banner
banner

मन, जीवन सफा राखौं

देवी काफ्ले -
WHO- world health organization का अनुसार बिश्वमा जतिपनि मान्छे मर्छन् त्यसमध्ये एक तिहाई मानिस वायु प्रदुषणका कारण मर्छन् । बायु प्रदुषणबाट हुने मुख्य रोग क्यान्स, घाँटी सम्बन्धी Stroke (अक्सिजनको कमिले दिमागका सेल मर्ने) मुख्य हुन् । बायु प्रदुषण नेपालमा उच्च तहमा छ ।
जनचेतनाका लागि मिडियाहरूले अहं भूमिका निर्वाह गरेका छन् । तर मान्छे यस्ता समाचार सुन्न, हेर्न र पढ्न चाहान्नन् । चेतना नभयर भन्दा बढी चेतनशिल भयर होला मानिस आफ्नै कारण प्रदुषण बढाएर मृत्यु निम्त्याईरहेका छन् । काठमाण्डौ लगायत चितवन र तराईका केहि अब्यवस्थित शहरहरूमा प्रदुषणले भयावह रूप लिंदै छ ।
वायु प्रदुषण एउटा मौन हत्यारा हो । जसले मानिसको शरिरमा प्रवेश गर्छ र बिस्तारै बिष फैलाउंदै जान्छ । यो धुम्रपान भन्दा पनि बढी खतरा हुन्छ ।
काठमाण्डौ उपत्यका जसलाई मन्दिरको शहरमा हामी चिन्थ्यौं आज प्रदुषणको शहर भनेर चिनीन थालेको छ । यसलाई प्रदुषण मुक्त बनाउन बिभिन्न संघसंस्था, स्कूल कलेज आदीले सरसफाई अभियान चलाईरहेका छन् । तर पनि नागरीकहरूको लापरवाहीका कारण शहर सफा हुन सकेको छैन ।
प्रदुषण बढ्ने मुख्य कारण हामी आफै हौं । जति सुबिधाभोगी भयो उति प्रदुषण बढ्छ भन्ने चेतना हुँदाहुँदै पनि हामी आफ्नो बानी सुधार्न सकेका छैनौं ।
बातावरण प्रदुषित गर्ने प्रमुख स्रोत भनेका काठमांडौका लागि त सबैभन्दा धेरै पुराना सवारी साधन हुन् । धुवाँ फ्याँक्ने जीर्ण भयका सवारी साधन घटाउन नसक्नुले प्रदूषण दिनहु बढिरहेको छ । अर्कोतर्फ भयका बोटविरूवा मास्नु प्रदूषणलाई निमन्त्रणा हो । सडक चौडा गराउन बाटो वरपर गरिएका निर्माणका काम अर्को कारण हो । जथाभावी प्लाष्टिक प्रयोग गर्ने र तिनै प्लाष्टिक जलाएर वायु प्रदूषण गराउने अर्को उपाय हो । जथाभाबीका कलकारखाना, ईट्टाभट्ठा, खुला ढलहरू, यातायातका साधनहरूको बढ्दो चाप पनि वायु प्रदूषणको प्रमुख कारण हो । हाम्रो घरबाट निस्केका फोहोर पनि प्रदूषणको कारण हो । यसैगरी कृषि खेतीमा प्रयोग गरीने बिषादीहरूको पनि कम भूमिका छैन । खनिज पदार्थ निकाल्दा खनिएका ठाउंबाट निस्कने धूलो र केमिकलका कारण पनि वायु प्रदूषणको कारण हो । त्यहष्अ अजझष्अबकि ले पनि वायु प्रदूषण गर्दछ  । यी कारक तत्वहरूलाई हामीले नजर अन्दाज गरिरहेका छौं ।
हामी नेपाली धेरै सुबिधा भोगी भैरहेका छौं । जसका कारण आज हाम्रो वरपरको वातावरण बिषको रूपमा रूपान्तरण गरीरहेका छौं । प्रदूषण रहित बातावरण बनाउन अरू कसैको आशा गर्नु पर्दैन हामी आंफै सक्छौं । सधैं सरकारको मात्रै मात्रै मुख ताक्ने बानी हैन कि त्यो बानी नै हामीले सुधार गर्न सक्यौं भने प्रदूषण रोक्न सकिन्छ, उपाय छन् ।
सबैभन्दा पहिले जीर्ण भएका सवारी साधन हटाउनु पर्छ । त्यसले केही मात्रामा प्रदूषण कम गर्छ । हामी निजी गाडी प्रयोग गर्छौं । त्यसलाई आवश्यकता बाहेक सार्वजनिक गाडीमा यात्रा गर्ने गर्यौं भने गाडीको चाप सडकमा कम हुन्छ । सडकमा बिद्युतीय साधन गुडाउनु पनि समाधानको प्रमुख उपाय हो । सडक निर्माण तथा मर्मत निश्चित समयमा टुंग्याउने । एक घर एक बिरूवा हुर्काउन अनिवार्य गर्ने यसले अक्सिजनको मात्रा बढाउन मद्दत गर्छ । निर्माणका सामानहरू जथाभावी नराख्ने, घरको ढल खोलामा नमिसाउने, प्रयोग गरिएका प्लाष्टिकहरू जथाभावी नफाल्ने र नजलाउने गर्नुपर्छ । हाम्रो घरबाट निस्कने फोहोरलाई आफै ब्यवस्थित गर्न सक्छौं । घरमा निस्केको कुहिने फोहोरलाई र नकुहिने फोहोरलाई छुट्याएर कुहिने फोहोरलाई मल बनाउन सकिन्छ तर हामी गर्दैैनौं । हामी ९० लाखको गाडीमा चढेर हिंड्छौं तर चाउचाउको खोष्टा गाडीबाट बाहिर फ्याँक्छौं । आफ्नो घरभित्रको फोहोर बढारेर बाहिर फाल्छौं । त्यसलाई ब्यवस्थित गर्दैनौं । हाम्रा सानातिना कमजोरी र लापरवाहीले हामी हाम्रो आयु घटाउंदै छौं । अझै पनि हामी वायुप्रदूषणको बिषयमा सजग भएनौं भने अबको केही बर्षपछी हामीकहाँ  अक्सिजनको कमी हुनेछ ।
काठमाण्डौ धूलोमाण्डौ हुनेछ । यहाँको जीवन अत्यन्त कष्टकर हुनेछ । सधैं कुनै संस्था आएर सफा गरोस् भन्ने चाहना राखेर बस्ने हामी दिनहुँ मर्नेछौं त्यो पनि आफ्नै कारणले । बेलैमा होसियार बनौं । पछि पछुताउनु भन्दा आजैबाट सचेत बनौं ।
स्वास्थ्य नै धन हो भनेर सबैलाई सिकाउने, हामी अति शिक्षित र सभ्य हौं भन्ने घमण्ड पालेका शहरियाहरू गुदी खान्छौं बोक्रा बाटोमा फ्याँक्छौं अनि भन्छौं कति फोहोर बाटोघाटो । जथाभाबी फालिएको फोहोरले हाम्रो वातावरण कति दुषित पार्छ भन्ने जानकारी हुँदाहुँदै पनि हामी किन ध्यान दिंदैनौं ? जथाभाबी फोहोर फालेर हामी सभ्य ठहरिन्छौं ? कमसेकम आफूबाट निकालिएको फोहोरलाई त ब्यबस्थित गरौं ।
हामी आफ्नो आयु बढाउनेतिर लाग्ने कि क्यान्सर जस्तो भयावह रोगलाई निम्त्याउने?बढ्दो अब्यबस्थित शहरीकरण र अस्वभाविक मानविय चाप थेग्न कमजोर भैसकेको छ आज काठमाण्डौ । हरेक क्षेत्रको गन्तब्य हो काठमांडौ, कला र संस्कृतिको परिचय हो काठमाण्डौ, देवताहरूको बासस्थान हो काठमांडौ, पर्यटकहरूको गन्तब्य हो काठमाण्डौ तर काठमांडौलाई प्रदूषित बनाउने हामी सभ्य नागरिकको कर्तब्य यसलाई प्रदूषण रहित बनाउने कि अझ दूषित बनाउने ?
एकातिर बिभिन्न संघ संस्थाले कार्यक्रम गरेर सरसफाई गर्दै हिंड्छन् अर्काथरी सभ्य नागरिक त्यहि फोहोर फाल्दै हिंड्छन् । बिडम्वना हामीले राम्रो कामको अनुशरण गर्न लाज मान्नाले हामी आफै असभ्य भइरहेछौं ।
अब पनि नचेते कहिले चेत्ने हो ?यस्तै गतिले प्रदूषण बढ्न दिने हो भने भोली रोगहरूको भण्डारण हुनेछ काठमाण्डौ । अब त सभ्य बनौं । होसियार बनौं । घर आँगन, कोठा चोटा मात्रै होइन बाटोघाटो, सार्वजनिक स्थल सफा र हराभरा बनाऔं । वातावरणको संरक्षण गरौं । मन, जीवन सफा राखौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper