banner
banner

कक्षा १ को मासिक शुल्क ४० हजार

अधिवक्ता शिव सिग्देल -
कक्षा १ को मासिक शुल्क ४० हजार । १७ शीर्षकमा शुल्क लाग्छ । १ कक्षा पढ्ने विद्यार्थीसँग १७ शीर्षकमा शुल्क अशुल्दा पनि अनुगमन गर्ने नियकाले ठिक भनिरहेको छ । स्कूलले ठगिरहेको छ । शिक्षामा यस्तो ठगी ?
हुन त नेपालमा सुनभन्दा शैक्षिक माफियाकरण बढी छ । पहिलेका सुन तस्करहरुले समेत आवशीय विद्यालय, कलेज खोलेर मजासँग लुटिरहेका छन् । शिक्षा, स्वास्थ्य, पानी, खानपानका कुरामा व्यापारिकरण गर्न छुट दिने सरकार भए पछि तस्करहरु, माफियाहरु यतातिर लाग्ने नै भए । त्यसमाथि सर्वहाराको राजनीति गर्नेहरु पनि शिक्षा र स्वास्थ्यमा माफियागिरी चलाउन थालेपछि त बिछट्टै भ्रष्टाचार बढेको छ । नेपालमा भ्रष्टाचार अरुलेभन्दा बढी कम्युनिष्टले बढाएका छन् । कम्युनिष्टभन्दा धनी पुँजीवादी पनि छैनन् ।
अनेक स्कूल, कलेज छन् । युलेन्स त्यस्तै स्कूल हो । यो स्कूल यसकारण पनि चर्चामा छ, किनकि यो स्कूलको अध्यक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा छिन् ।
आश्चर्य के पनि देखिन्छ भने ट्रष्टको रुपमा सञ्चालित यो स्कूल सबैभन्दा महगो स्कूल हो । गैरनाफामूलक स्कूल पनि यति महगो हुनेरहेछ ।
यो विद्यालयले ‘ट्युसन–फी’ बाहेक हरेक दिनजसो पर्ने कुनै न कुनै उत्सव तथा कार्यक्रम, समुदायकेन्द्रित कार्यक्रम, अभिभावककेन्द्रित कार्यक्रम, मर्मतसम्भार, पत्रपत्रिका प्रकाशन, इमेल, एसएमएस अलर्टलगायत शीर्षकमा समेत शुल्क अशुल्छ । यो विद्यालयमा निशुल्क अथवा सुविधा भन्ने केही पनि छैन ।
शक्तिशाली भएपछि अनुगमनकर्ता पनि पातलिने रहेछन् । यो स्कूलले कुनै पनि शैक्षिक र शुल्क सम्बन्धि विषयमा अनुमति लिएको देखिदैन । अधिकार स्थानीय निकायलाई छ, स्थानीय निकाय पनि मौन देखिन्छ ।
वर्षौंदेखि चलेको यो स्कूलमा बल्ल शुल्क तोक्ने, सुविधा नियमन गर्ने तैयारी गरेको खबर छ । हुन त शिक्षा मन्त्रालयबाट ‘विशेष सुविधायुक्त विद्यालय’को प्रमाणपत्रसमेत लिएको रातो बंगला स्कुल पनि महगो स्कूल हो । यस्ता अनेक स्कूल छन्, जसले सरकारको नियम मानेका छैनन् र आफूखुशी अभिभावकहरुबाट शुल्क उठाइरहेका छन् । सरकारले मनलाग्दी शुल्क उठाउने सुविधा दिनुको मुख्य कारण नै राजनीतिक प्रभाव हो । यस्ता कुराले पनि नेपाली कांग्रेस बदनाम छ ।
स्मल थिङ्स् काउण्टस्, कांग्रेसलाई राजनीतिक नोक्सान यताबाट छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper