banner
banner

बृटेनमाजस्तो डाक्टर नर्स काममा फर्केलान्

बेलायतमा अवकाशप्राप्त २० हजार डाक्टरनर्स सेवामा फर्केछन् । नेपालमा पनि यस्तो हुनसक्ला ?
यतिबेला डाक्टर र नर्स भनेका भगवान हुन् । उनीहरुले नै हो घरपरिवार, समाज, देश र मानव सभ्यता बचाउने । राजनीतिको काम भाषण गर्ने हो, भ्रष्टाचार गर्ने हो । देशमा सुरक्षा निकाय र चिकित्सा सेवीहरुले मानव सेवा गर्ने बेला यही हो ।
बहालवालामात्र होइन, अवकाशप्राप्त समेत खटिदा बेलायतले कोरोनाविरुद्धको युद्ध जित्नसक्ने सम्भाबना छ । चीन, कोरिया, ताइवानले जितिसके, नेपाल ठूलो भूमरीमा फस्ने खतरा छ । यो खतरा टार्ने सरकारको लकडाउन, नागरिकको सहयोग र चिकित्सकको योगदानले नै हो । बेलायतमा नागरिकहरुले काममा फर्किने चिकित्सकहरुलाई धन्यवाद दिएका छन् । नेपालीले धन्यवाद दिने दिन कहिले आउला ? बेलायत सरकारले नोबेल कोरोना भाइरसको संक्रमणका बेला मुलुकलाई संकटबाट जोगाउन अनुभवीसमेत रहेका अवकाशप्राप्त करिब ६५ हजार चिकित्सकलाई कोरोना महामारीको अवधिभरका लागि सेवा फर्किन अपिल गरेको थियो । नेपाल सरकारले यस प्रकारको अपिल गर्न किन कञ्जुसी गरेको होला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper