banner

सिमाना र सेनाको विकल्प सशस्त्र होइन

विष्णुप्रसाद शर्मा–
इतिहासका पानाहरूले विश्वलाई परिचित गराएको शाहवंशीय राजा द्रव्य शाहले गोरखा राज्यलाई सुदृढीकरण गरेर इतिहासको शुरुवात गरिबक्सेको थियो र राम शाहले न्यायको सिद्धान्तलाई शास्त्रबमोजिम राजकाजको प्रत्याभूति गराइबक्सेकाले ‘न्याय नपाएमा गोरखा जानु’ भन्ने अनुभूति दिलाउने काम भएको थियो । स्व.श्री ५ पृथ्वीनारायण शाह तत्कालिन युवराजलाई ब्रिटिशले एसियाली मुलुकहरू प्रति गिद्देदृष्टिको आरम्भ गरेको र भारतलाई कब्जामा लिएर इष्टइण्डियाका नामले शासन गरेको मन परेको थिएन र यसरी नै उसको प्रभाव बढ्दै जाँदा गोरखा राज्यलाई सुरक्षित राखिराख्न सकिंदैन भन्ने प्रष्टसँग जानेकाले नेपाल एकीकरणको थालनी नुवाकोट अर्थात् नौकोटबाट सुरु गरेका थिए । नेपाल निर्माण गरे ।
कोतपर्वपछि राणाहरूले श्री ३ पदवी लिएर श्री ५ लाई खोपाका देउताका रुपमा प्रयोग गरिन थालियो । समयक्रममा १०४ वर्षपछि २००७ सालको परिवर्तनद्वारा देशले प्रजातन्त्र पाएको थियो । दक्षिणतर्फको राजकाज ब्रिटिशले छाडेर गइसकेको र भारतका नागरिकले सत्ता समालिरहेको हुँदा उत्तर नेपालको शीर हिमालयबाट तैरने जलाशयले विश्वलाई चकित बनाउने हुँदा नेपाललाई पञ्जामै राख्नुपर्ने मानसिकता थियो र रहिरह्यो, अनि त्यो आजसम्म पनि छँदैछ । दलीय व्यवस्थाका उरन्ठेउले शासक बन्ने चाहना भएका र विदेशबाट पालित व्यक्तिहरुलाई साथमा लिएर शाहवंशीय राजाहरूलाई कोलको छालाको थैलोमा राखेर तोरी पेले झैं पेलेर पिनामात्रै नेपालमा, तेलजति दक्षिणमा पु¥याउने क्रम जारी रह्यो र नेपालमा अर्धप्रशिक्षित राजनीतिको चेपुवामा शाहवंशीय राजाहरू पर्दै गएका थिए ।
तत्कालिन युवराज महेन्द्रलाई यो थाहा थियो र पछि श्री ५ त्रिभुवनको स्वर्गारोहणपछि राजगद्दीमा विराजमान महेन्द्रले वीपीलाई धेरैप्रकारले बुझाएर विश्वस्त गराउने अथक प्रयास गरेका हुन् । आज दलहरूले र विरोधीहरूले लगाएको आरोपभन्दा धेरैमाथिको प्रयास थियो । तर, दक्षिणले खेल्न नपाउने हुँदा त्यो प्रयास सफल भएन । महेन्द्रपछि वीरेन्द्रको जिम्मामा नेपालको राजसंस्था आयो, त्यसपछि कसरी हिन्दू अधिराज्य र राजसंस्था सिध्याउने भन्ने योजनाकार देशी–विदेशीको चक्रव्युहमा श्री ५ वीरेन्द्रको वंशनास गराउन सफल भएर गद्दी ज्ञानेन्द्र शाहलाई जिम्मेवारी दिइयो र क्रमैले राजसंस्था अनि हिन्दू अधिराज्यको बिनास गरियो । 
नेपालको भौगोलिक अवस्था, प्रकृतिले दिएको सम्पदा र उत्तर–दक्षिणको बीचमा रहेका कारण रणनीतिक रुपमा विश्वमन लोभिनु स्वभाविक थियो । भारत त कव्जामै राख्न चाहन्थ्यो । कांग्रेसले चन्द्रशेखर ल्याएर चाक्सिबारीमा र एमालेले सीताराम यचुरीलाई धुलिखेलमा उफारेको र पहिला चीनसँग वामको शासन माग्न पनि पुगेकै थिए । 
दलहरुको साइँदुवा प्रवृत्तिले छरपष्ट विदेशी खेलहरु भइरहेका छन् । राजनीतिक विचलन पनि बढ्दै गयो । हवल्दार प्रवृत्ति मौलाउँदै गयो । विश्वमै मुलुकको सुरक्षार्थ सेनाको व्यवस्था गरेका हुन्छन् । नेपालमा शाही नेपाली सेनाको संगठन छ । कांग्रेस र सहयोगी एमालेलाई सेनाप्रति विश्वास नरहेका कारणले सशस्त्र प्रहरीको स्थापना गरियो । राष्ट्रको मेरुदण्ड सेनालाई अभिभावकविहीन अवस्थामा पु¥याएर सीमानाको सुरक्षार्थ सशस्त्र प्रहरीलाई नै जिम्मा दिनुमा नूनमा चूक मिसाइएकै हो । राजीव गान्धी, ‘रअ’ को परिपञ्चमा छविलाल दाहाललाई प्रशिक्षण र अर्धशिक्षण तवरबाट २०५२ देखि नेपालमा आतंक शुरुवात गराइयो र सत्र हजार मानिसको अनाहकमा ज्यान लिएर दलीय पद्धतिमा अर्को एउटा अपराध भित्रियो । २०६३ वैशाख ११ को सम्झौताले राजसंस्थालाई धोका भयो भने हिन्दू अधिराज्य सिध्याइयो । छिमेकी आन्तरिक सहयोगी कदापी हुनै सक्दैनन् । छिमेकी त करेसामा खेल्ने भूतमात्रै हो भनेर शाहवंशीय राजा र राजसंस्थाले बुझेनन् । यसरी नेपालको इतिहास मेटियो र कालपानीलगायतका बहुमूल्य सम्पदाहरूमा आक्रामकरुपले हस्तक्षेप गराउन दलीय स्वार्थले भरपुर सहयोग पु¥याइराखेको छ र यो अवसरको सदुपयोग उत्तर–दक्षिणले गरिराखेका छन् ।
शाही नेपाली सेनाको हाल कायम नेपाली सेना कोही–कसैको लहड र तामशमा लतार्ने अनि लतारिने संगठन होइन । यो सिंगो नेपाल देशको स्तम्भ मेरुदण्ड हो । प्रजातन्त्र वा अन्य कुनै राजनीतिक नाम फेर–बदल हुन सक्दछ । निर्दल वा बहुदल हुनु पनि आश्चर्यताको विषय बन्न सक्दैन । तर, सेनालाई कमजोर बनाउने, जिम्मेवारीबाट अलग राख्ने अनि  अनुकूलताको बनाउने काम  निकम्माहरूले अपनाउने तुच्छ प्रवृत्तिमात्रै हो । 
गम्भीर–खम्भीर अवस्थालाई ध्यान दिएर सेनाको संरचना तयार बनाउने काम विश्वमा अस्तित्वमा रहेका राष्ट्रहरूले गरिराखेका हुन्छन् । नेपालमा प्रजातन्त्रका नाममा सेनाको अथक जिम्मेवारीलाई सानो स्वार्थका निमित्त कटौती गर्नु, सीमा सुरक्षा र विशिष्ठ स्थानको सुरक्षार्थ प्रहरीलाई जिम्मा दिनु गलत कार्य थियो । प्रहरी–प्रशासनले दैनिकी जिम्मेवारीकै क्रममा जनताको नजिक रहनै पर्दछ । सेनालाई त्यस किसिमको जिम्मेवारी दिनु भनेको राष्ट्रको सुरक्षा पद्धतिलाई कमजोर तुल्याउनुशिवाय अरु केही होइन, थिएन र भयो त्यही नै । यो दलीय व्यवस्थाको पहिलो कमजोरी थियो । 
प्रजातन्त्र प्राप्त गर्ने गलत उक्साहटमा जनतालाई सडकमा र विदेशी पाहुनालाई सिधै सदनमा पु¥याउने काम भइरहँदा प्रहरीलाई जनताले चिन्ह र मान्न छोडिसके भने सेनालाई जनस्तरबाट आस्था र सुरक्षाको जिम्मेवार संगठनका रुपमा लिएर मानेका छन् अनि सेनाले वन–जंगल र अन्य जिम्मा पाएको काम कौशलतापूर्वक गरिराखेको पनि जनविश्वासको आधारस्तम्भ हो । निर्वाचन हुँदा, विदेशी पाहुना आउँदा सेना प्रयोग गरिनु उपयुक्त होइन । सेनाको निगरानी तथा निर्देशनमा सुरक्षा पद्धति चुस्त र दुरुस्त गराउन सक्नु राष्ट्रको उपलब्धी ठान्नु पर्दछ । 
सेनाका सकल दर्जाका पदाधिकारीहरूलाई जिम्मेवारीअनुसारको सुविधा प्रदान गर्नुपर्दछ । एउटै सिपाहीलाई दशौं वर्षसम्म एकै स्थानमा खटाई राखिएको पनि देखिन्छ । त्यो संगठनभित्रको कमजोरी होला, ध्यान दिनु जरुरी छ । सेनाको कार्यविधि, जिम्मेवारी, सुविधालाई कानूनले निर्दिष्ट गरेको हुने हुँदा त्यो उनीहरूले नै पालना गर्ने–गराउने अधिकार उनीहरूमै निहीत रहन दिनु पर्दछ । सरकार वा दलको नियन्त्रण र निर्देशनमा राख्नु गलतमात्रै होइन, यो त राष्ट्रका लागि नै खतरनाक धोका सावित हुन जान्छ र छिमेकीले सीमा र अपराधीले राष्ट्रभित्रै खेलिरहन पाउँछ । छिमेकीहरूलाई फाइदा पुग्ने किसिमले सीमा विषयमा सुरक्षाकर्मीलाई खटाउनु शासकको कमजोरी हो र शासकले आफू सुरक्षित बन्न खोज्नु नै राष्ट्र धोका हो ।

पोलिटिकस
बालयौन हिंसा भएको त छैन ?
देवी काप्mले
कतै तपाईंको वरपर पनि बाल यौन हिंसा भयको त छैन ?
बालबालिका बिशेष गरी १२ बर्ष उमेर मुनिकालाइ यौन हिंसा भनेको थाहा हुँदैन । बालयौन हिंसा बालकको नजिकको ब्यक्तिबाट हुन्छ । परिवारको सदस्य, परिवारको निकटतम ब्यक्ति, आफन्त, शिक्षक आदीबाट बढी हुन्छ ।
बलात्कार बालिकाको मात्रै होइन बालकको पनि हुन्छ । सुन्दा अचम्म लाग्छ तर वास्तविकतामा बालकहरूको बलात्कार अझ अमानवीय तरीकाले भएको हुन्छ ।
यद्यपि बालयौन हिंसा जघन्य अपराध हो र यस्ता अपराध हिजोआज समाजमा फैलिएका छन्, त्यसलाई हामी सबै मिलेर रोक्ने हो, संचेतनाले रोक्न सकिन्छ ।
यद्यपि बालकको बलात्कारलाई खासै ठूलो घटनाको रूपमा नलिएर हो कि बाहिर खासै ल्याईंदैन । जतिसुकै शिक्षित, राजनैतिक पृष्ठभूमिको परिवार भए पनि यस्ता घटना लुकाउँछन्। बाहिर आयो भने बेइज्जत हुन्छ भनेर ।
बालकहरू नजिकका आफन्त र विदेशी यौनपिपासुबाट यस्तो घटनाको शिकार बन्छन् भने बालिकाहरू आफन्तकै शिकार बन्छन् ।
एकजना अन्दाजी ६२–६५बर्ष उमेरको पाको मान्छेले आफ्नै सालीको सौताको छोरी ११ बर्षकी बच्ची बलात्कार गरे । उनी त्यो घरमा बारम्बार जाने गर्थे । त्यहाँ जाने क्रममा उनको मनमा पाप पलायो । नजिक बोलाउने, बालिकाको गाला चिमोट्ने, मुसार्ने गर्ने क्रम बढ्यो । बिस्तारै उनले यस्तो क्रियाकलापलाई बढाउँदै उसको शरीरमा मनपरी छुन थालेछन् । बालिकाले आफ्नो सौतेनी आमासँग भनिन् । तर सौतेनी आमाले केही हुँदैन उहाँलाई आउन रोक्यो भने हाम्रो खर्च चल्दैन भनेर बेवास्ता गरीन् । हुँदाहुँदै उनले बालिका बलात्कार नै गरे । धेरै पटक पछी जब असह्य भयो बालिकाले गाउँलेसँग गुहार मागेपछी बल्ल घटना बाहिर आयो । समाजले पुलिस कारवाहीको लागि बुझायो । घटनालाई साम्य पार्न मिलापत्रको प्रस्ताव भयो त्यसको लागि त्यहाँका भद्रभलाद्मी भनाउँदा ईज्जतका ठेकेदारहरू जम्मा थिए अन्ततः २–२.५०लाखमा बलात्कारी शुद्धिकरण भयो । बर्को ओढाएर ससम्मान बलात्कारीलाई सकुशल घर पु¥याए सामाजिक ठेकेदारले । पछी गाईगुँई कुरो चल्यो । १२ बर्षकी हुँदा पनि बिरोध नगरेर लठारिन गैछ कुलंगार । दोषी बालिका भइन् ।
आखिर शर्मिन्दा पिडित बालिका हुनुपर्यो । शर्मिन्दा हुनुपर्ने त पिडक हो नी  । कुलंगार त बलात्कारी हो नी ।
अर्को घटना करीब ७–८ बर्षको छोरा । आमा जागिर खान, दिदी खेल्न, परिवारका अन्य सदस्यहरू सबै आफ्नै काममा लागेको बेला सधैं जसो त्यो घरमा जाने बस्ने गरेको मान्छे । नजिकको छिमेकीको छोरा भएकोले शंका गर्ने ठाउँ नै थिएन । प्रयास धेरै दिनदेखि ग¥यो । बच्चाले भन्न डराएछ । बिरोध गर्दा लोभ लालच देखायो अन्तमा घाँटी थिच्न लागेपछि बच्चाले बिरोध गर्न सकेन । अन्ततः बलात्कारीले बलात्कार गरेछ । बेलुका बच्चा डराएको, नबोली बसेको देखेर सोद्धा आमालाई डराउँदै भन्यो । घरमा खैलाबैला भयो । पिडकको परिवार सहित भलाद्मीहरूको बैठक बस्यो  । एकपल्टलाई उसको गल्तीलाई माफी दिइयो । अपराध लुकाइयो ।
घटनाका प्रकृति फरक छन् तर घटना घटाउने कि त आफ्नै छन् कि त छिमेकी छन् । 
 हामी ठान्छौं आफ्नो घरभित्र हाम्रा बालबालिका सुरक्षित छन् । कसैले केहि गर्दैन । तर हाम्रा बालबालिका घरभित्रै असुरक्षित छन् । अभिभावकले बुझ्नुपर्ने हुन्छ । घरमा आइरहने मान्छेको बच्चा प्रतिको ब्यावहारलाई नियालेर हेर्नुपर्छ । बच्चीलाई नजिक लगेर काखमा राख्ने उसका अंग सुम्सुम्याउने गर्छन् । जसले गर्दा बच्चीलाई असहज हुन्छ तर उसले यसलाई मायाँ गरेको मात्रै ठान्छे । असहज भयो भने पनि यस्ता कुरा बाआमालाई कसरी भन्नु ? के भन्नु ? फेरी मलाई नै गाली पो गर्ने हो कि ? फेरी आइराख्ने ती मान्छेले के भन्ने हुन् ? यस्ता अनेक तर्कले अभिभावकलाई भन्न सक्दैनन् । घटना नभनेसम्म पिडक आउँछ सधैं झैं आफ्नो प्रबृति दोहो¥याउँछ जान्छ । जुन कारण बालिकालाई अझै बढी पिडा सहनु पर्छ ।
बाबा आमा बच्चाको सबैभन्दा नजिकको अभिभावक हुन् । त्यसैले बच्चासँग साथी जस्तो ब्यवहार गर्नु पर्छ । बच्चा यस्ता गम्भिर बिषयमा झूठ बोल्दैनन् । उनीहरुको कुरा सुनिदिनु पर्छ । कुरा गर्न शुरू गर्दा नै झपार्नु हुँदैन । यदी उनीहरूको पूरै कुरा सुनीदियो भने घटनाको न्यूनिकरण पनि हुन्छ दोषीले अरू अपराध गर्न पनि कम हुन्छ ।
 हामी हाम्रो ईज्जत भन्दै घटना जबसम्म बाहिर ल्याउन सक्दैनौं तबसम्म हाम्रा बालबालिका सुरक्षित हुंदैनन् । घटना लुकाउनु नै अपराधीलाई अवसर दिनु हो । जब अपराधीलाई कानूनी कारवाही हुन्छ तब न अपराधीको मनोबल घट्छ ।
खासगरी गरीव बालबालिकालाई मीठो खानामा लोभ्याएर बालयौन हिंसा बढेको देखिन्छ । यस्ता विकृति फैलाउन विदेशीहरु पनि नेपाल आउने गर्छन् । नेपाल प्रहरीले सडक बालबालिकालाई फकाएर होटलको कोठामा लाने र यौन हिंसा गर्ने विदेशीहरुलाई बेला बेलामा पक्राउ गर्ने गरेको छ । यस्ता अनगिन्ति प्रकरणहरु प्रहरीको फाइलमा छन् । तर ती यौनहिंसा गर्ने विदेशीहरु एकाधलाई केही कारवाही भए पनि अधिकांश छुट्ने गरेका छन् ।
पर्यटकका रुपमा आउने, लागू औषधको कारोवार गर्ने र बालयौन दुराचार फैलाउनेहरुलाई कडा निगरानीमा राखेर प्रहरीले कारवाही गर्नैपर्छ, समाजले पनि शंका लागेका बेलामा प्रहरीलाई खबर गर्नुपर्छ । यो हामी सबैको कर्तव्य हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper