banner

कोरोना सन्त्रास मेरो अनुभूति

स्वयम्भुनाथ कार्की -
चीनमा कोरोना भइरस देखियो । त्यसले धेरैलाई आफ्नो चपेटामा लियो । विश्वमा प्रचार युद्ध शुरु भयो, केही स्वघोषित कोरोनाविज्ञ पैदा भए । यसमध्ये  प्रभावशाली तीनिहरु थिए जसको विज्ञान र चिकित्सा क्षेत्रमा कुनै ज्ञान थिएन । तर राजनीति अनि कथित नागरिक अगुवाहरु थिए जसको कुरा सञ्चारकर्मीहरु माझ विक्छ । यस्तो हुन्छ भनेर भविष्यवाणी गर्दा यस्ता व्यक्तिहरुले यो यो कारणले त्यो भविष्यबाणी पुरा भएन भन्ने स्पष्टिकरण पनि तैयार पारेका हुन्छन् । यसको परिणाम विश्वले यो भाईरस पैmलने गतिमा तिव्रताको रुपमा पाएको छ । पैदा गरिएको डरले आत्मवल पुरै खस्केको छ । त्यसैले केही दिनदेखि मृत्यदर बढ्ने क्रममा छ । 
पहिले पश्चिमा प्रचारतन्त्रले चीनमा भएको त्यो त्रासदीलाई दावानल सल्काउने झिल्कोको रुपमा बुभ्mन मानेन । यसलाई चीनको खिल्ली उडाउने मौकाको रुपमा प्रयोग गरियो । चीन जोडिएको सबै वस्तु वहिष्कार गर्न प्रेरित गरियो । छिटै चीनले यो विपत्ति माथी विजय हासिल ग¥यो, तर यो अवधिमा उसले आफ्नो उत्पादन रोकेन । देशै भरी ‘लकडाउन’ गरेन । चीनबाट आएका नेपाली डाक्टरहरुको कुरा मान्ने हो भने वुहानमा पनि दैनिक काम रोकिएन । तर संभावित भाईरस प्रभावित र अप्रभावित निरन्तर छुट्याउने काम गरियो । हरेक व्यक्तिको ज्वरो दिनमा दुई पटक नापियो । चिकित्साकर्मीहरु अहोरात्र खटे । त्यसको प्रभाव देखियो यो आलेख तैयार गर्दासम्म त्यहाँ करिव साढे ८१ हजार संक्रमित मध्ये सवा ३ हजारले ज्यान गुमाएका छन । साँढे ७५ हजार निको भएका छन अनि ३ हजार करिवमा संक्रमण छ, जसमध्ये गम्भिर भने ७ सय हाराहारीमा छन् । यो विपत्तिसँग लड्ने समय हो, भाग्ने होइन ।
त्यसको विपरित विनाकाम वाहिर निस्कनेलाई २ सय देखि ५ युरोसम्म जरिवाना गरेर संक्रमण रोक्न कडा उपाय अपनाएको इटली क्षति व्यहोर्ने पहिलो मुलुक भएको छ । त्यस्तै भौतिक बल प्रयोग गरेर बाहिर निस्केकालाई रोक्ने स्पेन क्षति व्यहोर्ने दोश्रो मुलक भएको छ । ३४ हजार मृत्युमा इटली र स्पेन दुइ मुलुकको मात्र मृत्यु संख्या साढे १७ हजार भन्दा धेरै छ । त्यसको विपरित अमेरिका बन्द हुन बनेको मुलुक हैन भन्ने संयुक्त राज्य अमेरिकामा संक्रमित धेरै छन् । झण्डै १ लाख ४० हजार तर ज्यान गुमाउने अढाई हजार पनि पुगेका छैनन् भने गम्भिर संक्रमण भने पुग नपुग ४ हजार छ । यो कुरा कल्पना गरेर भनिएको हैन तथ्यांक र त्यसले देखाएको नक्साले भनेको हो । 
अर्थात जहाँ जनताको मनोवल उच्च राख्न प्रयत्न गरिएको छ त्यहाँ यसको प्रकोप देखिए पनि धेरै हानी गर्न सकेको छैन । तर केवल गफले मात्र हल हुने महामारी हैन यो । संक्रमण रोक्न प्रयत्न हुनुपर्छ तर त्यो जनताले बुझेर हुनुपर्छ, लाठी लगाएर हैन । रोक्ने काम भनेको रक्षात्मक काम मात्र हो । रक्षत्मक मात्र भएर कुनै संघर्ष जित्न सकिन्न । त्यसको निमित्त आक्रमक पनि हुनुपर्दछ । त्यो आक्रमक हुनु भनेको घरको कौशीमा वसेर ननिक्लि नहुने काममा बाहिर निस्केकालाई ढुंगा हान्न उत्प्रेरित गर्ने हैन । जनप्रतिनिधिले जसरी भोट लिन जनतालाई फकाएका थिए, त्यसै गरेर फकाउने हो लाठी हान्ने हैन । तर नेपालमा यो भन्नु शायद उचित हुन्न । किनभने राजनीति भनेको बन्द, हडताल, कफ्र्यु हो । त्यो महोत्सवमा तोडफोड गर्नु, ढुंगा हान्नु , बम पडकाउनु हो भन्ने पुस्ताको हातमा मुलकको शासन छ ।
सचेतना पैmलाएर आत्मवल बढाएर यो विपत्तिको मुकावला गर्नुको साटो जतिसक्यो त्यति डर पैदा गर्न तल्लिन छन् । सबै उत्पादन प्रणाली बाधित छ । एकले अर्काको सहायता गर्ने मानवीय स्वभावलाई एकले आफु बाँच्न अर्काको ज्यानको समेत परवाह नगर्ने शिक्षा दिईदैछ । अस्पतालहरुमा उपचार पाइएको छैन । अन्य रोगीहरु रोगको पिडा सहेर आफु मरेर भए पनि लकडाउन सफल पार्दै केही काँतरहरुको ज्यान वचाउन लाग्नै पर्ने अवस्था छ । यस्ताहरुले सोच्नु पर्ने हो कि पहिले ११२ दिनमा १ लाख पुगेको संक्रमण अर्को लाख पुग्न १२ दिन लाग्यो त्यसपछि ५ दिन अनि २ दिन हुँदै अव त १ दिन भन्दा कममा लाख पुग्दैछ । यो त्यसवेला भएको छ जुनवेला लकडाउनलाई विश्व संस्कृति बनाउने अभियान चलेको छ । अलिअली थप्दै यो लकडाउन कति महिनासम्म जाने हो त्यो थाहा छैन ।
अन्तमा सबैले यो बुझे हुन्छ कि दुला पसेर मानवजाती जोगिन सक्दैन, मुकावला गर्नेपर्छ । उसैपनि प्रकृतिको छनौटमा योग्यले मात्र अस्तित्व जोगाउँछ । अहिलेको काँतर मानवजाती समाप्त हुन वेर छैन । बाँच्ने र बचाउने यो भाइरसविरुद्ध मानव सभ्यताको युद्धमा मानिस साहसी हुनैपर्छ । साहसी हुने भनेको हतियार लिएर हिड्ने होइन, बुद्धि र विवेकको अधिकतम उपयोग गरुरी छ । अन्यथा मानव सभ्यताका सामु उभिएको यो भाइरसले जित्नेछ । भाइरस भगाउने सबैभन्दा अचुक ओखती भनेकै संचेतना हो । संचेतना भनेको कोठामा बस्नुमात्र होँइन । न त अनुशासन उल्लंघन गर्नु बहादुरी हो । आफू बच्न र समुदाय बचाउन कसरी सम्भव छ, त्यसतिर विशेष ध्यान दिनैपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper