banner
banner

चिच्यायो कि मुखबुजो

बरिष्ठ अधिवक्ता शिव सिग्देल -
हरेक दिन माफियासँग बसउठ गर्ने र भ्रष्टाचारमा मुछिएकाले यो सरकार कम्युनिष्ट सरकार नै होइन, मलाई कम्युनिष्ट हुँ भन्न लाज लाग्छ भन्थे नेकपाका नेता घनश्याम भुसाल ।
भुसाल धेरै नै कराउन थाले भनेर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यिनलाई कृषि मन्त्री बनाइदिए । कृषि मन्त्री के बने घनश्याम, यिनको बन्द भएको मुख खुलेको छैन । अहिले यिनलाई कम्युनिष्ट सरकार र कम्युनिष्ट नेता बन्न गौरव लागेको हुनसक्छ । यथार्थ के हो भने कम्युनिष्ट कम्युन्यालिष्ट बनिसक्यो ।
घनश्याम यस्ता मन्त्री हुन्, अर्का नेता लेखनाथ न्यौपानेले कम्युनिष्ट भन्न लाज भइसक्यो, नेताहरुको सम्पत्ति छानबिन गरौं भन्दासमेत रिसाएछन् ।
अव ठूलो स्वरले चिच्याउने पालो भीम रावलको छ । उनी यतिबिघ्न राष्ट्रवादी बनेर निस्केका छन् कि उनीभन्दा अर्को देशभक्त कुनै पार्टीमै छैनन् । अव प्रधानमन्त्रीको ध्यान रावलतिर गएको छ । यही परीक्षा लिन प्रधानमन्त्रीले अमेरिकी एमसीसी परियोजना अध्ययन टोलीमा भीम रावलको छनौंट गरिदिए, लिनै हुन्न त्यो सहयोग भन्ने रावलले कस्तो सुझाव देलान्, त्यो चाखपूर्ण हुनेछ । तुरुन्तै पास गर्नुपर्छ भन्ने प्रधानमन्त्री र प्रतिपक्षीको निर्णयमा रावलको समर्थन होला कि नहोला ? सरकार सञ्चालन, केही नेताहरुको बिलाशी शैली, एमसीसी, यती काण्ड लगायतका बिषयमा घनश्याम भुसाल त मौन छन्, भीम रावलले के गर्लान्, त्यो महत्वपूर्ण हुनेछ नेकपाभित्र । नेकपाका होनहार नेताहरु नै पद नपाउन्जेल क्वार क्वार कराउने र पद पायो कि चुप लाग्ने संस्कारको विकासले भाइ कांग्रेस बन्न पुगेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper