banner

दास मनोबृत्ति कहिले त्याग्ने ?

स्वयम्भुनाथ कार्की -
दिनै पिच्छेको आक्रमणको खवर, राजमार्गमा हुने सुरक्षा जाँचमा झण्डै एक किलोमिटर झोला झुण्ड्याएर हिड्नु पर्ने हैरानीले जनसाधारण हैरान थिए । हाम्रा नेताहरु तथा स्वधोषित अगुवाहरु दुई खाले बन्दुकको चेपमा जनता परे भनेर फलाक्दै थिए । यो अवस्थाले जनआन्दोलन भाग २ भनिएको १९ दिने आन्दोलन बरु समस्याको समाधान पो हो कि भन्ने सोच पलायो । उसै पनि लगातारको बन्द हडतालले जनता दिक्क भएका थिए । साह्रै ठुलो र लामो अशान्ति पहिले नभोगेको नेपाली समाज बषौंको जनयँद्ध नामधारी द्वन्दले पिल्सिएका थिए । यसै बेलामा माओवादीको बन्दुकसंग मितेरी गाँसेर हाम्रा नेता, स्वधोषित अगुवा तथा मानव अधिकारकर्मी नामधारी जमात आन्दोलन गर्न तम्सियो । 
हुनत मानव अधिकारकर्मीहरुको नियत तथा काम सर्वसाधारण जनताको समझ भन्दा टाढा छ । ८०–८४ बर्षको बुढो मान्छे रटिएर मारिदा उनिहरुको निमित्त त्यो मानव अधिकार हनन् हुदैन, तर त्यसरी घाँटी रेटेर मार्नेलाई छिरिक्क केहि भयो भने मानव अधिकारको अक्ष्यम्य हनन हुन्छ । राज्यको बन्दँक भन्दा बिद्रोहीको बन्दँक न्यायपँर्ण माने नेताहरुले । बन्दुकले मात्र पराजित गर्न नसकेको नेपाली सुरक्षा निकायलाई आफु समेत लागेर बिद्रोहीको बन्दुकलाई विजय गराएको कुरा इतिहास हुने गरी पुरानो भई सकेको छैन । उसै पनि अव सुरक्षा निकायमा त्यही विद्रोही बन्दुक बोक्नेहरुको वर्चश्व छ । प्रधानसेनापतिको पदमा पुग्ने रोलक्रममा समायोजित तात्कालिन विद्रोही भएको भए आश्चर्य नमाने हुन्छ ।
विदेशी हस्तक्षेपको चर्को आपत्ति गर्ने विद्धानहरलाई १९ दिने आन्दोलनमा विदेशी राजदुत तथा कुटनैतिक व्यक्तित्वहरुले त्यति खेर राज्यले लगाएको कफ्यू लागु गर्न बसेका सैनिकको बन्दुक पन्छाएर आफुहरुलाई प्रवेश गराएको सम्झना पक्कै होला । त्यतिखेर राज्यको बन्दँक पन्छाउने हात अहिले भण्डारमा पस्यो भने कुन ठुलो अचम्म भयो र ? आखिर आन्दोलनमा सकृय भएको प्रमाणपत्र अहिले सत्ता र भत्ताको सरल उपाय हो भने विदेशीहरुको पनि त योगदान कम छैन, त्यसको प्रतिफल खोजिनु त्यतिसारो अमिल्दो कुरा होईन । त्यसैले विभिन्न रुपले त्यसको फलमा दावा पेश हुदैछ र सत्तालाई नतमस्तक हुन कर लागेको छ । उसै पनि राजनैतिक स्वतन्त्रता पाएको भनिएको यो समयमा नेताले जेमा सही गर भन्यो त्यसैमा सही गर्नै पर्ने दासहरुको फौज छन संसदमा ।
अब भविष्यमा कहिले बन्द नहुने अबस्था पैदा गर्ने बाचा गरेर आन्दोलनमा होम्नेहरुले देशलाई बन्दको उत्पादन गर्न अनुकुल अबस्था पैदा गरेका छन । सर्वसाधारणमा दास मनोबृतिले यस्तो प्रभाव छोडेको छ की अभैm उनिहरुले जे भने त्यो अक्षरशः पत्याउँछन । विभिन्न ठाँउमा उत्तर खोजिँदा आफुहरुले वक्तव्य दिएको, भाषण गरेको अनि धेरै भए लेख लेखेको टि. भी. तथा एफ. एम. मा बहस गरेको कुरा सगौरव बताउछन । के भाषण गर्नु, लेख लेख्नु वा बहसमा भाग लिनु मात्र उनिहरुको काम हो ? यदि यसो भए एउटा सुगालाई सबै कुरा सिकाएर भटट्याउन राखेमा त खर्चै कम हुने थियो । शायद करको दर पनि केहि कम हुने थियो होला । अझ रेकर्ड गराएर लाउडस्पिकरमा बजाए त झन मज्जा आउने थियो की ?
अब बेला भैसकेको छ , यो मानसिक दासताबाट सर्वसाधारण मुक्त हुनैपर्छ । आफुसँग जो आएको थियो त्यसैसंग जवाफ माग्ने र जवाफ नआएसम्म टोकेसो गर्न नछोडने निति सर्वसाधारणले नलिने हो भने बर्षमा साढे तीनसय दिनको बन्द साधारण हुने छ । झोलामा सकि नसकि पैसा बोकेर मुठ्ठिभर समान किन्ने दिनले त ढोका ढकढक्याउदैछ । बल्ल बल्ल खोजेरे मल खेतमा हाल्न ठिक्क पारेको मल खोसेर लैजाने नेतृत्वबाट आशै पो के हुन्छ र ? तैपनि बेलामा सिंचाई गर्न विजुली वा डिजल पाए, मल विउ पाए सर्वसाधारण अझ केहि बढि दिन बाँचेर उनिहरुको गुलामी गर्ने थिए । 
त्यसैले गुलामी मानसिकता छोडेर सर्वसाधारणले हिजो दिन बाचा गरेको शान्ति खोई ? सुब्यबस्था कहाँ थन्क्याएको छ ? अनि खोई गौरवले नेपाली भएर बाँच्ने अबस्था भनेर सोध्ने हो र त्यसको चित्त बुभ्mदो उत्तर दिन नसक्नेलाई मान्न छोडने हो भने अहिले पनि ढिला भएको छैन । नेपालीहरुले छोटै समयमा समृद्ध नेपाल बनाउन सक्छन । एकमात्र शर्त हो चिल आयो भनेर आपैm कुखुरा चोर्ने श्यालहरु धपाउनु पर्दछ । हैन भने अब शताव्दियौसम्मको गुलामी व्यहोर्न तैयार रहनुको विकल्प छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper