banner
banner

फेरि पनि अस्थिरता

शाश्वत शर्मा -
राजनीति फेरि दुश्चक्रमा फस्यो । यो दुश्चक्र देख्नेहरु भन्छन्– ओली र विद्याले फेरि राजा गुहार्छन्, राजालाई बुझाउँछन् भन्दैछन् राजनीतिक विश्लेषकहरु । यो बढी उत्साह हो । बढी उत्साह घातक हुनसक्छ ।
जबरजस्ती उपाध्यक्ष बनाइएका वामदेव गौतमलाई मनोनित गर्ने नेकपाको सर्वसम्मत निर्णयर अर्थमन्त्री डा।युवराज खतिवडालाई नै निरन्तरता दिने ओली पक्षको अडानवीचको बिबादले व्यवस्था पतन हो भन्नेहरु मध्यावधिसम्मको आशंका गर्छन् । नेकपाका सांसद रामनारायण बिडारीले समेत सार्वजनिक रुपमै दुई तिहाइ बहुमतले कम्यनिष्ट शासनले पनि राजतन्त्र ल्याउन सक्ने बताइसकेका छन् । वर्तमान संविधानको मूलभावनाको बर्खिलाप मात्रै होइन कि आउने दिनको संकेत समेत दिएको देखिन्छ । यद्यपि हुनुपर्ने यही नै हो स्थिरताका लागि ।
उता राजतन्त्रवादी अधिवक्ता भनेर चिनिने वालकृष्ण न्यौपानेले आउँदो वैशाखमा राजतन्त्र फर्किने भन्ने भविष्यवाणीलाई पनि महत्व दिएको देखिदैछ । खासगरी पूर्वराजा ज्ञानेन्द्रको भइरहेको भारत भ्रमण अनि कांग्रेसका सांसद डा।शशांक कोइराला, डा।मिनेन्द्र रिजाललगायतको लखनउ भ्रमण र त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटलाई अहिले नेपालभित्र छिटो छिटो भइरहेका परिवर्तित राजनीतिक घटनाक्रमका साथ जोडेर हेरिदैछ । हुन पनि हिजोका दिनहरुमा मिलिजुली सरकारको अभ्यास गर्दा अस्थिरता भएको भन्नेहरु अहिले दुई तिहाइ बहुमत हुँदा पनि राजनीति स्थिर हुन नसकेको देखेपछि मौन छन् । तिनीहरुसँग कुनै जवाफ छैन । सम्पूर्ण दोष निर्वाचनमा कसैले पनि सामान्य बहुमत ल्याउन नसकेकोलाई देखाउनेहरु अहिले बहुमत हुँदा पनि चारैतिरबाट एक्लिएका प्रधानमन्त्री ओलीको अर्को कदम मध्यावधि चुनावको सिफरिस नै हो भनेर चर्चा चलिरहँदा नाजवाफ भएका छन् । मुलुकमा कसैगरी स्थिरता नुहुने भो । जवसम्म जबरजस्ती अवैधानिक रुपमा किनारामा पु¥याइएका राजालाई संविधानमा कुनै न कुनै तरिकाबाट स्थान दिइदैन, तवसम्म स्थिरताको आश गर्न नसकिने पक्का भयो । महेन्द्र, वीरेन्द्र अथवा बहुदल, लोकतन्त्र कहिले पनि सरकारले स्थिरता पाएन । वामदेवलाई सभासद, खतिवडालाई नागरिकका रुपमा ६ महिना निरन्तरता दिन सकिने प्रचण्डको सुझावले रडाको कम गर्न खोजे पनि आफूविरुद्ध झलनाथ, प्रचण्ड, माधव नेपाल, वामदेवले गरेको घेरावन्दी बुझेका ओलीले सबैलाई थाङ्नामा सुताउन सक्ने पनि देखिन्छ । ओलीलाई बुझ्नेहरु भन्छन्– किड्नीको उपचार गर्न अस्पताल भर्ना हुनु अघि ठूलै राजनीतिक निर्णय गर्नसक्ने अनुमान बढेको छ । नगरे पनि प्रचण्डलाई सफल हुन दिने छैनन् ।
राजनीतिक विश्लेषकहरु पञ्चायतले बहुदलवादीलाई स्पेश नदिदा असफल भयो, बहुदलवादीले माओवादीलाई स्पेश नदिदा असफल भयो, अहिले लोकतन्त्र राजालाई स्पेश नदिदा असफल भएको ठान्छन् । जबसम्म राजतन्त्रसहितका शक्तिहरु एक हुँदैनन्, तवसम्म अस्थिरता रहिने तिनको दावी छ ।
स्थिति त्यस्तै प्रकारले विकसित भएको छ । मुलुक अभिभावकविहीन हुनपुगेको छ । राजनीतिकर्मीहरु छाडा भएका छन् । राज्यका सम्पूर्ण सञ्जाल भ्रष्टाचारमय भएका छन्, सबै संवैधानिक पदहरु ध्वस्त हुनथालेका छन् । पहिलेको कांग्रेस वा अहिलेको नेकपाको शासन होस्, भ्रष्टाचार, नातावाद र व्यभिचार बढेको छ । हरेक पद किनबेच हुनथालेका छन् । जनतामाथि कर थोपर्ने र मुलुक खोक्रो पार्ने साजिस बढ्दो छ । अरुलाई फसाउने, आफन्तलाई बचाउने माफियाकरण डरलाग्दो हुनथालेको छ । देशमा कानुनव्यवस्था खलबलिइसकेको छ ।
देशको सुरक्षा हुन नसकेको स्थितिमा जनताको सरकार हो, हामी जनवादी हौं भन्नेहरुले देशलाई लुटेराको धन बनाउने खतरा झन झन बढेर गएको छ । 
जनताबाट पराजीत व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरा नै चकित पार्ने खालको छ । माफियाकरणको योभन्दा अर्को दृष्टान्त के हुनसक्छ रु
राष्ट्रधर्मको रक्षा गर्न नसक्ने, जनताको अपेक्षा पूरा गर्न नसक्नेहरु अव हरुवालाई उचालेर बाघ बनाउँदैछन् । जो जितेर बाघ बनेका थिए, तिनले कुनै लछारपाटो लगाएनन्, हरुवाले के चाहिं गर्लान् रु यसकारण यस्ता मानसिकता गडबढ भएकाहरुबाट जे पनि निर्णय हुनसक्छ, यिनले देश र जनतालाई जहिले पनि भ्रममा पारेर ठगिरहने भए । प्रचण्ड पार्टी अध्यक्ष, झलनाथ खनाल राष्ट्रपति, माधव नेपाल र वामदेव गौतम आलोपालो प्रधानमन्त्रीका रुपमा ओलीविरुद्ध षडयन्त्र हुनथालेको छ । यो बुझेका ओलीले यिनलाई त्यत्तिकै सजिलोसँग बस्न टिक्न देलान् भनेर विश्वास गर्न सकिन्न । त्यसो त केन्द्रीय समितिदेखि अन्य पार्टी निकायमा ओली कमजोर बन्दै र अल्पमतमा पर्दै गएको भनेर यिनले क्षणिक न्यानोको अनभूति गरिरहेका छन् । जुन गलत हुनसक्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper