banner
banner

योग्यता खोज नागरिकहरु

स्वयम्भुनाथ कार्की -
सर्वसाधारण जनताले कुनै पनि काम गर्न हमेशा आङ्खनो योग्यताको प्रमाणपत्र पेश गर्नु पर्ने हुन्छ । पत्रकारलाई यो पत्रकार हो भनेर प्रेस काउन्सिलले प्रमाणपत्र दिन्छ । चिकित्सक हुन शैक्षिक योग्यता मात्र हासिल गरेर हुँदैन, विधिपूर्वक नेपाल मेडिकल एसोसियनको छनौट प्रकृया पार गरेर प्रमाणपत्र लिनु पर्छ । सबै जसो काम गर्न योग्यता प्रमाणित मात्र नभएर कुनै न कुनै ठाउँबाट अनुमोदित हुनु पर्दछ । हुनत नेता हुन योग्यता तोक्नु पर्दछ भन्ने आवाज उठने गरेका छन, तै पनि जनताले आङ्खनो मतले स्विकार वा अस्विकार गर्ने गर्दछन ।
योग्यता र त्यो योग्यताको प्रमाणीकरण समाजका हरेक क्षेत्रमा आबश्यक हुन्छ । तर, विडंवनाको कुरा के छ भने देशमा द्वन्द पैmलिएको वेलामा द्वन्दविज्ञहरुको भेल नै लाग्यो । सर्वसाधारणलाई यो द्वन्द विज्ञान कहाँ अध्यापन हुन्छ ? यसको प्रमाणपत्रको प्रमाणीकरण कसले गर्छ ? जस्ता कुराको जानकारी त परै जाओस उनिहरु वास्तविक विज्ञ हुन कि होईनन त्यो पनि थाहा भएन । तर योग्यता अप्रमाणीत द्वन्द विज्ञहरुको राय द्वन्द व्यबस्थापनमा महत्वपूर्ण रह्यो । जसो गरेर योग्यता नपुगेको चिकित्सकबाट सही उपचार शंकास्पद हुन्छ त्यसै गरेर अप्रमाणीत द्वन्दविज्ञहरुको रायले एक किसिमको द्वन्दबाट पिडा केही कम भए पनि नयाँनयाँ किसिमका झन पिडादायक द्वन्द श्रृजना भए । चिकित्सलाई लापरवाहीको आरोप लगाउने गरेको जस्तै यसको जिम्मेवारी उनिहरुले बोक्नु परेन । 
योग्यता सावित नगर्नुपर्ने तर आङ्खनो अयोग्यताले सम्पूर्ण जनतालाई पिरोल्ने अर्को जमात पनि छ । यो जमात आफुलाई मानवअधिकारवादी भनाउने गर्दछ । तर एउटा व्यक्ति मानवअधिकारवादी हुने र अर्को व्यक्ति मानवअधिकारवादी किन नहुने ? कुन योग्यता तथा शर्त पुरा गरेर मानवअधिकारकर्मी हुन सकिन्छ ? के गर्दा मानवअधिकारवादी आफ्नो कर्तव्यच्यूत हुन्छ ? यसको उत्तर जत्तिकै प्रयत्न गरे पनि पाउन सकिदैन । आफुलाई एकपटक मानवअधिकारकर्मी भनाउन सफल भईसकेपछि सर्वशक्तिमान ईश्वर सरह उसका सबै कुरा सही र त्यससंग बाझिने सबै कुरा त्याज्य हुने कुरा भन्दा तानाशाही अरु के हुन सक्छ र ? अझ नागरिक समाजको अगुवा भनेर भनिनेहरुको नकच्चरोपनको त कुनै हद नै छैन । नागरिक भनेका देशका हरेक जनता हुन । उच्च स्थान ओगटेका नागरिक मात्र नभएर हरितन्नम समेत सबै नागरिक हुन । सच्चरित्र व्यक्ति मात्र हैन दुश्चरित्र व्यक्ति पनि नागरिक नै हुन । उनिहरु वा उनिहरुको समाजको अगुवा हुने दावी गर्नेले नागरिकहरुको सम्मति लिईएको हुनुपर्दछ । अहिलेका तथाकथित नागरिक समाजका अगुवाहरुले कहिले कुन विधिले नागरिकहरुको आङ्खनो अगुवा भनाउने सम्मति लिएको छ ? सानो भन्दा सानोदेखी ठुलो भन्दा ठुलो कुरामा नागरिक समाजका अगुवाको हैसियतले राय व्यक्त गर्दा त्यसमा सामान्य नागरिकले के सोचाई राख्दछन् भन्ने कुराको जानकारी राख्न नपर्ने निरंकुश अधिकार उनीहरुलाई कसले दिएको छ ? 
देशका कुनाकाप्चाका नागरिकसंग अन्तरत्रृmयाको कुरा त परै जाओस सुगम क्षेत्रमा पनि उनिहरुको अन्तरत्रृmया केवल उनिहरुको व्याख्यान सुन्ने हदसम्म मात्र हुन्छ । कसैको प्रश्न आएमा त्यस प्रश्नको प्रशंसा गर्ने र समय अभावको बहाना देखाएर त्यसवाट उम्कने यस्ता व्यक्तिहरुलाई कुन नागरिकले आङ्खनो अगुवा मानेको छ भन्ने कुराको सवेक्षण गर्ने हो भने यस्ताको पोल सहजै खुल्छ । अरुलाई सच्चरित्रताको पाठ पढाउन दत्तचित्त उनिहरु आपैm कत्तिको चरित्रवान छन भन्ने कुरा त उनिहरु कै छिमेकीलाई सोधेमा छलंङ्ग हुन्छ । आर्थिक अनुशासनको कुरा उनिहरुले चलाएका संधसंस्थाहरुका महंगा विलाशितायुक्त कार्यक्रमको खर्च कसरी व्यहोरिन्छ त्यो नै गोप्य राख्नुले नै प्रष्ट पार्दछ । विभिन्न देशी विदेशी शक्तिहरुको लगानीले पोषित यस्ता संस्थाहरु र तिनिहरुका संचालकहरुको पछिल्ला बीस तीस बर्षको विगत सर्सरी हेर्ने हो भने पनि पुग्छ , केलाउनै पर्दैन । विधिको शासन चाहिन्छ भनेर राम्रा कुरा गर्ने यस्ता अगुवाहरु आपैmले विधि तोडेको कुरा कसरी क्षम्य हुन सक्छ ? यदि कुनै परिस्थितिमा विधि तोडनै पर्ने हो भने त्यो विधि तोडन पाउने अधिकार अरुले नपाउने उनिहरुले मात्र पाउने बिषेशाधिकार हुनै सक्दैन । नियम कानुन भन्दा माथि कोहि हुनु हुदैन भनेर नेपाली जनताले शताव्दियौ पुरानो राजतन्त्र त अस्विकार गरे भने स्वधोषित यस्ता महाप्रभुहरुको ंनिरंकुश र सनकमा आधारित व्याख्या र परंपरा, संस्कृति तथा कानुन माथिको वलत्कार धेरै सहने छैनन । कि त आङ्खनो त्यो स्वधोषित हैसियतको प्रमाणपत्र सर्बसाधारणलाई देखाउनु प¥यो, हैन भने खुरुक्क अन्य नागरिक जस्तै आङ्खनो थान्कामा बस्नु प¥यो ।
अव बेला भैसक्यो, यस्ता विभिन्न विषयका विज्ञ, मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरुले आफु त्यो ठाउँमा हुन योग्य छु भनेर योग्यताको प्रमाणपत्र सर्वसाधारण जनतालाई देखाउन । केहि राजनैतिक दलका नेताहरुको आर्शिवाद, संचारकर्मीहरुको माया ममता मात्र अवका दिनमा प्रयाप्त हुदैन । कुनै राजनीतिक वाद वा शक्तिकेन्द्रको झोले वा हुक्के भएर भन्दा निरपेक्ष भएर सहि र गलतको व्याख्या गर्ने ईमानदारिता नदेखाएमा त्यसैको भातृ संगठनको रुपमा आफुलाई परिणत गरे हुन्छ । आखिर काहीं नभएको जात्रा हाँडी गाउँमा भने भैm नेपालीले वाम, पूर्व, पश्चिम वा दक्षिण बुद्धिजीवि पनि त पचाएकै छ । यसै गरेर यस्तै वाम, दक्षिण, पूर्व वा पश्चिम मानव अधिकारवादी, नागरिक समाजका अगुवा पनि पचाउने कोशिस गर्न सक्दछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper