banner
banner

नेकपाको किन आलोचना बढ्यो ?

अधिवक्ता गंगा दाहाल -
केही नैतिकताका कुरा उठेका छन्, केही नेकपाविरोधी कुरा पनि उठेका छन् । शासन सत्रामा बसेपछि निर्णय गर्नुपछृ, पार्टिले भरोसा गर्ने पार्टीका नेता कार्यकर्तामाथि नै हो । भरोसा गर्दा कहिले कहिले तलमाथि पर्छ । केही लोभीपापी पनि निस्कन्छन् । यसको अर्थ सिंगो नेपालको नेकपा नदी दुषित भयो भन्ने जुन अर्थ निकाल्न थालिएको छ, त्यो गलत छ । जुन फोहर हो, जो फोहरी हो, उसलाई टपक्क टिपेर पन्छाउनु पर्छ ।
हिजोका दिनमा केही मन्त्रीहरु बढी बोले, हाड नभएको जिब्रो लप्टन भएर पार्टीलाई गाल प¥यो । जनताले आलाचना गरेपछि ती मन्त्री हटाइए ।
कुनै मन्त्रीले महिलको खोकिलामा टाउको घुसारेर रोपाइँमा अश्लिल कृयाकलाप गरेको देखिए । ती पनि हटे । नेपालमा नैतिकताका आधारमा राजीनामा गराउने परम्परा छ । अहिले सञ्चारमन्त्रीको हकमा पनि त्यस्तै भएको हो । उनले केही कामकुरा गलत गरेका हुन्, केही कुरा बढी बोलेका हुन्, सञ्चारकर्मी भएर पनि सञ्चारजगतको महिमा मण्डन गरेको आरोप पनि लागेकै हो । जुन टेप सार्वजनिक भयो, यदि यो टेप उनकै आवाजको हो भने उनले नेकपालाई नबुझेको ठहर गर्न सकिन्छ । छानबिन होला, सत्य बाहिर आउला । अहिलेलाई उनले राजीनामा दिएका छन् र सरकारमाथि उठेको नैतिकताको प्रश्नलाई जिम्मेवारी लिएर पार्टीलाई बचाउन प्रयत्न गरेका छन् ।
पूर्वसभामुख कृष्णबहादुर महराले यौनहिंसा गरेको आरोप लागेको थियो, अदालतले चोखो साबित गरिदिएको छ, अव उनले चुकाउनु परेको महगो मूल्यको जिम्मेवार को हो भन्नुपर्ने स्थिति एकातिर छ भने सञ्चारमन्त्रीले गरेको कर्म भोलि दोष साबित भएन भने गोकुल बास्कोटाले चुकाउनु परेको मूल्यको जिम्मेवार को हो भन्ने कुरा पनि उठ्ला ?
केपी ओली प्रधानमन्त्री भएकै दिनदेखि भनेकै हो– म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न । जो भ्रष्टाचारी छन्, तिनलाई टिपेर फाल्छु । समृद्ध नेपाली सुखी नेपाली मेरो सपना हो, यो सपना पूरा गर्न लागिपर्छु । तर दुई वर्षे शासनकालमा सरकारमाथि अनेकन प्रश्नहरु उठेका छन् । सामाजिक सञ्जालतिर हेर्ने पढ्ने हो भने होनहार कार्यकर्ताहरुले लेखेको देखिन्छ– म नेकपाको कार्यकर्ता हुँ भन्न पनि लाज लाग्नुपर्ने स्थिति आयो ।
हालका कृषिमन्त्री घनश्याम भुसाल मन्त्री हुनुअघि लेखेका, बोलेका प्रमाणहरु अहिले पनि सामाजिक सञ्जालहरुमा व्याप्त छ । उनले लेखेका थिए– यो सरकार भ्रष्टाचारी सरकार हो, भ्रष्टाचारी, तस्कर, माफियासँग उठबस गर्छ । मलाई आफू कम्युनिष्ट हुँ भन्न पनि लाज लाग्छ । उनी मन्त्री भएका छन्, मन्त्री भएपछि उनी बोलेका छैनन् । सरकार भ्रष्ट हो कि होइन, तस्कर, माफियासँग उठबस गर्छ कि गर्दैन, उनले नेकपाको कार्यकर्ता पंक्तिलाई भन्नुपर्ने हो । भुसालजस्ता माझिाएका कम्युनिष्ट नेताले नेकपाले हाँकेको सरकार लोककल्याणकारी सरकार हो कि माफिया, तस्कर, अपराधीको सरकार हो, भनिदिनुपर्ने हो । उनी बोल्दैनन् भने शंका गर्नैपर्छ उनको नियतमा । तर, नेकपाका अधिकांश नेता र कार्यकर्ताहरु नेकपा भ्रष्टाचारी होइन भन्ने विश्वास गर्छन् । नेकपा सर्वहाराको हितका लागि काम गर्ने पार्टी हो भन्ने विश्वास गर्छन् । नेकपा समाजका सिमान्तकृत बर्ग र अन्यायमा परेका समुदायको लागि सोच्ने पार्टी हो भन्ने विश्वास गर्छन् । म आफै पनि नेकपा समाजका बिकृति र बिसंगति मिल्काएर सभ्य र सुरक्षित समाजको परिकल्पना गर्ने पार्टी हो नेकपा भन्ने विश्वास गर्छु । नेकपाभन्दा समाजमैत्री, देशभक्त अरु पार्टी छैन भन्ने विश्वास गर्छु ।
तर, यो दुई वर्षमा नेकपामाथि अनेक प्रश्न उठेका छन् ।  निर्मला पन्तको हत्यारा, सुनकाण्ड, भ्याट र एनसेल प्रकरण, बालुवाटारको जग्गा काण्ड, यती समूहदेखि वाइडबडी काण्डमा नेकपाको सरकारलाई बदनाम गरिएको छ । अव एमसीसीमा नेकपाभित्रै उठेको बिबाद थप समस्या बन्न पुगेको छ । आखिर यथार्थ के हो, जनताले चुनेको सरकारले जनतालाई स्पष्ट पार्नुपर्छ र नेकपाको संगठनलाई के हो के हो मा राख्नुहुन्न । यत्ति भए नेकपामाथि जनविश्वास बढ्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper