banner
banner

अवला कसरी, सरकार जवाफ छ ?

देवी काफ्ले -
हामी कुरा ठूला गर्ने तर ब्याबहारमा लागु गर्ने बेला लाइनबाट पछाडी सरिराखेका हुन्छौं ।
नारी स्वतन्त्रताका भाषण गरेर नथाक्ने हाम्रो नेतृत्व वर्ग नै नारीमाथि शोषण गर्न पछी पर्दैन।नारी शोषण खाली यौनिक मात्र होइन उनीहरूको अधिकार र क्षमतामाथि खडा गरीने प्रश्न पनि शोषण हो ।
एउटा बरिष्ठ नेताले बिधवा बिवाहको लागि निकै फूके।बिहे गर्नु पर्छ।बिहे गरिदिनुपर्छ । उनीहरूको बिवाहको लागि प्रश्न चिन्ह खडा गर्नु हुदैन । एउटा बिदुर पुरुषले अबिवाहित केटी बिहे गर्नु हुन्छ भने बिधवा नारिलाई पनि अबिवाहित पुरूषले बिहे गर्नु हुंदैन र भनेर उफ्रे ।
अनि अर्का बरीष्ठ उफ्रे (बलात्कारीलाई फाँसी हुनुपर्ने।यस्ता अपराधीलाई खुलामन्चमा झुण्ड्याउनु पर्छ । पिडितलाई न्याय दिनै पर्छ यस बिषयमा हाम्रो पूरा समर्थन रहने छ । पिडकलाई सजांय र पिडितलाई न्याय दिलाउन हामी लागी पर्ने छौं ।
फेरी अर्का बरिष्ठले बुर्कुसी मारे।महिलालाई पुरूष सरह अधिकार दिनु पर्छ।महिला आधा आकाश धानेका हाम्रा समकक्षी हुन् । यो अधिकार हरण गर्न पाइंदैन।हामी महिला सशक्तिकरणका लागि साथ साथ छौं ।
जब आन्दोलन गर्ने बेला हुन्छ तब तब सडकमा महिला नभै हुंदैन ।त्यसै बखतमा निकै महिला अधिकारका हुंकार हुकेर महिलालाई डाडु र पन्यू सहित सडकमा उतारिन्छ ।
नालापानीको युद्धमा समेत दुधे बालक पिठ्यूँ र कोखिलामा बोकेर अंग्रेजसंग लडे । राणा शासनका बिरूद्ध लडे।जन आन्दोलन त महिला बिना सफल हुने कुनै सम्भावना नै थिएन । द्वन्दकालमा बिद्रोही पक्षबाट लड्ने महिलाहरूको त गाथा गाएर सकिन्न । किनकि पुरूषले जति हतियार सहित लड्नु त थियो नै अझ भयानक युद्ध त उनीहरूको यौनशोषण संगैका साथी हुन् वा अगुवा नेता हुन् युद्ध जिते जसरी महिलाका शरीर लुछिए । तर यी सबै उनका त्याग एउटा चरित्रहिनताको टुंगोमा पुर्याएर बेमतलवी बनाइए ।
जब सत्ता पक्षले आफ्नो अधिनमा पुर्यायो तब तिनै बालिका हुन् वा महिला अमानवीय तरीकाले दिनहुं महिनौंसम्म सामुहिक बलात्कार गरेर पुरूषार्थ देखाउन पछी परेनन् ।
अब फेरि बिधवा बिवाह तिरै लागौं।जुन अगुवाले बिधवा बिवाहको खुलेर समर्थन गरे उनको छोराले एउटी बिधवा बिवाह गर्ने प्रस्ताव ल्याउंदा घर निकाला हुनु पर्यो ।
यस्तो ब्यवहारले के पुष्टि हुन्छ भने भाषण आखिर भाषण हो ब्यावहारमा लागू गर्ने त यीनै बेबकुफ जनताले हो मेरो खानदानले किन ? कहीँ कोही नपाएर राणी बिहे गर्ने तुच्छ मेरो छोरो होइन । आहा कति राम्रो न्याय र परिवर्तन है, समाज परिवर्तन गर्ने समाजका बाहकहरू ।
एउटी बलात्कार पिडित बालिकालाई न्याय दिलाउने पिडकलाई कारवाही गर्ने कुरा आउंछ जब बलात्कारी उनै बिशिष्ठेहरूका सन्तान परे भने बालिकाले छोटो लुगा लगाएरचरीत्रहिन भएको, सम्पत्ति हत्याउन आरोप लगाएको आदी आरोपले पिडितलाई नै पिडक बनाईन्छ । अन्यायमा परेको त बलात्कारीलाई पो देखाइन्छ । अनि समाजको तिरस्कृत नजरको सामना गर्नुपर्छ ति बालिकाले । वाह समाज परिवर्तन गर्ने संवाहकहरू तिम्रो न्याय र महिला अधिकार कुन डोकोबाट चुहिएछ ? राजनीति र प्रशाशनिक क्षेत्रमा बराबरका भाषण छाँट्नेहरू आज आरक्षण तोकिएका ठाउँमा महिलालाई जिम्मेवारी दिन तिम्रा हात कुन नागपाशले बांध्यो र सबै पद खिर्लिप्पै पारेर राज गरेको ?
संबिधानमा उल्लेख गरेका कुराहरू समेत लागू गर्न हिच्किचाउने पुरूषार्थीहरू महिला अधिकारका बिषयमा चुपै बसे बेश होला।ऋषिपन्चमी र ८ मार्चमा सार्वजनिक बिदा दिएर महिला अधिकार सुनिश्चित हुने भय लडाईंको मैदानमा महिला सहभागिता किन आवश्यक ठान्यौ ?
बाहिर नारी स्वतन्त्रताका फुक्ला भाषण छांट्नेहरू भित्र कति सम्म नीच हुँदा रहेछौ भन्ने त तिम्रा पुरूषार्थी मानसिकताले देखाइसकेको छ । अझै पनि हामी कोबाट शोषित पिडित छौं ? जवाफ खोज्न टाढा जानु पर्दैन । त्यही पुरुषवादी सोंचले हामी ग्रस्त छौं । जबसम्म पुरूषवादी विचार त्याग्न सक्दैनौ तबसम्म महिला, नारी यो समाजमा दोस्रै दर्जामा हेरिने छन् ।
जब सम्म नारीलाई उनको क्षमताको कदर गरिदैन तब सम्म नारी नारी रहन्छिन् । नारीमा आखिर कुन शक्तिको कमि छ र?सधैं दोस्रो दर्जामा राखिन्छ ?
यिनै कारणहरूले राष्ट्रको नागरिकका रूपमा पुरूषहरूले पाउने सम्मान पाउन सकेनन् भन्ने देखिन्छ । तर अधिकार त पाउनु पर्ने हो नि । किन नारीको हैसियत घरभित्र मात्र निहित गर्न खोजिन्छ ?
नागरिकता, अंशजस्ता कुराहरूले मात्र नारी सम्मानित हुन्छिन् त ?
नारीका लागि शिक्षा किन एउटा असल गृहिणीको लागि मात्र दिइन्छ ? एउटा असल र कुशल नागरिकको रूपमा किन दिईन्न ? १९ औं शताब्दीको अन्त्य देखि २१औं शताब्दीको पहिलो चरणसम्म लेखिएका पुस्तकले समेत नारीको ठाउँ घर हो, बाहिर होइन भनेर सम्झायो । बाहिरी संसार त राजनैतिक संग्राम, परीश्रम, युद्धको हो त्यहाँ पुरूषमात्र शोभायमान हुन्छन्, नारी त कोमल, काँतर र बद्धुू हुन्छन् । त्यसैले नारी तिमी घरभित्र सिमित हौ ।
आज पनि यही संस्कारबाट ग्रस्त भयका कारण न त राजनीतिमा सहज ठाउँ दिइन्छ, न त कुनै निर्णायक भूमिकामा । ईतिहासमा उल्लेख भए अनुसार पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्र लक्ष्मीले राजकाज सम्हालेकै थिईन् । पासाङ्गल्हामु सगरमाथा चढिन् । यदि नारीमा ईच्छा शक्ति भए गर्न नसक्ने काम छैन । उनीहरूलाई किन तह छुट्याउनु ? निरीहको स्तरमा हेर्नु ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper