banner
banner

गणतन्त्र कि भष्मासुर ?

स्वयम्भुनाथ कार्की -
स्वप्नजीवि गणतन्त्रका हियामतिहरुलाई जनताले बीसौ बर्षदेखि चाहेको निर्वाचन किस्तावन्दीमा गरेर पुर्व भनिएका राजालाई हराएको दम्भ पाल्दैछन । देशीविदेशी शक्तिको अनुचित विरोध र माओवादीको गोलीको बीचमा पनि  प्रत्यक्ष शाही कालमा आरंभ भएको स्थानिय निर्वाचन अभियान अहिलेको भन्दा धेरै सफल थियो । मुलधारका राजनैतिक शक्तिहरु मत दिनेहरुको सुची तैयार गरेर भविष्यमा बदला लिने भनेर निगरानी गरिरहेका थिए भने तीनको सहायतामा नेकपा माओवादी भटाभट उम्मेदवार मार्दै थियो । अहिले सबै चुनावको पक्षमा भए पनि हुती नभएर बारंबार चुनाव सारिएको छ । यो नै चुनावको सफलता र गणतन्त्रको असफलताको लक्षण हो । 
पहिलो संविधानसभा थप कायम राख्दा अन्तराष्ट्रिय बेइज्जत हुन भएपछि दोश्रो संविधान सभाको निर्वाचन भएको हो । यो निर्वाचन पनि तात्कालिन संविधान अनुसार भएको हैन, त्यसमा प्रावधान नै नभएपछि अध्यादेशबाट भएको हो । दोश्रो संविधानसभाको बेला पनि चार बर्ष भित्र संविधान जारी नभएमा आकासै खस्दैन भन्ने अभिव्यक्तिहरु बाक्लै सुनिएका हुन । भुईचालो पछि विदेशीले सहायता दिन वैधानिक निकाय छैन नभनेको भए संविधान जारी गर्ने कुरै थिएन । हामी जननिर्वाचित हौ, वैधानिक हौ भनेर गरेका विन्तिभाउले त्यस वेलाका समाचार पत्रहरु भरिएका हुन्थे ।
केवल भुईचालो पिडितको निमित्त आउने सहायतामा हालीमुहाली गर्न जसोतसो र जसरी भएपनि जारी गरिएको अधकल्चो संविधान हो । फास्टट्र्याकले जारी गरेको संविधानले भारतले अवास्तविक दवाव र नक्कली नाकावन्दी नगरिदिएको भए विद्रोह नै जन्माई सकेको हुने थियो । नेपालीहरुको राष्ट्रप्रेमको शोषण गरेर अनि भरसक नेपाली नेपाली बीच फुटको रक्तरंजित बिउ हालेर जारी गरेको संविधान अधकल्चो रहेछ भन्ने त गणतन्त्रका अभिभावकहरु नै भन्दैछन । त्यसैले पाखा लगाउन खोजिएका राजाले निराश भएर मिडप्याक गरे भन्ने तर्क यति लचर छ कि त्यसको खिसी गर्न पनि लायक छैन । जुन संविधानसभाले जन्मेर सालनाल नविडाउदै संसोधनको अप्रेसन आवश्यक भएको संविधान जन्मायो त्यो भन्दा असफल सभा अर्को कुन हुन सक्छ ?
अन्तराष्ट्रिय क्षेत्रमा कसैले पनि कुनै मुलुकको विद्यमान प्रणालीको विरोध गर्दैन समर्थन नै गर्छ । केवल शत्रु देशको मात्र विरोध गरिन्छ त्यो पनि कुटनैतिक तरिकाले । बरु अर्ति दिन, आङ्खनो प्रभावमा लिन एक अर्का मुलुकमा औपचारिक भ्रमणको क्रम तिव्र पारिन्छ । सफल हुने विश्वास गर्दछौ भनेजास्त कुटनैतिक कोर्राले चुटिन्छ । अहिले भारत चीन लगायत विश्वका मुलुकहरुले यहीक्रम चलाई रहेका छन । नेपाली कुटनैतिक व्यक्तित्वहरुको सतही विश्लेषणको कारणले छिमेकीहरु नेपाली नेताहरुलाई आङ्खनो प्रभावमा लिन लालयित छन । याचक र दाताको जस्तो सम्वन्ध देखिने यस्ता भ्रमणहरु भोलीको संभावित नेतृत्व आफ्नो इशारामा नाच्ने बनाउन लालथित भएको संकेत हो समर्थन हैन । 
कोही कोही यसलाई ३ बर्षका राजाले मोहनसम्सेरको अन्तराष्ट्रिय जगतको समर्थन लिने प्रयास असफल भएर आफु गद्दिबाट हटनु परेको सम्झना रहेको रुपमा पनि लिंदा रहेछन । उनीहरुको यो तर्क मान्ने हो भने ज्ञानेन्द्र तीन बर्षको उमेर मै त्यति परिपक्व रहेछन र घटनाक्रमको विवेचन गरेर नतिजा निकाल्न सक्ने रहेछन । अनि विलक्षण स्मरण शक्तिका धनी रहेछन जो तीन वर्ष हुँदाको कुरा पनि यति टडकारो याद राख्न सक्ने रहेछन । यस्तो कुरा जड्याहाको गफको श्रेणीमा आउँछ त्यसलाई पनि आफ्नो प्रतिष्ठित पत्रिकामा स्थान दिदा त्यो प्रतिष्ठा उपर नै शंका गर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।
गणतन्त्रका अभिभावकहरु र तीनका आसेपासे विद्वानहरुले अनुमान गरेका थिए कि राजा तथा राजसंस्था पक्षधरहरुले धेरै कुरामा भाँजो हाल्नेछन । उनीहरुको आशा विपरित संविधानसभाको निर्वाचन निविघ्न सम्पन्न भयो । बरु राजसंस्थाको नारा लिएर नै केही दलहरुले भाग पनि लिए  । नाम देखिने गरेर राप्रपा नेपाल मात्र आए पनि धेरै यस्ता दलहरु थिए । संविधान निर्माणमा भाँजो हालेनन, संविधान कार्यन्वयनको कुनै प्रयत्नमा छेकावार लगाउने प्रयत्न गरेनन । बरु कसैले राजाको सामुन्ने पुर्व नलगाउदा ठाडो कारवाही भोगे, पत्रिकाले यो पूर्व छुटाउँदा वर्गिकरणमा घटुवा खानुप¥यो ।
राजसंस्थाको पक्षमा तर्क गर्नेहरु हमेशा धम्काईए तैपनि उनीहरुले प्रतिकार गरेनन । गणतन्त्रका अभिभावकहरुको अनुमान गलत हो, राजा तथा राजसंस्थावादीहरु यो संविधान छिटो भन्दा छिटो निर्विघ्न कार्यान्वयन होस् भन्ने चाहान्छन् । किनभने गणतन्त्रको भष्मासुर नृत्यमा आफ्नो टाउको माथी हात यो संविधानले संक्रमणकाल पार गरेपछि पुग्छ । स्वभाविक रुपले जनताको आक्रोशले त्यसपछि समाप्त पार्ने कुराको निमित्त अहिले कुनै प्रयत्न गर्न आवश्यक पनि छैन । आज गणतन्त्रका अभिभावकहरु आपैm राष्ट्रवादको मियो राजालाई देख्छ अनि ओलीको राष्ट्रवादको अनुमोदनमा ज्ञानेन्द्रको आशिर्वाद एमालेको विजय देख्छ भने भन्ने कुरा नै के रह्यो ? यसमा तथ्य भए पनि वा नभए पनि राजा अहिले पनि शक्ति नै हुन भन्ने सावित भयो । अनि जो शक्ति यति शक्तिशाली छ त्यसले मिडप्याक गर्ला ?
गणतन्त्रको छटपटाहट प्रष्ट देखिदैछ, अन्तकाल देखेर आत्तिएकाहरु बिनाकारण रिस उठने, सबैलाई आफ्नो विरुद्ध षडयन्त्र गरेको देख्ने आदि लक्षण डरको नभए के को हो ? यो लक्षण पागलपनको होईन । झण्डै दशक पार गर्दा पनि हटाईएका राजाको लोकप्रियता बढदै जानु र त्यसवेला अतिनायक भएकाहरु अहिले खलनायक हुँदै जानुले नेपालमा राजा हटाउने तत्वले प्रचार युद्धको आवश्यकता देखेको छ । यो स्वभाविक पनि हो त्यसैले पूर्वराजाको ‘मिडप्याक’ जस्ता लेखहरु आवरण कथा बन्दैछन् । राजा यस्तो कुनै खेल जसमा ‘मिडप्याक’ अथवा ‘शो’ गर्नु परोस् । उनले त हमेशा आफुलाई जनताको इच्छामा छोडिदिएका छन् । कुनै एक योगीको भैm वैराग्यले जनताले दिएका भूमिका निवाह गर्दैछन् र दिइने जस्तो पनि भूमिकाको निमित्त तैयार छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper