banner
banner

कतारमा १२ सयको मृत्यु

अधिवक्ता गंगा दाहाल -
विगत १० वर्षमा वैदेशिक रोजगारीमा गएका ७ हजार युवा कफिनमा फर्किए । सुखको सपना बोकेर गएकाहरु शव बनेर ल्याइए ।
सरकार यो कहालीलाग्दो तथ्याङ्क हो । अव यस्तो नहोस् ।
युवालाई स्वदेशमा केही गर्ने अवसर नपाएर रोजगारीका लागि विदेश नै जानुपर्ने बाध्यताबाट मुक्ति दिनका लागि विशेष कार्ययोजना ल्याउनुपर्छ । नेकपाको सरकारका सामु यो चुनौती र अवसर दुबै छ । यो यति संवेदनशील विषय हो कि लोकप्रिय सरकारले यता ध्यान दिनैपर्छ । समयले पर्खदैन ।
नेकपाको सरकारले समृद्ध  नेपाल सुखी नेपालीको नारा दिएको छ । देश समृद्ध पार्ने युवाशक्तिले हो । सुखी नेपाली हुनका लागि हरेक परिवारका सदस्यले नेपालमै केही गर्न र परिवार पाल्ने व्यवस्था हुनुपर्छ ।
दैनिक २ हजारका दरले युवाहरु विदेश गइरहेका छन् । बत्तीमा पुतली होमिएझैं वास्तवमा मृत्यसँग जीवनको उज्यालो खोज्न गइरहेका हुन् युवा । सक्ने सम्पन्न मुलुक जालान्, नसक्ने, उही मलेसिया, खाडी । जहाँ श्रमको शोषण हुन्छ, श्रमिकलाई दासको रुपमा व्यवहार गरिन्छ । हामी स्वतन्त्र मुलुकका नागरिक भनेर गौरव गर्छौ, त्यो गौरव खाडीमा नष्ट भइरहेछ ।
राम्रो काम पाइयोस्, मालिक असल परोस्, बेलामा ज्याला मिलोस्, घरपरिवारलाइ पठाउन पाइयोस्, यसरी परिवारको कामना बोकेर उडेको युवा यतिबेला खाडीदेखि विभिन्न देशमा अस्तव्यस्त छन् । कंगोमा दिदीबहिनी क्याब्रे नाच्न बाध्य छन् । कतिको छाला बेचिएका छन् । कति जेलमा छन्, कति अनेक झण्झट बेहोरिरहेका छन् । कति त मृत्युदण्ड कुरिरहेका छन् ।
सरकार, यो त अति भयो । देश निर्माण गर्ने शक्तिको दुरुपयोग भयो ।
वैदेशिक रोजगारीमा गएकाहरु उतै मर्दा तिनको शव ल्याउनु, तिनका परिवारलाई आर्थिक सहयोग गरेर सरकारको जिम्मेवारी पूरा हुन्न । तिनले पाउने भनेको क्षतिपूर्ति जाँदा तिनले बुझाएकै रकम हो । क्षतिपूर्तिलाई प्रगति देखाउनु दुर्भाग्य हो । हरेक वर्ष तैयार हुने ५ लाख युवालाई देशमै खपत कसरी गर्न सकिन्छ, वैदेशिक रोजगारीमा जाने संख्या कसरी घटाउँदै लैजाने, यस विषयमा सरकारले गम्भीरतापूर्वक सोच्न अवेर भइसकेको छ । देशको अर्थतन्त्र रेमिटान्सबाट विकास हुनसम्भव छैन । विकासलागि निर्यातजन्य वस्तु उत्पादन गर्नैपर्छ, आत्मनिर्भरतातिर लाग्नैपर्छ । उद्यमको विकास गर्नैपर्छ ।
विश्व बैंकले केही वर्ष अघि नै रिपोर्ट दिएको थियो– केहीवर्षपछि नेपाल बुढाबुढी र बालबालिको मुलुक हुनेछ । विश्व बैंकले नै अर्को रिपोर्ट दियो– सन २०२२ मा विश्वकम हुने कतारमा काम गर्न गएका लाखौं नेपाली युवाहरुमा १२ सयको मृत्य भइसकेको छ । विश्व बैंकले नै भन्यो– कतारमा काम गर्ने नेपाली युवाहरुलाई दासको व्यवहार गरिन्छ । सरकारले पढेको छ, सुनेको छ, तैपनि सरकार बोल्दैन, यो त आश्चर्य हो सरकार । यो खबर देखेर बेलायतका फुटबल टिम लिभरपुलले आश्चर्य प्रकट गर्दै छानबिनको माँग ग¥यो । नेपाल सरकार कहाँ छ ? देश निर्माण गर्ने युवाहरुको संरक्षण गर्नुपर्छ सरकार ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper