banner

पृथ्वीनारायण शाहको महिमा देशभक्तिपूर्ण

दीर्घराज प्रसाई–
बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका शालीकहरु भत्काइयो । पोखरा पृथ्वी चौकको शालिक भत्काएर त्यही लखन थापाको शालिक ठडिए पछि तिनै बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि लखन थापाको शालिक आवरण गर्न गएका थिए भने बाबुराम भट्टराई कति देशद्रोही ?
माओवादी जनयुद्धको नाममा गोर्खामा जन्मिएका बाबुराम भट्टराईको नेतृत्वमा भारतीय गुप्तचर संस्थाको इशारामा गोर्खा, नुवाकोट लगायत अन्य ठाउँमा स्थापित भएका राष्ट्रनिर्माताका शालीकहरु भत्काइयो । सबभन्दा दुःखको कुरा पोखरा बाटुले चौर स्थिति पृथ्वी चौकको पृथ्वीनारायण शाहको शालिक भत्काएर त्यही लखन थापाको शालिक राखियो । लखन थापाको शालिक ठडिए पछि तिनै बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि लखन थापाको शालिक आवरण गर्न गएका थिए भने बाबुराम भट्टराई कति देशद्रोही रहेछन् । अहिले आएर बाबुराम भट्टराई त्यसबारेमा पश्चाताप गर्दा हुन् । यस्तो जगन्य अपराध गरेपछि पश्चातापको कुनै महत्व हुँदन । ब्याँसो बुढो भएर दाँत झरे पनिउसले आफ्रनो स्वभावलाई बदल्दैन भनेको जस्तै हो ।
गोर्खामा जन्मिएका पृथ्वनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नृतृत्वमा विशाल नेपालको सिर्जना हुन नसकेको भए बाबुराम भट्टराई नेपाली भएर कसरी यो हिमवतखण्ड नेपाली भएर गौरव गर्न सक्थे होलान् । त्यत्ति मात्र होइन उसले पृथ्वीनाराण शाहको शालिक राष्ट्रिय एकता दिवसको रुपमा सरकारले दिइ आएको पौष २७ गतेको सार्वजनिक बिदा समेत खारेज गराउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका अर्का भारतीय गुप्तचर संस्थाका दलाल कृष्णप्रसाद सिटौलालाई दबाब दिएर राष्ट्रिय एकीकरणको उपहास गराए ।
राष्ट्रियताको पटक्कै महसूस नभएका पार्टीका नेताहरुलाई सम्झाएर केही हुने वाला छैन । कागलाई नुहाएर सेतो हुँदैन । अहिलेसम्म पौष २७ गते राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिलाउने काम भएको छैन ।
तर अवका दिनमा राष्ट्र निर्माता प्रति ससम्मान गरेर राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिलाएर सरकारले यस्ता गल्तीहरुलाई सुधार्ने काम गर्छ भन्ने हामीलाई विश्वास छ ।
नेपालमा जस्तोसुकै आन्दोलनहरु भएता पनि त्यसको मूल लक्ष हो नेपालको सार्वभौम अस्तित्वको सुदृढीकरण गर्दै राष्ट्र निर्माण सरिक हुनु । राष्ट्रिय राजनीतिमा नेपाली जनताको चासो हो । संसदीय प्रजातन्त्रको माध्यमबाट राजनीतिक स्थिरता, शान्ति–सुव्यवस्था गर्नु । यी सबै मान्यताहरुलाई अगाडि बढाउन हामीले राष्ट्र निर्माता पृथ्वीरायण शाहका महान योगदान र उनमा घटेका दैवी शक्ति र उनीबाट प्रस्तुत दिव्य उपदेशहरुलाई हामी नेपालीहरुले आत्मसाथ गर्नसक्नु पर्छ ।
अव पृथ्वीनारायण शाहका दिव्यउपदेशहरुलाई आधार मानेर राजा महेन्द्रका राष्ट्रवाद र बीपीको प्रजातान्त्रिक समाजवाद बिचमा समन्वय र सन्तुलन गरेर अगाडि बढ्न सक्नुपर्दछ । यसको लागि हामी कसैले पनि पूर्वाग्रह नराखी राष्ट्र निर्माणमा अगाडि बढ्न नेपालको विश्वब्यापी प्रतिष्ठा कायमराख्न राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत कायम गर्न समर्पण देखाउनु अत्यावश्यक छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper