banner
banner

राजा भोज र साबुन पानी

श्रीप्रसाद पण्डित -
कालिदासलाई लिएर एक दिन भोज राजा बगैंचामा डुल्दै थिए, दाहिनेतिर कालिदास र देव्रेतिर भोज राजा थिए । त्यसै समयमा देव्रे हात चलाउने भद्रमणि नाम गरेको कवि जो कालिदासको डाहा गर्ने तर अत्यन्त विद्वान थियो ऊ पनि टुप्लुक्क आइपुग्यो र राजाको देव्रेतिर बस्यो । यसरी तीन जना बगैंचामा घुम्द्ैे थिए, त्यही बेलामा कालीदासलाई होच्याउने नियतले भद्रमणिले देब्रे हातको प्रशंसा गरेको एउटा कविता रचेर भोज राजा र कालिदासलाई सुनायो ।
गृण्हत्येष रिपोः शिरः प्रतिजवं कर्षत्यसौ वाजिनं ।
धृत्वा चर्म धनुः प्रयाति सततं संग्रामभूमावपि ।।
द्यूतं चौर्यमथ स्त्रियं च शपथं जानाति नायं करो । अर्थात राम्रा राम्रा र ठूला ठूला काम गर्दा मानिसको देव्रे हात जहिले पनि दाहिने हातभन्दा अगाडि हुन्छ, जस्तै, लडाईमा गएको बेलामा देव्रे हातले शत्रुको टाउको समाते पछि बल्ल दाहिने हातको खुकुरीले शत्रुको टाउको छिनालिदिन्छ । लडाईमा जाँदा आफ्नो रक्षाको लागि लिइने ढाल पनि राजाको देव्रे हातले नै समातेको हुन्छ, शत्रुलाई हमला गर्ने धनुष काणको ठोक्रो पनि देव्रे काँधमा नै भिरिएको हुन्छ, शत्रुमाथि धनुषवाणले आक्रमण गर्दा पनि धनुष देव्रे हातले नै उठाइन्छ । देव्रे हातको महत्व जति बर्णन गर्दा पनि सकिंदैन । त्यसैले ठूला मान्छेलाई राजाले आफ्नो  देव्रे साइडतिर राख्ने गर्छन्।  प्रकृतिले नै यस्तो बनाएको छ कि नराम्रा काम जति दाहिने हातलाई गर्न लगाइन्छ । जस्तेै, जूवा खेल्ने काम, चोरी गर्ने काम, परस्त्रीलाई छुने काम र धरोधर्म साँचो कुरा मात्र भन्नेछु भनी धर्म भाक्दा तामा तुलसी छुने काम समेत गरी यी चारोटा नराम्रा काम चाहिं देव्रे हातले गर्दैन, यी काम दाहिने हातको हो । 
भद्रमणिले देव्रे हातको प्रशंशामा भनेको श्लोकको तीन पाउ मात्र थिए, यो श्लोकलाई पूरा गर्न चौथो पाउ पनि चाहियो, त्यसैले भोज राजाले चौथो पाउ बताउन कालिदासलाई आदेश दिए । कालिदासले यस प्रकार चौथो पाउ बताए ः–
दानानुद्यततां विरोक्य विधिना शौचाधिकारी कृतः ।। १ ।।
अर्थात्, दान गर्नु जस्तो महान् काम यो संसारमा अर्थोक केही छैन, त्यसैले ब्रह्माजीले यसरी नियम बनाइदिनु भयो कि दान दिने काम दाहिने हातले नै गर्नु पर्छ । भगवान् ब्रह्माजीले देव्रे हातलाई चाक धुने काम सुम्पिएर देव्रे हातलाई शौचाधिकारी बनाइदिनु भयो । त्यसैले तिमी भद्रमणि राजाको देव्रे तिरमात्र बस्न योग्य छौ । (राजाको दाहिनेतिर त हामी जस्ता असल मान्छे बस्ने हो) । कालिदासका कुरा सुनेपछि भद्रमणि त्यहाँबाट कुलेलम ठोक्यो ।
लकडाउनमा साबुन पानी
सावुन पानीले हात धुनलाई समस्या परेको यो कुरालाई सकेसम्म बढी प्रचार प्रसार गरी प्रधानमन्त्री केपी ओलीको कानमा पु¥याउन परेको छ । विश्वव्यापी स्वास्थ्य सङ्कटको रुप लिएको कोरोना भाइरसको प्रकोपबाट बच्नको लागि पटक पटक सावुन पानीले हात धुनुपर्छ । नेपालको संविधानको धारा १६ ले बाँच्न पाउने हकको ग्यारेण्टी गरेको छ । यसको लागि धारामा खाने पानी पनि पर्याप्त आउनु प¥यो । संविधानको धारा ३५ ले नेपाली नागरिकलाई प्रदान गरेको स्वास्थ्य सम्बन्धी हकको पत्याभूति दिनुपर्नेमा खाने पानी मन्त्री विना मगर भने प्रशस्त पानी सप्लाई गरेर साबुन पानीले हात धुन पाउने पर्याप्त व्यवस्था मिलाउनुको सट्टा कतै अन्यत्रै देउरानी जेठानीको टाउकोमा ठुँग हानेर बस्नु भएको छ कि क्याहो ? १२–१३ लाख जनता काठमाडौं बाहिर गै सकेको अवस्थामा हाल पानी दिइरहेको समयावधिलाई दोव्वर बनाएर पर्याप्त पानी दिन सकिन्थ्यो वा हप्तामा दुई पटक दिन सकिन्थ्यो, तर पानीको पर्याप्त सप्लाई नभएकाले सावुन पानीले हात धुन पाइएको छैन  । 
श्रीप्रसाद पण्डित
पूर्वरजिष्ट्रार, सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper