । यसको अर्थ यदि नआत्तिएको भए यो रुढा आउने नै थिएन, यसले विगार नै गर्ने थिएन भन्ने होईन । तर यसको सामना मानवले सावधानीको साथ तर त्रसित नभई गर्ने थियो । आत्तिएर उठाएका कदमहरुले कोरोना संक्रमण हुनु भनेको त्यही काल्पनिक जुम्बी हुनु हो भन्ने जनमानसमा पर्न गएको छ । यो रुढाको स्थिति जानकारी गराइरहेका छन्  विभिन्न संस्था तथा निकायहरु । यसको यो आलेख लेख्दासम्मको स्थितिमा पैmलिने गति तिब्र हुँदै गएको देखिन्छ । संक्रमितहरुको अवस्थामा सामान्य संक्रमति र कडा संक्रमितहरुको अनुपात लगातार ९५ र ५ कायम छ । अर्थात सय संक्रमितमा ५ मात्र कडा संक्रमित छन् ।  
निको भएर जाने र मरेर जानेहरुको अनुपात शुरुको ८६ र १४ थियो । जतिजति त्रास बढ्दैछ सावधानीको निमित्त कडाई गरिदैछ त्यति यो अनुपात चिन्ताजनक हुनेक्रममा छ । अहिलेको अनुपात निको हुने ७९ प्रतिशत र मर्ने २१ प्रतिशत पुगिसकेको अवस्था छ । शुरुमा तिब्र क्षति व्यहोरेको चीनमा अव यो रुढा फाट्टफुट्ट मात्र देखिएको छ । अघोषित सामाजिक बहिष्करणमा पर्ने भयले मान्छे जाँचबाट भाग्न खोजेको यो अवस्था हानीकारक हो । समय मै भेट्दा सामान्य हुने संक्रमण ढिलो भेटिदा कडा संक्रमणको अनुपात निरन्तर बढदै गएको छ । मनमा त्रास लिएर काम गर्नु परेको कारणले हुनसक्छ जहाँ चीनको संक्रमित मृत्युदर सयकडा ४ को हाराहारीमा छ त्यही संयुक्त अधि
राज्यमा संक्रमित मृत्युदर सयकडा १० भन्दा धेरै छ । स्पेनमा पनि त्यसैको हाराहारीमा देखिएको छ । अमेरिकामा भने त्यहाको राष्ट्रपतिलाई संसारले मुर्ख भन्दा पनि संक्रमित मृत्युदर भने सयकडा २ दशमलव ८५ मा रोकिएको छ । 
त्रासले कोही बाहिर निस्केमा आङ्खनो घरमा कोरोना भाईरस पसाउछ भनेर त्यसलाई जुम्वीको व्यवहार गर्नु भनेको मानवता छोड्नु हो । कुरो बुझाउने सम्झाउने काम सरकार र अगुवाहरुको हो । आतंकित पार्नाले परिस्थिति अझ खराव हुन्छ । अरुलाई ज्यानको माया नै छैन केवल आफुलाई मात्र ज्यानको माया छ भन्ने भ्रम छोडेर मिलेर यो विपत्तिको सामना गर्ने हो भने यसलाई पनि 
पराजित गर्न सकिन्छ । यहाँ मिलेर भन्नाले भिड गरेर भनिएको हैन । जीवाणु 
(वेक्टरिया), विषाणु (भाइरस) पैmलिन नदिने उपाय अवलम्वन गरेर तर नडराई भनिएको हो । कोरोना आशंकित काल्पनिक जुम्बी जस्तो हैनन् । ती बन्धुवान्धब हुन जो वर्तमानमा कष्टमा छन । उनीहरुलाई त्याग्नु मानवता हैन आफु बचेर उनिहरुलाई सहायता गर्नु मानवता हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper