banner
banner

कोरोनाबाट बच्न सतर्क ह्वौं

अधिवक्ता गंगा दाहाल -
कोरोना– मानव अस्तित्वका लागि महामारी बनेर आएको छ । यो महामारीसँग जुध्नका लागि एकता र सतर्कताको बिकल्प छैन । सामुहिक सचेतताको प्रयत्नले यो महामारीलाई हराउन र हटाउन सकिन्छ । त्रासदी फैलाएर त्रासदीमात्र जन्मिन्छ, संचेतना फैलाए त्रासदी कम पार्न सकिन्छ । हामी सचेत हौं ।
डब्लूएचओले भन्योः कोरोना महामारी नेपालतर्फ आउदैछ, सतर्क रहनु । अहिलेसम्म नेपालमा कोरोना देखिएको छैन । तर केही व्यक्तिहरु कोरोनाका सम्बन्धमा यति धेरै गलत सूचनाहरु फैलाइरहेका छन् कि मानौं नेपालमा कोरोनाको महामारीले उग्र रुप लिइसकेको छ । वर्तमान युगमा कुनै कुरा लुकाएर लुकाइरहन सकिन्न । नेपालमा कोरोना पसिसकेको छैन । पसेको भए पनि फैलिएको छैन । यसकारण हामीमा सचेतना जरुरी छ । कोरोना नफैलियोस् भनेर हामी आफै विशेष सतर्क हुनुपर्छ । १६५ देशमा बिस्तार भइसकेको कोरोना नेपालमा छैन, आउने खतरा छ । यो खतरासँग जुध्नका लागि नेपाल सरकार र सुरक्षा निकायहरुले विशेष तैयारी गरिरहेका छन्, जनजनमा चेतना बिस्तार गरिरहेका छन् । हामीले कोरोनासँग जुध्नका लागि स्वास्थ्य सूचनाहरुको अवलम्बन गर्नैपर्छ ।
डिसेम्बरको अन्त्यमा चीनको बुहानबाट सुरु भएको मानिएको कोरोना चीनमा नियन्त्रणमा आइसकेको छ तर युरोप र अमेरिकामा आँधी जसरी फैलिदैछ । त्यस्तो कोरोना आँधी आउन नदिन र आइहाले कोरोनासँग जुध्नका लागि हामी उच्च मानसिकताका साथ तैयार हुनुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोभिड–१९ को महामारी अब नेपालसहित दक्षिण, पूर्वीएसिया क्षेत्रका ११ मुलुकमा फैलिन सक्ने कडा चेतावनी दिएको छ । यो चेतावनीलाई हामीले बुझ्नैपर्छ । किनकि ११ मध्ये ८ मुलुकमा कोरोना देखिएको छ । नेपालमा एकजनामा देखिएको भनिए पनि उनी उपचारपछि स्वस्थ भएको दावी नेपालले गरेको छ ।
डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपालका अनुसार तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी देखिएको छ । सावधानीले मात्र हामीलाई स्वस्थ बाँच्न दिनेछ ।
कोरोनाबारे थाहा पाइराख्नुपर्ने जानकारीहरु यस्ता छन्–
नोभल कोरोना भाइरस भनेको के हो?
यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास क्भखभचभ ब्अगतभ च्भकउष्चबतयचथ क्थलमचयmभ ९क्ब्च्क्० सम्म गराउन सक्दछ ।
नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै बैज्ञानिक आधार हाल छैन । सन् २००३ मा देखिएको क्ब्च्क् र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन् । महत्वपूर्ण कुरा, नोभल कोरोना भाइरस मानिसहरू बीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टी भएको छैन । मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आजसम्म वैज्ञानिक तवरले पुष्टी भएको छैन । हाल यस विषयमा अनुसन्धान भइरहेको छ । यो एक व्यक्त्तिबाट अर्को व्यक्त्ति सर्न सक्दछ ।
एउटै परिवारका सदस्यहरू बिरामी भएको पाइएकोले, मानव–मानव बीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ । साथै, परिवारका सदस्यहरू एकै स्रोतबाट संक्रमण भएको हुन सक्ने सम्भावना पनि रहेको छ ।
यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ?
सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन । तथापि रुघा, खोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाई नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।
नोभल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन । स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर बाट बाहिर नजाने । सार्वजनिक स्थानमा नजाने । सार्वजनिक यातायात वा ट्याक्सीको प्रयोग नगर्ने । परिवारका सदस्यहरूबाट आफूलाई अलगै राख्ने ।
घर परिवारका अन्य सदस्यहरू भन्दा छुट्टै कोठामा बस्ने र उपलब्ध भए सम्म छुट्टै शौचालय वा स्नानगृहको प्रयोग गर्ने । घरायसी सामान एक अर्कासँग नसाट्ने । खाना खाएको भाँडा, गिलास, कप, काँटा, चम्चा, रूमाल, तन्ना जस्ता सामग्रीहरू घरका अन्य सदस्यहरूसँग साटफेर नगर्ने । आफूले प्रयोग गरेका सबै सामग्रीहरू साबुन पानीले राम्ररी सफा गर्ने । नियमित रूपमा हात धुने ।
नियमित रूपमा साबुनपानीले मिचिमिची २० सेकेण्ड सम्म हात धुने । साबुन पानी उपलब्ध नभएमा वा हात धेरै फोहोर नभएको भएमा अल्कोहल भएको स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ । फोहोर हातले आफ्नो आँखा, नाक वा मुख नछुने । खोक्दा वा हाछ्युँ गर्दा नाक र मुख ढाक्ने ।
यदि १४ दिन भित्र रुघाखोकी लाग्ने, घाँटी दुख्ने, १००.४ डिग्री भन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो महसुस हुने जस्ता लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने । यस्ता लक्षणहरू देखिएका बिरामीहरूले लगातार रूपमा मास्कको प्रयोग गर्ने । कोरोना भाइरस फैलिएको देशबाट आएको जानकारी स्वास्थ्यकर्मीलाई दिने । यसले अन्य व्यक्त्तिलाई कोरोना भाइरस रोग सर्नबाट बचाउन स्वास्थ्यकर्मीलाई सहयोग गर्दछ । सबै स्वस्थ बाँचौं, सचेत हौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper