banner
banner

गोकुलधाममा गोकुल धूप

बरिष्ठ अधिवक्ता शिव सिग्देल -
पहिले गोकुलधाम भनेपछि स्वर्ग मानिन्थ्यो । सुख र सन्तोषको धाम मानिन्थ्यो । यसकारण गोकुलधाम पवित्र थियो । वर्तमान नेपालमा गोकुलधाम भनेको पार्टी हो र पार्टीभित्र नैतिकहीन गोकुलहरुले भरिभराउ देखिन्छ । गोकुलधामलाई समेत कम्युनिष्ट राजनीतिले बदनाम गरेर छाड्यो ।
हरेक पार्टीभित्र गोकुलहरु छन्, गोकुलधामको बाख्यान र आख्यान गरेर जनजनलाई भ्रमित पार्ने र मण्डी ओढेर घ्यूखाने प्रचलन छ ।
गोकुलधाम अरु पार्टीमा पनि छन्, हरेक पार्टीमा गोकुलहरु छन् । गोकुल बहुदलमा कालरात्रि भनेर आयो, शाही शासन पनि बदनाम भयो, लोकतन्त्र त गोकुलधाम नै बनेको छ, यसकारण त अपराध भइरहन्छ, अपराधी देखिन्न । भ्रष्टाचारको बाढी आएको छ, भ्रष्टाचारी भेटिन्न । तस्कर र माफिया प्रधानमन्त्रीको दायाँ बायाँ सहयोगी र सल्लाहकारका रुपमा छन्, तिनलाई पनि चिनिन्न । पापीहरु पाप गरिरहेका छन् र गोकुलधामका गोकुलेहरु पैसा, शक्ति र सत्ताको आडमा पापलाई धर्म भनिरहेका छन् । आमनागरिक सोझा छन्, तिनैलाई गुरु मानेर भजनेहरुको भीडमा गलामा गला मिलाएर भजन गाइरहेका देखिन्छन् । गोकुल धामका काला कर्तुतहरु, महापराधकहरुका दुर्गन्धलाई गोकुलधूपको बासनाले छल्ने, छेक्ने र भ्रमित पार्ने काम निरन्तर जारी छ ।
गोकुल प्रकरण, सुनकाण्ड अथवा बलात्कार काण्ड, बालुवाटारको जग्गा काण्ड होस् कि वाइडबडीमा भ्रष्टाचार, त्यस्ता अनैतिकहरुलाई चीनमा भए झुण्ड्याइन्थ्यो वा गोली ठोकेर दण्ड दिइन्थ्यो । १ सय ३० करोडको चीनमा कम्युनिष्ट पार्टी छ र उसको जम्मा १० लाख पार्टी कार्यकर्ता छन् । त्यसमा पनि भ्रष्टाचारमा लागेका १० हजारलाई राष्ट्रपति सी चिनफिङको सरकारले मृत्युदण्ड दिइसकेको छ । राष्ट्रपति भन्छन्– जो धनार्जन गरेर थुपार्छ, शिक्षा, स्वास्थ्यमा लगानी गर्छ, त्यो कम्युनिष्ट हुनैसक्दैन । नेपालमा ठिक उल्टो छ, जो धनी छ, गलत बाटोबाट धन कमाइरहेको छ, ऊ कम्युनिष्ट । जो नवसामान्त र वर्तमान समाजमा धनाध्ये देखिन्छ, ऊ निश्चित रुपमा कमरेड हो ।
गजब छ, नेपालको शिक्षा, स्वास्थ्य, बास, कपास, पानी, खाद्यान्न, कमिशन र भ्रष्टाचारमा कोही संलग्न छ भने कमरेडहरु नै बढी छन् । सर्वहाराको पार्टी, नयाँ नेपाल बनाउँछु भनेर लागेको पार्टी, समृद्ध नेपाल र सुखी नेपाली बनाउने हामी भन्ने पार्टीको २ वर्षका कृयाकलाप हेरौं, योभन्दा भ्रष्टाचार त नेपालको इतिहासमै भएको थिएन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper