banner
banner

सन्दर्भ नारी दिवस

– लीला दाहाल (र.न.पा.–२, टाडी) -- 
नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तद्अनुसार फाल्गुन २४ गते सदा झैं यस पटक पनि विश्वभर लगायत नेपालमा समेत मनाइयो । संसारमा नारीवादी आन्दोलनको सुरुवात भएको दिनलाई अर्थात् मार्च ८ तारिकका दिनलाई नारी दिवस भनेर मनाउने चलन छ । संसारमा नारीवादको इतिहास धेरै लामो छैन । यो १९ औं शताब्दी देखि मात्र सुरु भएको हो ।
सन् १९०९ फेब्रवरी २८ मा सम्पूर्ण अमेरिकामा पहिलो पटक राष्ट्रिय नारी दिवस मनाइयो । सन् १९१० यूरोपका महिलाहरुले फेब्रवरीको अन्तिम आइतबरलाई नारी दिवसको रुपमा मनाउन सुरु गरे । डेनमार्कको कोपनहेगनमा अन्तर्राष्ट्रिय समाजतान्त्रिक पार्टीको सभामा नारी दिवसलाई अन्तर्राष्ट्रिय बनाउने माँग गरियो । जर्मन सोशलिस्ट पार्टीको नेत्री, क्लारा जेट्किनले अग्रणी भूमिका निर्वाह गरिन् । सत्र देशका १०० महिला प्रतिनिधिले अन्तर्राष्ट्रिय नारी दिवसको प्रस्तावलाई समर्थन गरे । यसै गरी १९११ युरोपमा अन्तर्राष्ट्रिय नारी दिवस महासमारोहको रुपमा मनाउन थालियो । यसरी १९७५ मार्च ८ राष्ट्र समूहले त्यस दिनलाई अन्तर्राष्ट्रिय नारी दिवस घोषणा गरे । यस दिन विभिन्न देशका सभाहलमा लामालामा भाषण दिन्छन् । देशदेशमा अन्यन्त धुमधाम साथ ¥याली निकालिन्छन् तर त्यसै दिन अरु पनि धेरै कुरा हुन्छन् । ती कुराको जानकारी धेरैलाई हुँदैन । खान नपाएर कैयौं महिलाहरु ज्यान गुमाइरहेका हुन्छन् । छोरी नजन्मियोस् भनेर भ्रुण हत्या पनि हुन्छ । त्यस दिन पूरै परिवारलाई दुखी बनाएर चाहना विपरित छोरी जन्मिन्छिन् । छोरी जन्माएकै अपराधमा कयौं श्रीमतीहरु श्रीमान्बाट तिरस्कृत हुन्छिन् । त्यस दिन गाउँ बजार, शहर नगरमा किशोरी जवान युवतीहरुको सामुहिक बलत्कार गरिन्छन् । महिलाहरुको शरीरमा मट्टितेल छरेर आगो लगाइदिन्छन् । नारीमाथि निर्मम तरिकाले कुटपिट गर्छन् । महिलामाथि एसिड प्रयोग गर्छन् । कैयौं प्रेमिकालाई वेश्यालयमा बेचिदिन्छन् । लाखौं लाख मानिसहरु यौन दासी बनाउन एक देशबाट अर्को देश, एक शहरबाट अर्को शहरतिर तस्करी गरिन्छ । दलित, अपमानित, अवहेलित, असमानित, असंख्य महिलाहरु आफ्नो इज्जत बचाउनका लागि आत्महत्या गर्छन् । वास्तवमै सत्य यो हो की यस पुरुषाशित समाजमा ३६५ दिनमा ३६५ दिनै पुरुष दिवस हो ।
महिला भएकै र लैङ्गिक विवेकका कारणले महिला माथि हुने हिंसालाई महिला हिंसा भनिन्छ । महिला माथि शारीरिक, मानसिक र सम्वेगात्मक रुपमा क्षति पु¥याउने कुनै पनि कार्य महिला हिंसा हो भन्ने कुरा सबैमा जगजाहेर नै छ । सामान्य रुपमा हिंसा भनेको कुटनितीक र ज्यान मार्नु मात्र होइन, बोली व्यवहारबाट पनि कसैको भावनामाथि चोट पु¥याउने कार्यलाई हिंसा भनिन्छ । लैङ्गिक दृष्टिकोणले हेर्दा महिला माथि विभिन्न प्रकारका हिंसात्मक कार्यहरु भएका पाइन्छ । यस्ता हिंसामा शारीरिक र मानसिक दुवै पर्दछन् । बलत्कार एवं यौन शोषण, बाल विवाह, बहुविवाह र दाइजो जस्तो कुराबाट हुने हिंसा शरीरिक हिंसा हुन् भने कार्यालय र अन्य ठाउँमा हुने खालका बोली यौन संकेत अन्य आदिबाट गरिने र्दुव्यवहार, अपमान, भेदभाव आदि मानसिक हिंसाका रुपमा रहेका छन् । यस्ता हिंसाहरु उचित मात्रामा चेतनाका अभाव, अधिकारका अभाव तथा अन्य वातावरणले समेत बढेको पाइन्छ । खास गरी एकल महिलामाथि हुने र्दुव्यवहार मानसिक पीडा पनि यसै अन्तर्गत पर्दछन् । आजभोली महिला हिंसा विरुद्ध चर्को आवाज उठेपनि यसको नियन्त्रण भन्दा बढोत्तरी भएको देखिन्छ । महिलामाथि हुने गरेका हिंसात्मक कार्यहरु दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । महिला माथि शोषण, दमन, यौन र्दुव्यवहार र श्रमशोषण गर्न पाइँदैन, नारी पुरुष समान हुन् आदि इत्यादि भनेर आन्दोलन गरेपनि महिलाले हिंसाबाट मुक्ति पाउन सकेका छैनन् । कतिपय ग्रामीण भेगका महिलाहरु बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने, बोक्सी भनेर समाजबाट बहिष्कार गर्ने, हिंसात्मक घटना हाम्रो समाजमा हुने गरेका छन् । दाइजो नल्याएकै निहुँमा तराईमा जलाउने, मार्ने र घरबाट निकाल्ने जस्ता अप्रिय व्यवहार महिलाले भोग्नु परेको छ । 
सबैलाई थाहा छ, महिला हिंसा गर्नु अपराध हो । विनासिद्ध सोझासाझा एकल महिलालाई बोक्सी भनी आरोप लगाउने अपराधीहरु समाजमा प्रशस्त भेटिन्छन् । यसरी महिला हिंसा बढ्दै जानुका मुख्य कारणहरु अराजक स्थिति, शिक्षा, चेतनाको अभाव, कमजोर, सरकारी तन्त्र, मदिराजन्य पदार्थको खुल्ला बिक्री वितरण र प्रयोग, विज्ञापन, विभिन्न सञ्चारका माध्यमहरु, सामाजिक सञ्जालमा आएका विकृतिहरु, पारिवारिक वेमेल, बहुविवाह, बालविवाह, अन्र्तजातीय विवाहका कारण विचार भावना संस्कृतिमा मिलन नहुनु र रुप सौन्दर्य र धनसम्पत्तिको प्रलोभनमा परेर पनि हिंसाका घटनाहरु बढीरहेका छन् । महिला हिंसा यति धेरै बढेको छ कि छोरी भएकै कारणले गर्भावस्थामा नै कति नारीहरुले आफ्नो ज्यान गुमाएका छन् भने आमाहरुले आफ्नो ज्यान जोखिममा पारेका छन् । 
यसरी महिला हिंसा विरुद्ध नेपालमा सन् १९९९ देखि महिला हिंसा विरुद्ध दिवस मनाउँदै आइरहेको छ । यस दिवसमा महिला हिंसा विरुद्ध जनचेतना जगाउने, विभिन्न कार्यक्रमहरु गर्दै आएको पाइन्छ । पितृसतात्मक परम्परागत र सामाजिक मान्यता तथा विभिन्न रुढीवादी परम्पराले महिलामाथि हिंसाका घटनाहरु हुने गरेका छन् । छाउपडी तथा रजस्वलाको अवस्थामा गुफा बस्नुपर्ने जस्ता कुरितीले समेत हिंसा भएको पाइन्छ । महिला हिंसा विरुद्ध लामो अभियान जारी छ । दर्जनौं संघ संस्था लागि परेका छन्  । तैपनि समाजमा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन तीव्रताका साथ बढ्दै गएका छन् । विगत केही दिनदेखि महिला अधिकारीकर्मी र समाजका विभिन्न पेशाकर्मी महिला हिंसा रोक्न तथा अपराधीलाई कडा भन्दा कडा सजाय दिलाउन भनेर आन्दोलन गर्दै छन् तर जबसम्म हामीले भविष्यका कर्णधार यूवाहरुलाई महिला हिंसाको बारेमा बुझाउन सक्दैनौं तब सम्म महिला हिंसा निर्मूल गर्न कठिन छ । प्रत्येक विद्यालयमा महिला हिंसा र त्यसको निराकरणको बारेमा शिक्षा दिन जरुरी छ । यसकारण हामीले विद्यार्थीमा हाम्रो समाजको धर्म संस्कृति, परम्परा, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिवर्तन नभएसम्म महिला विरुद्धमा हुने सबै खाले विभेद र हिंसाको अन्त्य हुँदैन भन्ने कुराको चेतना जगाउनुपर्छ । र प्रत्येक विद्यार्थीको सहभागीतामा सचेतनामूलक ¥याली, सडक नाटक, टोल छिमेकमा छलफलको माध्यमबाट महिला हिंसा विरुद्ध आवाज उठाउनुपर्दछ । महिला हिंसा भएको खण्डमा त्यसको विरुद्धमा सबै यूवाहरु एकजुट भएर त्यस समस्याको समाधान खोज्नुपर्दछ ।  
प्रकृतिले महिलालाई पुरुषको दाँजोमा शारीरिक रुपमा केही कमजोर अवश्य बनाएको छ र महिनैपच्छिे हुने शारीरिक समस्या, प्रजननको जिम्मा, स्तनपान गराउनुपर्ने बाध्यताजस्ता आदि कारणले महिलालाई केही पछि पारेको छ । अन्यथा, महिलामा पुरुषको जस्तो मानसिक क्षमता, सामाजिक सहभागीता र सृजनशीलता आदि अब्बल नै हुने गर्दछ । शारीरिक संरचनागत समस्याको फाइदा उठाई महिलालाई पुरुषले भेद्भाव गर्नु र समान सहभागीता गराउन आनाकानी गर्नु केबल पुरुषको स्वार्थी भावना र पितृसत्तात्मक सोचको मात्र उपज हो । 
महिलाहरुप्रति हेर्ने दृष्टिकोण जबसम्म परिवर्तन हुँदैन तबसम्म महिलाहरु सधैं नै पीडित भइरहनुपर्ने कहालीलाग्दो अवस्था छ । यस्ता खाले दमन, अतिक्रमण र प्रभुवादी सोचलाई परास्त गर्दै समान हक, अधिकार प्राप्त गरी नारी पनि पुरुषजत्तिकै बराबरी हुन् भन्ने कुरा सामाजिक, साँस्कृतिक, राजनीतिक तथा अन्य विभिन्न क्षेत्रहरुबाट पुष्ट्याई गरी समान हक र समान पहुँचका लागि नारी आन्दोलन अझैं अपरिहार्य देखिन्छ । आजको दिनले पुरुषलाई नारीप्रतिको सम्मान र नारी जातिलाई आत्मस्वाभिमानको जागृति आओस् भन्ने कामना गरौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper