banner

कता आयो परिवर्तन सरकार ?

लक्ष्मण चौलागाईं–
सपना यसरी देखेका थियौं– मुलुकमा लोकतन्त्र आएको छ । गणतन्त्र आएको छ । मुलुक समाजवादको दिशातिर अग्रसर हुदैछ । नेपाली जनताको सुदिन आउँदैछ । सार्वभौम राष्ट्र नेपालका जनता समृद्ध हुदैछन् । शिक्षा, स्वास्थ्य, रोजगार निःशुल्क उपचार अभावमा कोही मर्नुपर्ने छैन । पुलपुलेसाहरु बन्नेछन । बाटोघाटो जताततै ससाना बजारहरु खुल्न थाल्नेछन् । उजाड बस्ती रंगीन हुन थाल्नेछ । प्रकृतिहरु मुस्कुराउन थाल्नेछन् । विश्वभरिका पर्यटक त्यहाँका सुन्दर प्रकृति चुम्न आउनेछन् । जंगल भैसकेको गाउँ पुनस् वस्तीमा रुपान्तरण हुनेछ । खेतीपाती योग्य जमीनहरु हराभरा हुनेछन् । परनिर्भरता घट्न थाल्नेछ । हामीले उब्जाएका हर खाद्यान्नहरु विश्वका महंगा बजारमा खपत हुन थाल्नेछन् । हामी हाम्रै मुलुकमा बसेर पाउन्ड, युरो र डलर कमाउने छौं ।
आहा कति सुन्दर नेपाल । तर आज देशको स्थिति कहालीलाग्दो पो भयो ।
सर्वहाराले मानवोचित सुविधा पाउनेछन्, गरीवीको सिकार कोही हुने छैन । जनता मालिक हुनेछन् । केही पनि त हुनसकेन ।
उडायो सपना सबै हुरीले...।
जनयुद्धका योद्धाहरुको विश्वास थियो कि गणतन्त्र आएपछि बुर्जुवा शिक्षा स्वतः अन्त्य भै जनवादी शिक्षाको सुरुवात हुनेछ । गणतन्त्र हामी माओवादीलाई मात्रै नभै हाम्रा मामा कांग्रेसी, हाम्रा दाइ एमाले, हाम्रा भाई जनमोर्चा, हाम्रा ठुल्दाई राप्रपा र हाम्रा मीत दाइ माओवादी सबैलाई समान आउनेछ भनेर ।
बाबुआमाको अन्तिम अवस्थालाई समेत हेर्न नपाई योद्धाका बाबुआमाको मृत्यु भएको खबर मात्रै सुन्ने बेलामा आफ्नो जीवन र मृत्युलाई हत्केलामा बोकेर हिडिरहेको त्यो भूतकाल बनेको जनयुद्धले आज पनि सम्झाइरहन्छ ।
अनि लेख्न मनलाग्छ सहिदका मर्महरु, जनताका अपेक्षाहरु, मुलुकले मागेको सक्कली राज्यव्यवस्था खै ? गणतन्त्र सारा नेपालीहरुको लागि बरोबर आउनुपर्ने यहाँ नेतालाई छुट्टै गणतन्त्र, दललाई अलग्गै गणतन्त्र, विपक्षीहरुलाई भिन्नै गणतन्त्र, यो इन्द्रेणी गणतन्त्रका सात रंगहरुले जनतालाई भिन्न मुहारले हेर्यो । गणतन्त्र सत्तासीनको मात्रै भयो, सरकार कुनै दलको मात्रै भयो र समाज विखन्डनतिर गएको देख्नुप¥यो ।
सीमाको भन्दा दलको चिन्ता र कुर्सीको मोहले बनेको सत्ता र सरकारले कस्तो समाजवाद ल्याउँला ? कस्तो समृद्धी देला ? हामी यही छौं, यही माटोमा छौं जहाँ सहिदका रगतका लाप्साहरु अझै सुकेका छैनन् ।
वास्तवमा मुलुक बनाउने सपना थियो भने पार्टी र सरकार बनाउँदै सहिद भएका ३६ महिनाहरुले दुइतिहाईलाई प्रश्न जरुर सोध्छ । ग्रामीण वस्तीका माँगहरु के के छन् ? विकट र दुर्गम वस्तीहरुले के के भन्ने गर्छन् ? परनिर्भरतामा जकडिएकाहरुको परिवारको वास्तविक स्थिति के छ ? रगतपसिना बेचेर रेमिटेन्स पठाउने झन्डै ८० लाख युवायुवतीहरुको वास्तविक अवस्था के कस्ता छन् त ? नेपाललाई नेपाल बनाउने नागरिकका आवाजहरु के के होलान् ?
उत्तर र दक्षिणको चेपुवामा परेको नेपाल खुम्चिदै गरेका खबरले सिंहदरबारको झन्डा जनजनको हातहातमा हुनुपथ्र्यो, दलहरु तातिनुपथ्र्यो, झण्डा उठाउने हातहरु उठ्नुपथ्र्यो । सरकार व्यूँझेर यो अतिक्रमणकारी युद्धको मुकाविला गर्नुपथ्र्यो । सरकार छ, कहाँ छ ?
आम नेपालीहरुलाई अपिल गर्नुपर्थ्यो मुलुकमा संकटकाल लाग्यो । घेरावन्दीको वैदेशिक राजनितिक हस्तक्षेपले उखेलिएका सीमा गाड्नुपथ्र्यो, भारतको नक्सा झूठो हो भन्नुपथ्र्यो ।
कलमहरु चलिरहेका छन्, इन्टरनेट मार्फत देशविदेशमा रहेका नेपालीहरुले खबरदारी गरिरहदा पहिलो विद्रोह शान्तिपूर्ण आन्दोलनबाट सिमा व्यवस्थापन गर्नु नै थियो, निदाएको बहाना गरेको सरकार आँखा चिम्लिरहेको छ ।
हामीले हाम्रा मिचिएका सिमामा बल प्रयोग गर्न जाने नै हैन । वैधता खोज्ने हो  । समाधानको शिघ्र उपाय खोज्ने हो  । मित्र र राष्ट्रसंघ गुहार्ने हो ।
सीमाका जंगे पिलर हाम्रा मुटु हुन् ।  मुटु हल्लाउनेलाई हल्लाउन सक्नुपथ्र्यो । अस्तित्व मेट्न खोज्नेहरुलाई सबक सिकाउने अक्किल आउनुपथ्र्यो । आइलाग्ने माथि जाईलाग्ने पूर्खाको विशेषताको प्रयोग गरेको देखिएन । यतिबेला अन्तर्र्रािष्ट्रय चासो पनि उतिकै बढेको बेला भारतीय विस्तारवादको हेपाहापनको उजागरको निम्ति उपयुक्त घडी पनि हो यो । तर यो मुद्दाको व्यवस्थापन गर्न सरकार चुक्यो ।
देशको अस्मिता लुटिइरहेको छ ।
प्राइभेट कम्पनी एनसेलले सरकारलाई समेत पेलिरहेको छ । भारत त ठूलै शक्ति हो । यस्तो कमजोर सरकारका कारण देशको सार्वभौमिकता खतरामा पर्दै गएको छ । गणतन्त्र ल्याउनेहरुलाई कैदी बनाउदैछ राज्य  माफिया लोकतान्त्रिक गणतन्त्रमा रमाइरहेछ । अनि मुलुकमा निषेधको राजनीतिले निर्दोषहरुलाई लुटिरहेको छ ।
हामी पौने चार करोडको हाराहारीमा रहेका प्रत्येक नेपालीहरुले राज्यलाई महिनामा प्रतिब्यक्ती ५ हजार कर तिर्ने र रोजगार नेपालमा नै सबैले पाउने जमर्को गरे र सत्ता र सरकार पेशामुखी नभै देश सेवातिर समर्पित बने हाम्रो भूमिमा आएर कोहि कसैले स्तम्भ सार्ने दुस्साहस गर्दैन थिए ? युवाजति निकासी गरेर रेमिटान्स गन्ने र रेमिट्यान्स अर्थतन्त्रमा भ्रष्टाचारमात्र हुँदा नेपालको दुर्गति भइरहेको हो ।
नेताहरु जनतालाई सपना बाँडिरहेका छन् । स्मार्ट सिटी, मेट्रो सिटि दिने घोषणापत्र र कालिकोटलाई विर्सिने सिंहदरबारहरुले च्यात्तिएको मुलुकमा खै नवीन के नै खुसी देला र ? नेपालीका लागि भ्रम नै समृद्धि बन्नपुगेको छ, नेताहरुका लागि भ्रष्टाचार नै नयाँ नेपाल भइरहेको छ ।
अन्त्यमा, भन्नु मनलाग्यो सांसद चुन्ने जनताले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री चुन्नुपर्यो । मुलुकको निम्ति डटेर काम गर्नेलाई चयन गरिनुपर्यो , कुर्सीमोहका सेवासुविधामुखी राजनीतिक विरासतलाई लोकतान्त्रिक गणतन्त्रको राज्यले च्यातिदिनुपर्यो  । यसरी च्यात्नुपर्यो सेवासुविधा जो जनताको हैसियत र मुलुकको पहुँच भन्दा महंगो भो अनि  नातावाद, पैसावाद, चाकरीवाजको अस्वस्थ जन्म भएको  राजनीतिलाई स्वस्थ बनाउन युवाले आवाज बुलन्द गर्नुपर्यो । सच्चा लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनसेवा समर्पित बनाउन कोहि पनि मन्त्री, प्रधानमन्त्री, जनप्रतिनिधि एवम् सांसदहरुले राज्यको सेवा सुविधा नलिने बरु मुलुकको लागि केही दिने सोचहरुको प्रारुप यो राज्यव्यवस्थाले गर्यो भने मुलुकभित्र असंख्य सम्भावनाहरु लुकेर बसेका भेटिन्छन् ।  हाम्रो अमूल्य पहिचानहरुले नेपाली गरिमालाई मजबुत बनाउँदै देश र जनतालाई विश्वसनीय सरकारको अनुभुति गराउन मुलुकले जनताका नेताको माँग गरिरहेको छ । जसले आफू त्याग र बलिदानी भएर देश र सिमालाई जोगाओस् र नेपाली जनताले आफ्नै भूमिमा प्राप्त भएको परिवर्तनको बरोबर उपभोग गर्न पाउन । त्यसपछि मात्रै हामी र हाम्रो बदलिएको व्यवस्थाले विश्व सामु आफ्नो पहिचान स्थापित हुन लागेको महशुस गर्न  थाल्नेछ । चाहिएको परिवर्तन यही हो ।
तरपरिवर्तनका वाहक बनेका अगुवाहरु आफै खाउँ र आफै लाउँ, आफै शक्तिमा बसिरहुँ, आफू सत्तामा भए परिवर्तन भनेको यही हो भन्न थालेपछि आजकल लाज लागिरहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper