banner
banner

मूल मुद्दाबाट भट्किए नेपालीहरु...

शाश्वत शर्मा -
यी इण्डियनहरु एमसीसीको विरुद्धमा छन्, त्यसैले सत्तारुढ नेकपाले सिधै संसदमा यो प्रस्ताव पेश भए पनि पास हुँदैन । केहीदिन अघिसम्म चीन पक्षका विद्वानहरु यसै भन्दै थिए । तिनको विचारमा इण्डियासमेतले नेकपाको विरुद्धमा बरिष्ठ नेता माधवकुमार नेपाललाई विरोधमा बोल्न लगाइसक्यो । उता गृहमन्त्री रामवहादुर थापाले यथास्थितिमा एमसीसी पास गरिनु हुन्न भनिरहेका छन् । अध्यक्ष प्रचण्डसमेत केही संशोधन गरेरमात्र पास गर्नुपर्छ भन्दैछन् । नेपाली कांग्रेसभित्र पनि इण्डियन लवी भनेर कहलिएका अमरेशकुमार सिंहहरु एमसीसीको विरुद्धमा बोलिरहोले त्यहाँ भित्र पनि विभाजन देखिन्छ ।
सुवास नेम्वाङलाई सभामुख बन्न नदिनु ठूलै उपलव्धि हो, अग्नि सापकोटा सभामुखमा एक्लो उमेदवार बन्नु एमसीसी आधा सकिनु हो भन्नेहरु पनि छन् । यतिखेर राष्ट्रवादी र राजावादी भनिनेहरु समेत एमसीसीको पक्षमा देखिए पनि एमसीसी प्रस्ताव पास नहुनेमा चिनियाँ पक्ष ढुक्क देखिन्छ ।
अर्थात सबै दलहरुभित्र एमसीसीका बारेमा मत बाझिएको छ । अव मैदानमा चीन पनि खुलेर आएको छ । यसैवीच मुलुक अर्को द्वन्द्वमा जान लागेकै बेलामा पूर्वराजालेपनि आफ्नो भेटघाटलाई बढाएका छन् । भारतबाट आएका केदारनाथका जगदगुरुदेखि चर्चित कालाबाबासम्मलाई भेटेका छन् । जगतगुरुले त संविधानमा जे लेखिए पनि नेपाल हिन्दुराष्ट्र नै हो भनेर ठोकुवा गरिदिएका छन् । उता कालीबाबाले अव हिन्दूराष्टका लागि अन्तिम कार्यक्रम गरिनेछ भन्ने घोषणा गरेका छन् । हिन्दुहरु जो मौन छन्, तिनले हिन्दुत्वका लागि लड्लान् र ?
सरसर्ती हेर्दा मुलुक अर्को बिभाजनतिर लागेको छ । अहिलेसम्म बैचारिक रुपमा देखिएको बिभाजनले भोलि युद्धकोस्थिति निम्त्याउने वातावरण बन्दै गएको छ । स्थिति दिनदिनै तात्दै गएको छ । हिजो शासन प्रणालीका बारेमा नेपालीहरु बिभाजित थिए, आज विदेशीको पक्ष र विपक्षमा विभाजित हुनथालेका छन् ।
टोल, वडादेखि सिंगो मुलुक चीन कि अमेरिकातिर भन्ने प्रश्न उव्जने स्थितिले चर्किदै छ । अब मुलुकमा रामराज्य आउँछ, सामन्ती युग समाप्त भयो, अव जनताले अवसर पाउँछन्, न्याय हुन्छ, विकास र शान्ति हेर्न पाइन्छ भन्नेहरुले भ्रम छरेका रहेछन् । जे भनियो, भयो उल्टो । भ्रष्टाचार संस्थागत भयो । विपक्षीहरु अनेक किसिमबाट पीडित भए । राष्ट्रघातको प्रतिस्पर्धा नै चल्यो । सुशासन र शान्ति व्यवस्था हरायो । प्रत्येक थाप्लोमा राष्ट्रको ऋणको भारी झण्डै ४० हजार पुगिसक्यो । उपलव्धि शून्य छ । विकासका लागि संघीयता लादियो तर गाउँपालिकादेखि प्रधानमन्त्रीसम्म कुशासन र भ्रष्टाचारको बात लागेको छ । सरकारी महालेखाले नै भ्रष्टाचार बढेको प्रमाण रिपोर्ट दिउको छ । केही हुन्न । केका लागि परिवर्तन ? मुलुकबासीको जीवनस्तर झन झन खस्किएर गएको छ ।
राष्ट्रिय सम्पदा र सम्पत्तिमा कमिशनको कमिला लागेको छ । माफियाहरु लुट्न र सत्ताधारीहरु लुटाउन र कमिशनमा भुलेका छन् । जर्मनको नेपाली दूतावाससमेत बेच्न सरकार तैयार भएको छ कमिशनकै लागि । बालुवाटारको जग्गादेखि वाइडबडी जहाजसम्मको भ्रष्टाचार प्रमाणित भइसक्दा पनि भ्रष्टाचारीमाथि कारवाह िभएन । मुलुकलाई भ्रष्टाचारमय त बनायो बनायो यो शासनले, अव देशको सीमा मिचिएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको मुद्दालाई ओझेलमा पार्न एमसीसी र बीआरआईको बिबाद खडा गराइएको छ । जनता त जनता नै भए, यिनले हित अहित हेर्दैनन्, सत्ता र शक्तिको जयजयकार गर्छन् । नेताले जे भने पनि ठिक भन्दै हिड्छन् जनता । नेता नेतामा, पार्टी पार्टीमा बिभाजित छन् जनता । ओली, प्रचण्ड र देउवाको बोलीमा ब्रम्हा देख्छन् नेपालीहरु ।
प्रचण्डले टुँडिखेलबाटै जनयुद्धकालमा ५ हजार मारेको जिम्मा लिन्छु भने । कुनै नेपालीले प्रश्न गर्न सकेनन् ? पूर्वराजाले यति चर्को कुरा गरेको भए निर्मल निवास घेर्न पुगिसक्थे । तिनै प्रचण्डले ओलीलाई गाले र हत्या आरोपीलाई सभामुख बनाउने भए । बलात्कारको आरोपी कृष्णबहादुर महरा जेलमा छन्, हत्याको आरोपी सभामुखका एक्ला दावेदार । कुनै माइकालाल रहेनछन्, अग्नि सापकोटालाई काउण्टर दिने । नेताको त यस्तो चाला छ, जनताको के कुरा गर्ने ? नेपालीपार्टीका कार्यकर्तामा रहेछन् । कार्यकर्ताको विवेक नहुनेरहेछ ।
भ्रष्टाचारमा ठूला दलका नेताहरु एक हुन्छन् । राष्ट्रियताका सवालमा पार्टी भित्र फरक फरक मत देखिन्छ । यी नेपालका पक्षमा छन् भनेर विश्वास गर्ने आधार छैन । यिनीहरु सुख, सुविधा र सम्पत्तिका लागि जतिसुकै राष्ट्रघात गर्न र हेर्न, सहन र आँखा चिम्लिन सक्नेरहेछन् । राजामा दोष देख्नेहरुले नवराजाहरुमा दोष देखेनन् । जो विश्वासका काबिल छैनन्, बिकाउ छन्, बिकिरहेका देखिन्छन्, तिनलाई विश्वास गरेर आत्मरती गरिरहेका छन् । यसकारण स्वतन्त्र पर्यवेक्षकहरु भन्छन्– जवाफदेहीता भएको र नैतिकवानको खाँचो प¥यो देशलाई ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper