banner
banner

पुरुष पनि महिला हिंसामा परेका छन्

देवी काफ्ले -
आजकल महिलाबाट पुरूष हिँसामा परेका घटना छरपष्टै आइरहेका छन् । के साँच्चै पुरूष हिंसामा परेकै हुन् त ?
बिदेशिएका लोग्ने ठगेर अर्कै लोग्नेसँग रँगरेलियाँ मनाउँदै घर, छोराछोरी, लोग्नेको सम्पत्ति लथालिंग पारेर हिँडेका महिलाले अधिकांश पुरूषहरु बिचलित परेका छन् । समाजमा देखिएका ताजा घटना हुन् यस्ता । अष्ट्रेलिया जाने लोभले नक्कली बिवाह गर्ने सारा खर्च बेहोराउने अष्ट्रेलिया पुगेपछी डिभोर्स माग्ने, पढाई खर्च र पालनपोषण खर्च उक्त केटाबाटै भराउने, सकेसम्म नेपालमा रहेको पैतृक सम्पत्तिको समेत अंश दाबी गर्ने जस्ता साहसिक काम गर्न आजका युवतीहरू सहज ठान्न थालेका छन् । यसैमा उनीहरू गर्व गर्छन् । घटनाको पूरा बिवरणले चितवनका रवि र रन्जनाको केश पनि यस्तै प्रकृतिको लाग्छ ।
अष्ट्रेलियावालाले त मोटो रकम ऐँठाउन पाउने नै भय केटा चाहे मरोस्,सयौँ हण्डर खाओस् बस् केटीले सम्पत्ती ऐँठाउँन सक्नु पर्यो । अष्ट्रेलियाकै चक्करले कपिलवस्तुमा बुहारीले आफ्नै ससुरो मारिन् । लोग्ने खाडीमा काम गरेको छ उसको कमाई, घरबाट ससुराले दिएको पैसा अष्ट्रेलिया जानको लागि भनेर कुम्ल्याएर ससुरोलाई सिद्धयाइन् ।
घटनाका प्रकृति फरक भए पनि उद्धेश्य एउटै देखिन्छ त्यो हो सम्पत्ति हत्याउने हो भन्ने देखिन्छ ।
          अर्कोतिर लाखौँ खर्च गरेर बिवाह गर्छ ।फेरी लाखै खर्च गरेर आफू बिदेशिन्छ । घरमा श्रीमती छाडेर जान्छ । केही समयपछी श्रीमतालाई  घरको काम गर्न दुःख हुन्छ या परिवारसँग झैझगडा शुरू हुन्छ । अनि मलाई घरबाट यातना भयो भनेर शहर बजारको बसाईलाई महत्व दिँदै कोठा भाडामा लिएर बस्न वातावरण मिलाउँछिन् । लोग्ने राजी हुन्छ । श्रीमतीले जब पोका पुन्तुरा बोकेर शहरको बाटो लाग्छिन अनि शुरू हुन्छ लोग्ने माथि घात । खाडीको ५५डिग्रीको तापक्रममा  पिल्सिँदै कमाएको रकम पठाउँछ mथ धषभ mथ षिभ भन्दै । बिहेमा गरेको खर्च ,छोरो बिदेश पठाउँदाको रकमको ब्याजको स्याज तिर्दै हुन्छन् बाआमा । फोन  भाइबर, म्यासेन्जरमा निकै प्रेम देखाएर उताबाट पैसा मगाउने तलब आएको छैन भन्यो भने म भन्दा प्यारो पैसा भयो भनेर घुर्काउने गरेपछी पैसा जसरी पनि आइएमई, हुण्डी के के गरेर हुन्छ आइपुग्छ । अनि यताको mथ षिभ सँग ब्यस्त हुन्छिन् । महिना जान्छ बर्ष जान्छ । छोराछोरी हुन्छन् । प्राइवेट स्कूल पढाउनु पर्ने खर्च ठूलो हुन्छ  । नयाँ केटा साथीको खर्च पनि बेहोर्नु पर्दा बिचरीलाई खर्च धान्न धौ धौ पर्छ अनि बुढोले बिदेशबाट दिनरात एक गरेर नपठाए के गर्नु त ?
लोग्ने बिदेश राम्रो लाउने मिठो खाने रहर कसलाई हुँदैन र ? गहना जोड्नु प¥यो पैसा पठाउ । घरभाडा, लत्ताकपडा, बच्चाको शुल्क, घरखर्च भन्दाभन्दै उता कमाएको पैसाले कसरी थेग्नु  । तैपनि येनकेन गरेरपठाएको पैसो कुटुरी पारेर नयाँ साथीसँग भाग्ने गरेका घटना अति बिकराल रूपमा बढेको छ । लगभग दिनहुँ जसो घट्ने यस्ता घटनाले सबैको बिश्वासमाथि शंका उत्पन्न गराएको देखिन्छ । यस्ता घटनाले धेरै युवाको घर तहसनहस भयको छ । बच्चाहरू घर न घाटका भएका छन् । न कमाएको धन छ न स्वस्थ ज्यान छ न श्रीमती छ । फलत अत्यन्त पिडादायी जीवन बिताउन बाध्य छन् दाजुभाईहरू । किन ?
यस्ता घटनाहरू न्यूनिकरण कसरी गर्ने ? देशमा बेरोजगारीको चरम अवस्था हुनु सबैभन्दा ठूलो कारण देखिन्छ । अधिकाँश नेपाली गरीबीको मारमा च्यापिएका छन् । बिहानको खाना जुटाएपनि बेलुका के खाउँको अवस्था ज्युँको त्यूँ छ । यस्तो अबस्थामा बैदेशिक रोजगारमा जानु केही कमाई गरेर ल्याए पछी परीवार पाल्न सहज हुन्छ भन्ने आशाले युवा बिदेश पलायन भैरहेका छन् । भर्खरको लाउँलाऊँ र खाऊँखाऊँको उमेरमा बिहे गरेर श्रीमती छोडेर बिदेशिनु पर्दा धेरै युवाहरू पिडित बनेका छन् ।
कृषिमा निर्भर हुन नसक्नु अथवा राज्यले त्यसतर्फ उचित ध्यान नदिनुले पनि यस्ता घटना दोहोरिएका छन् । देशको सम्पूर्ण भूभागको ६८५जमिन पहाडी भूभागमा पर्छ । जहाँ खेतीयोग्य जमिनको प्रयोग हुनसकेको छैन । बाली लगाउँदा उत्पादनभन्दा खर्च धेरै हुन्छ । समयमा मल, बिऊ पाउँदैनन् सिँचाईको ब्यबस्था छैन । जब उत्पादन हुँदैन घरको जोहो टार्न त्यसमा भविष्य नदेखे पछी युवा बिदेशिन्छन् र यस्ता समस्याका शिकार हुन पुग्छन् ।
आजकल मानिसहरू सँयुक्त परिवारमा बस्न मन पराउँदैनन् । यसकारण पनि उल्लेखित घटनामा बृद्धि भैरहेको पाइन्छ । पारिवारिक झमेला बेहोर्न मन गर्दैनन् । आँफु खुशी डुल्न घुम्न नपाइने, कामको जिम्मेवारी हुने हुनाले पनि बाहिर एकल परिवारमा बस्न रूचाउने हुनाले पनि यस्ता घटनाहरूले व्यापकता पाएको छ ।
यसको अर्को प्रमुख कारणको रूपमा त सामाजिक सँजाल नै देखिन्छ । जब मान्छे फ्रि हुन्छ दिमागमा अनेक कुराहरू खेल्छ अनि कुरा गर्दै जाँदा जाँदै सम्बन्ध नजिक्याउने र भेटघाटबाट यस्ता सम्बन्ध बढेको देखिन्छ । यावत कारणले गर्दा आज केही पुरूषहरू पिडित नभएका होइनन् तर दोषी महिलामात्रै होइनन् ।
मान्छे कुनै न कुनै काममा ब्यस्त हुनुपर्छ  ।खाली हुनासाथ अनेक तर्बितर्क गर्न थाल्छ र गलत बाटो अपनाउँछ ।
देशमा रोजगारीको ब्यावस्था भयो भने परिवार छोडेर बिदेशिनु पर्दैन युवालाई फलतः घटना न्यूनीकरण हुन्छ । छोराछोरीलाई सानैदेखि जिम्मेवार बनाउनु पर्छ । संयुक्त परिवारको महत्व बुझाउनु पर्छ । नैतिक शिक्षा सिकाउनु पर्छ, यसले पनि घटना न्यूनिकरण हुन्छ ।
सरकारले पहाडबाट बसाइ सर्ने प्रबृतिलाई निरूत्साहन गर्ने योजना ल्याउनु पर्छ । कृषिमा निर्भर हुने आधार जुटाइदिनु पर्छ ताकी युवा परिवार सँगै बस्न सकुन् । आफ्नो उत्पादनमा रमाउन सकुन । अनि परिवार एकैठाउँ भएपछी यस्ता घटना स्वतः घटेर जान्छ । यी घटनाहरू बढ्दा समाजमा एकोहोरो रूपमा महिला दोषि देखाइन्छ तर यसमा हाम्रो सामाजिक परिवेश, हाम्रो सोँच ,शारीरीक अवस्था, मानसिक अवस्था सबैको भूमिका रहन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper