banner

सतर्कता अपनाउन अनिवार्य

लीला  दाहाल  अधिकारी-

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड-१९)बाट हालसम्म विश्वभर ७ लाख २५ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३४ हजार  २२ जनाभन्दा धेरै नागरिकको  यस महामारीको संक्रमणबाट निधन भएका छन ।
विश्वभरका करिब दुई सय देशमा फैलिएको कोरोना संक्रमणबाट हाम्रो देश नेपालमा हालसम्म पाँच व्यक्तिमा संक्रमण पुष्टी भइसकेको छ।त्यस्तै, विभिन्न देशमा रहेका नेपाली नागरिक पनि यस रोगबाट संक्रमित भएको खबरहरु आइरहेका छन्। विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि यस घातक रोगबाट उच्च जोखिम रहेको बताइरहेको सन्दर्भमा सबैले उच्च सजकता र सतर्कता अपनाउन अनिवार्य  छ।
अहिले नेपाल सरकारले मुलुकलाई 'लगडाउन' गरी सम्पूर्ण नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ। साथै, सरकारले आफ्नो तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण,  उपचारलगायतको कार्यमा गरिरहेका पहल सकरात्मक छ। तर पनि धेरै  निजि अस्पतालहरु  रोग को संक्रमणको डरले बन्द गरेका छन । यसरी अस्पताल  नै बन्द गरिदिदा कयौँ  अरु रोगका बिरामीमा असर परेको छ ।यसै गरि बजारको धेरै जसो औसधि  पसल समेत  बन्द  गर्नाले  नियमित  औसधि  खानु  पर्नेले समेत  औसधि  किन्न समस्या  परेको छ ।  यस्तै गरि सामान्य   औसधि  किन्न पनि समस्या  परेको छ । यसरी मानिसको जीवन सं्ग सरोकार  भएका औसधि  पसल  र अस्पताल  बन्द  गर्नु कति को उचित हो त?  सामान्य  ज्वरो  आउदै मा  कोरोना नै हो भन्ने पनि होइन ज्वरो आउने धेरै  रोगहरुका  लक्षण हुन सक्छन । यसरी अस्पताल  नै बन्द  गरि दिदा  कतै अरु रोगका कारण   मानिसको  ज्यान जोखिम  मा पर्ने त होइन भन्ने  डर आम जनतामा परेको छ ।ज्वरोको  बिरामी  अस्पताल  मा आउदैमा यहाँ उपचार  हुदैन भनी घर पठाउनु  अस्पतालको कस्तो गैर  जिम्मेवारी  पन  हो  ।निजि अस्पतालको हकमा सम्पुर्ण  अस्पतालका स्वस्थकर्मीलाई सुरक्षाको प्रत्याभूत  अस्पताल व्यवस्थापनले व्यवस्थापन  गर्नु पर्दछ।  अब तराई  क्षेत्रमा गर्मी  बढ्दै गर्दा डेंगो लगायत  अन्य  उच्च ज्वरोको संक्रमण  हुन सक्छ।  त्यसैले सबै भन्दा पहिले सबै निजि अस्पताल  सरकारले खोल्न पहल गर्नु पर्यो भने स्वास्थकर्मीको सुरक्षा  र आत्मबल  बढाउने काम सरकारले र अस्पताल व्यबस्थापनले गर्नु पर्दछ । अत: यस रोगको पहिचान, परीक्षण र उपचार गर्न ‍औषधी, प्रयोगशाला सामाग्री र पीपीई लगायतका सामानहरु देशभरका अस्पतालमा पर्याप्त मात्रमा उपलब्ध गराउन सरकारको थप सक्रियता जरुरी छ।
यस विषम परिस्थितिको सामना गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आम सञ्चारमाध्यम, नागरिक समाज तथा सम्पूर्ण नागरिकको सकारात्मक भूमिका र साथ जरुरी हुन्छ। त्यसैले, विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई परिपालना गरी रोगबाट सुरक्षित रहन तथा परिवार र समाजलाई सुरक्षित रहन  सम्पूर्णमा  अनुरोध  गर्दछु।           

  २०७६//१२/१७/   र न पा 2

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper