banner
banner

स्वाभिमानले बाँच्छ मुलुक

शशी श्रेष्ठ– 
आफ्नो इज्जत कसलाई प्यारो हुँदैन । आफ्नो परिवारको पहिचानले कसलाई गौरवान्वित तुल्याउँदैन । यहाँ त कुरा देशको छ । देशको बेइज्जती सहन को सक्छ र ?
युवाहरुको बारेमा बोल्न सजिलो छ । मेरा आफ्नै दुई सन्तानले पनि उनीहरुको देश प्रतिको विचारद्वारा अहिलेका युवाहरुको मनोविज्ञानलाई केही हदसम्म बुझाउँछ । हामी सबैको लक्ष्य एउटै हुन्छ– नाम र दाम कमाउने भँुडीवादलाई आफ्नो प्राथमिकता बनाउने फरक यति छ की आफ्नो लक्ष्यसम्म पुग्नलाई बाटो कुन अपनाउने ।
नेपाल–कृषिप्रधान देश जहाँका किसानहरु आफ्नो उत्पादन फाल्न मजबुर छन् । अन्नबालीको सही मूल्याङ्कन हुन नसकेर पुर्परोमा हात राख्न विवस छन् । 
जुम्लामा फलेका स्याउ उतै गाईवस्तुले खोले खान्छन् । शहरसम्म आईपुग्दैनन्, गुल्मीका कफी खै कता पुग्छन्, यहाँ त इन्डियन र अरबी मात्र पाईन्छन् । देशवासी र सक्षम छन् । तर खै देश नै कता कता चुकिरहेछ । गरेर खान्छु नी आफ्नो देशमा भन्दा पनि अवस्था यतिसम्म जटिल छ की त्यो मान्छेलाई उभो लाग्ने वातावरण नै छैन । कच्चा पदार्थ उत्पादन नेपालमा नै हुन्छ  तर त्यसलाई निर्यात गरिन्छ । सस्तो मूल्यमा अनि फेरि तिनै कच्चा पदार्थबाट बनेका वस्तुको आयात हुन्छ दोब्बर तेब्बर मूल्यमा । यसरी त हाम्रो आर्थिक अवस्था जिरोबाट माईनसमा झर्छ ।
विकट ठाउाबाट शहरतिर ल्याइएका जडिबुटी शहर आउन नपाई बिच बाटोमै कुन खोलाले बगाउँछ, कसैलाई पत्तो हुँदैन । तुईनको भरमा सामान ओसारपसार गरेर जीविकोपार्जन गर्न कति कठिन छ भन्ने कुरा १० मिनेटको दुरिमा पुगिने ठाउँ प्लेन चढेर जानेलाई के थाहा ? देशमा आफ्नो भविष्य नदेखेपछि युवाहरु विदेश पलायन हुन्छन् । देशको इज्जत त त्यतिबेला गुम्छ । देशका कर्णधारहरु नै देश छाडेर गएपछि हाम्रो इमान, स्वाभिमान त्यही खाडीको बालुवामा मिसिन्छ । काठको बाकसमा जब हाम्रा पौरखी हात फर्किन्छन् तब देशले आफ्नो इज्जतको दाहसंस्कार गर्छ । 
अब कुरा ग¥यौं Visit Nepal 2020  को सरकारले नेपाल भ्रमण वर्ष २०२०  त घोषणा गरियो, तर खै त ? सो अनुसारको विकास, बन्दोबस्त, सुरक्षा पूर्वाधार ?
आकासे पुलमा ब्यानर लगाउँदैमा बस, ट्याक्सी र माइक्रोमा Visit Nepal 2020 कोsticker  टाँस्दैमा के नेपाल घुम्नका लागि लायक देश बन्छ र ? अतिथि देवो भवः भनेर हात जोड्दैमा नेपाली पन झल्किन्छ र ? जब राती राती मौका छोपेर पर्यटकहरुलाई लुटिन्छ तब देशले आफ्नो मूल्य केही डलरमा सिमित गर्छ । घुम्न भनेर आएका पर्यटक त्रिशुलीमा क्लिन हुन्छन्, तब देश गैर जिम्मेवार ठहरिन्छ । 
कति भन्नु यो बुद्ध भूमि हो भनेर जब चोक चोकमा यहाँ मान्छेको बलि चढाईन्छ । कति गर्व गर्नु सगरमाथा र एकसिङ्गे, गैडाको जब सगरमाथामा बोराका बोरा फोहोर भेटिन्छन् । अनि एकसिङ्गे, गैडा सिङ्ग बिना बेहोस् लडिरहेको पाइन्छ । विकासका पूर्वाधार खै कता हराए ? त्यत्रो बैदेशिक अनुदान कतिवटा बैंक खातामा बाँडिए ? कति योजना पूरा भए ? मेलम्चीको पानी कहाँसम्म आइपुग्यो ? यी सबैको मूल्याङ्कन खै ?
सार्क समिटका बेला बनाएका बाटोहरुको सात पटक पूर्नजन्म भई सक्दा पनि ती बाटाले ज्यानको सुरक्षा कुनै पनि सवारी चालक वा यात्रीहरुलाई दिनसकेका छैनन् । बाटोमा हिड्दा हिड्दै बिजुलीको पोलबाट लत्रेको तारले छोएर करेन्ट लागेको ती दिदीले पनि एक्काइस घण्टा लोडसेडिङ्ग हुने देशबाट लोडसेडिङ्ग मक्त देशहुँदा कुलमान घिसिङलाई शुभआशिष दिएकै थिईन पक्कै पनि । जाजरकोटमा सिटामोल नपाएर मरेको त्यो बच्चाको खबर हाम्रा नेताका कानमा पुग्छ की पुग्दैन होला ? माइतीघर मण्डलाको त्यो ठूलो झण्डाले पनि दिनैपिच्छे आफैलाई कति धिक्कार्दो हो । संविधानले सभाहलका भित्ताहरु प्नि त्यस सभामा छलफल भएका कुरा सुनेर कति हाँस्दा हुन्, कति चिच्याउँदा हुन्, कति कान थुनेर दिक्क भएर बस्दा हुन् ।
दरबार हत्याकाण्ड हुँदा अलिकति बाङ्गिएको त्यो राजपरिवारको फोटो फ्रेमले पनि कति आँसु झार्दो हो ।
त्यो सिमानाको ढुङ्गा र जङ्गे पिलरले पनि शायद दुई तिनवटा भाषामा डिग्री गरिसके होला ? ती सिमानाका खोलाको माछा बिच झगडा हुन्छ कि हुँदैन होला ? हरबखत बलिरहने लम्बिनीको शान्ति दिपलाई पनि कहिलेकाँही बिरक्त लागेर निभ्न मन लाग्छ की लाग्दैन होला ?
दुईचारवटा सामान्य ज्ञानका किताब खाएर सरकारी जागिरे भयो हैं छोरो भन्दै आफन्तलाई मिठाई खुवाउने ती बुबा आमालाई अघिपछि छोराले पीको र ब्याग बोकी अघिपछि गरेको टि.भी. मा देख्दा कस्तोलाग्दो हो ?
अहिले  नगरे कहिले ?
I love Nepal आदि लेखेका T-shirt  लगाउने ऐले प्राय अष्टे«लिया र अमेरिकामा भेटिन्छन् । देशको माया हुनेहरुमा एउटा धोतीमात्र लगाएर पनि देशको लागि लड्छन् । त्यस्ता व्यक्तित्वको उदाहरण दिन शायद अहिले उचित नहोला तर सबैलाई यसबारे चेतना होस्, यही कामना गर्छु ।
म यहाँ उर्लिएर भोलि मेरो देशले काँचुली फेर्छ भन्नु मेरो मूर्खता हुनेछ । जननी जन्म भूमिश्च स्वर्गदपि गरियसी भन्ने श्लोक त सानो स्कूल पढ्ने नानीहरुलाई पनि थाहा हुन्छ । तर स्वाभिमान त्यसले जोगाउँछ जसले हिम्मत गर्छ । हामी हाम्रो स्थानबाट एक जुट भएर लागि प¥यौं भने पक्कै पनि केही राम्रो नै हुनेछ ।
भाषण गरेको भरमा म मेरो देशलाई स्वीजरल्याण्ड बनाउँछु भन्नु र हामी सबैं थप्पडी बजाएर यस्ताका पछि पछि लाग्ने हो भने देशमा विकास सम्भव छैन । हामी अझै स्वीजरल्याण्डको सपना देखिरहेका छौं भने यो एउटा ठूलो र खतरनाक भ्रम मात्र सावित हुनेछ ।
देश प्रेमको भावनाले ओतप्रोत भएको गीत बजाएर हिड्दैमा देश स्वाभिमान बन्दैन । यहाँका हामी सम्पूर्ण नेपाली स्वावलम्वी हुनुपर्छ । विदेशी नोटमा बिकेर देशलाई धोका हुने काम गर्नु भनेको देशद्रोही हुनु बराबर हो ।
हाम्रो देश धनि पक्कै छ तर देश सञ्चालकहरु स्वाभिमानी छैनन् । सबैजना आफ्ना स्थाानबाट लागि प¥यो भने कसैको अगाडि झुक्नु पर्दैन । कसैले हामीलाई दबाउन सक्ने छैन । 
स्वाभिमानी बनौं । सक्षम बनौं ।
नेपालीपनलाई जीवित राखौं । जात, धर्म संस्कृति यी सबलाई छोडेर हामी एक ढिक्को नेपाली भएर बाँचौं । मात्र स्वाभिमानी नेपाली भएर बाँचौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper