banner
banner

बुझपचाउने के बुद्धिजीवी ?

स्वयम्भुनाथ कार्की -
अकबर बिरवलका धेरै आख्यानहरु छन । ती आख्यानहरुमा वर्णण गरेका कुराहरु र अवस्था ईतिहास सम्मत हो वा होईन त्यसले आख्यानहरुको रोचकतामा कुनै असर गर्देन । यीनै आख्यानहरुमा एउटा आख्यान व्यापारीवर्गको चतुराईको छ । आजको नेपालमा यो आख्यानमा व्यापारीवर्गको ठाउमा चेतनशिलवर्ग राखेर हेर्ने हो भने ठ्याम्मै मिल्न जान्छ कि ? पहिले आख्यान पुर्नस्मरण गर्नु उपयुक्त हुन्छ ।
एक पटक अकबरले वीरबलसंग सोधे ‘व्यापारीहरु चंख हुन्छन भन्छन नी वीरबल तिम्रो के विचार छ ?’ वीरबलले त्यो कुरा ठिक भएको बताए । अकबर के मान्थे प्रमाणित गरेर देखाउन वीरबललाई चुनौती दिए । आफ्नो कुरा प्रमाणित गर्न नसकेमा दण्डित हुनु पर्ने धम्की त अकबरको मुखमै झुण्डिएको थियो । वीरबलले सो चुनौती स्विकार गरे र भने ‘ हेरिबस्केला दरवारमा कसरी व्यापारीले मुँगको नाम नै लिदैनन ’ ।
नभन्दै भोलीपल्ट दरवारमा अलिकति मुँग मगाईयो र केहि प्रतिष्ठित दाल व्यापारीहरुलाई पनि बोलाईयो । अनि उनिहरुलाई मुँग देखाएर त्यो के हो भनेर सोधियो । व्यापारीहरुले आपसमा छलफल गरे । सबैले चिन्ने मुँग देखाएर सोध्नुको पछाडि कुनै कारण छ भन्ने अठोटमा पुगे । यदि मुँगको उच्चारण गरियो भने अङ्खठ्यारो पर्न सक्ने शंका भयो । अनि मुँगको नाम नलिने निर्णय गरे । एक जनाले मुँगको परिक्षण गरेको अभिनय गरे र भने ‘हन यो मास जस्तो त छैन, सरकार यो मास होईन’ । यसै गरेर अर्कोले त्यो रहर नभएको घोषणा गरे । यसरी एक एकले मुँगको नाम नलिई त्यो अन्य दाल भने नभएको घोषणा गरे । अकबरलाई खपिनसक्नु भयो र भने ‘ कस्ता दाल व्यापारी तिमिहरु फेरी एक पटक परिक्षाण गरेर भन’ । पुन परिक्षणको नाटक चल्यो, गहिरो मनन् गरेको स्वाङ गरियो, सम्झेको अभिनय भयो अनि फेरी कसैले मास नभएको, कसैले मुसुरी नभएको कुरा गरे मुँगको नाम भने कसैले लिएन ।
‘कस्तो तिमीहरु मुँग पनि नचिन्ने’ भनेर अकबर फेरी कड्किए । सबै व्यापारीहरुले होमा हो मिलाए ‘हो सरकार त्यहि हो’ । अकबर व्यापारीहरुको मुखबाट मुँग भनाउन चहान्थे र फेरी सोधे ‘त्यही भनेको के हो भन’ । व्यापारीहरुले भरखरै अकबरले लिएको नाम पनि बिर्सेको बाहाना बनाए । अनेकौ प्रयत्नले पनि अकबरले दाल व्यापारीको मुखबाट मुँगको नाम निकाल्न सकेनन् । अन्तमा हार मानेर वीरदबलको कुरा स्विकार गरे ।
आज नेपालको चेतनशिल भनिने वर्ग यहि आख्यानका दाल व्यापारी सरह भएका छन् । मुलुकको समस्या के हो भन्ने कुरा उनिहरुको मनले देखेको छ । त्यसको समाधान पनि संभवत उनिहरुलाई थाहा छ । तर, अदृष्य डरले सो कुरा भन्न चाहादैनन् । यो डर केको हो त्यो मनन् योग्य छ, विदेशी गैर सरकारी संस्थाहरुको सहायता रोकिने डर कसैलाई हुन सक्छ । कसैलाई कुनै समुहको कोपभाजनको डर हुन सक्छ । कसैलाई खाईपाई आएको मान सम्मान खोसिने भय हुन सक्छ । मिसन पत्रकारिता गर्ने संचारमाध्यममा आङ्खनो पहुँच गुम्ने डर पनि कम भयानक होइन । सर्बसाधारण सबैले मुँग चिनिसके तर आपैmलाई चेतनशिल भन्ने वर्गले मुँग नचिनेको बहाना गर्दैछ । प्रजातन्त्रलाई लोकतन्त्र नाम फेरेदेखि प्रजातन्त्रको चीरहरण भएको कुरा देखेको नदेखै गर्दैछन । यसमा के छ ? डर, अज्ञानता वा लोभ, प्रश्न विचरणीय छ । 
तेल र पानी मिलाउने निरर्थक प्रयत्नलाई अग्रगमन देख्ने उनिहरुका आँखा सही हुन वा ब्रम्हले देखेको कुरा बोल्न नसकेका हुन यो कुरा रहस्यमय छ । मुलुकलाई लागेको रोग पहिचान भएर पनि गलत उपचार गर्नु भनेको मुलुक प्रति बेईमानी हो भन्ने कुरा पनि के इनलाई थाहा छैन । अब बेला आएको छ, मुलुकको समस्याको गलत ईलाज गरेर राष्ट्रघाती बन्ने होईन सहि ईलाज गरेर राष्ट्रपेमी बन्न अग्रस्र हुनु पर्दछ । यो सद्बुद्धि भगवान पशुपतीनाथले प्रदान गरुन । अहिलेको जनजनको कामना यही हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper