देवी काफ्ले -
वर्तमान नेपालमा खडा भएको यक्ष प्रश्न भनेको– नेपालीहरुमा मानवीय समवेदना किन ह्रास भयो ?
आज विश्व नै कोरोना जस्तो महामारीको कारण त्रस्त छ । चीनबाट शुरु भएको यो महामारी अहिले विश्वभर आक्रमण गरिरहेको छ । महान शक्तिशाली देशहरु पनि यसबाट आतंकित छन् । कसरी जनतालाई सुरक्षित बनाउने भनेर दिनरात जुटिरहेका छन् । अन्य देशहरुमा सरकार मात्र हैन हरेक नागरिकहरु आ–आफ्नो क्षेत्रबाट खटिरहेका छन् । मिडियाहरुले आफ्नो भूमिका बखुबी निर्वाह गरेका छन् कि सबै नागरिकहरु सचेत रहुन् ।
ब्यक्तिगत रुपमा नागरिकहरु सरसफाई, भिडभाड, खानपानमा ध्यान पु¥याईरहेका छन् । स्वास्थ्य सँग खेलवाड गर्ने पक्षमा पटक्कै छैनन् । सरकारले आपूर्तिमा विशेष ध्यान पु¥याईरहेको छ । तर हाम्रो देशमा भने यही महामारीको मौका छोपेर व्यवसायी, नागरिकहरु कमाउ धन्दामा लागि परेका देखिन्छन् । कालोबजारी त मुख्य पेशा बनाएका छन् केही काला ब्यापारीहरुले । यो महामारीबाट सुरक्षित रहन प्रयोग गरिने अति आवश्यक सामान मास्क, स्यानीटाईजर लगायतका बस्तु, सामानहरुको मूल्य सुनिनसक्नु छ । प्याकिङका प्याकिङ मास्कहरु गोदाममा थन्क्याएर बाहिर मूल्य वृद्धि गर्ने, दैनिक उपभोग्य सामान, खाद्यान्न लगायत ग्याँसको नक्कली अभाव सृजना गरेर जनता ठग्ने र पैसा कमाउने जमातको कमी छैन ।
ठग्ने, कालाबजारी गर्ने सम्म एक हद थियो अहिले त झन् गलत, भ्रामक र डरलाग्दा सूचनाहरुलाई मिडियाबाजी गराउने एक खालको गिरोह सक्रिय छ । आत्मबलका कारण कैयौं रोगसँग लड्न सक्ने क्षमता बिकास गर्नुपर्ने बेलामा यहाँ त नेपालीले नेपालीलाई मरुन् सबै राज मै गरुँ भन्ने तरिकाले झन् हतोत्साही तुल्याउन मग्न छन् ।
यस्ता तत्वहरुलाई कडाभन्दा कडा कारवाह िगर्न सरकार र कानुन चुकिरहेको देखिन्छ । राजनैतिक ब्यक्तिहरुले पनि सरकारको बिरोध मात्रै गरेर बस्नुभन्दा बिपद्को बेला एकजुट हुने र आबश्यक सहयोग र सुझाव दिनु पर्ने हो तर यहाँ त कतिबेला सरकार बोल्छ अनि बिरोध गरौंला भनेर च्याँखे थापर बस्ने ? गरिएको छ । पहिले संकटसँग जुधौं, संकट टलेपछि लडाइँ गर्दा हुन्न र ?
यस्तो संकटको घडीमा एक अर्काको सहयोगको खाँंचो हुन्छ सहयोग गर्नु पर्छ भन्ने भावना आज नेपालीबाट हराउँदै गईरहेको छ । मौका यही हो भनेर स्वास्थ उपचारका साधनमा कालाबजारी, खाद्यान्न मा कालाबजारी, यातायातमा कालाबजारी अनि मानसिक सन्तुलनमा समेत कालाबजारी गर्ने कसरी नेपाली ? नेपाली संष्कार भनेकै सहयोगी र भाइचारा थियो । आज त्यो भाइचारा मरिरहेछ ।
एकातिर सरकारलाई सकेको गाली गर्छौं, अर्कोतिर सरकारले दिएको निर्देशनलाई लत्याउने गर्छौं । सरकारले गरेको कभभ परीक्षा रोक्ने निर्णयलाई पनि नगर्दा पनि गलत, बन्द गर्दा पनि गलत बनाइयो । जोखिम कतिबेला हुन्छ थाहा हुन्न । प¥यो भने परीक्षा हलमा परीक्षा दिदादिदै पनि रोक्नु पर्छ भन्ने नबुझेर बिरोध हो वा बढी बुझेर ? समस्या सोचमा छ, समस्या संवेदनशीलतामा छ ।
आपत बिपतको बेला सबै एकजुट हुनु, एक आपसमा सद्भाव र सहयोग गर्नु, मिलेर बिपद्को सामना गर्नु नेपालीको संस्कार हो तर आजको अवस्थामा त पुरै यसको बिपरित पो देखिन्छन् ।
देशमा बिपद्को अवस्था आउँदा नागरिकको कुनै भूमिका हुँदैन र ? नागरिक दायित्व के हो ? सरकार त नागरिक प्रतिनिधिमात्र हुन्, आफै जिम्मेवार हुने र सरकारलाई पनि जवाफदेही बनाउने नागरिकले हो । सबैकुरा सरकारले मात्रै गरिदिनु पर्ने ? आफु सुरक्षित हुनु र अरुलाई पनि सुरक्षित रहन सुझाव नागरिकले दिनु हुदैन र ? सरकारले भिडभाडमा नजानु भनेको छ, नागरिक त्यही सूचना बेवास्ता गर्दै झन् भिड जम्मा गर्ने। अनि सरकारले केही गरेन भन्ने । अनि आफ्नो स्वास्थ्यको सरकारले जिम्मा लिएन भन्ने । आफुले सहजै गर्न सक्ने काम पनि सरकारकै मुख ताक्नु पर्ने ? आखिर नागरिकको जिम्मेवारी कहिले निर्वाह गर्ने हो ? नागरिकले सहयोग नगरेसम्म जुनसुकै सरकारले केही काम गर्न सक्दैन । यो महामारीको बेलामा सबैले आ–आफ्नो ठाउँबाट सचेतना फैलाउँ । कसैलाइ हतोत्साही नपारौं । सामाजिक संजालमा गलत सूचना प्रवाह गर्नेलाइ कानुनको दायरामा लैजान सहयोग गरौं । नागरिकको कर्तब्य पूरा गरौं । मानवतालाई जिवन्त राखौं । मानवता मर्न नदिउँ । जतिसुकै लुटेर कमाए पनि आखिर महामारीले छोड्ला भन्ने छैन । त्यसैले मिलेर लडौं, मानवियता जोगाउँ ।