banner
banner

लैंगिक हिंसाविरुद्ध १६ दिने कार्यक्रम

देवी काफ्ले -
एक संस्थाका अनुसार २०७५ श्रावण देखि २०७६ असारसम्म यानी एक बर्षमा जम्मा १३१९ जना महिलामाथि भयको हिंसाको अभिलेखन भएको छ ।जसमध्ये ८८० जना महिला घरेलु हिंसा पिडित, १५८ जना महिला सामाजिक र १४३ जना महिला तथा बालिका बलात्कार पिडित भएको जनाएको छ ।
बिश्वब्यापी रूपमा मनाइरहेको लैंगिक हिंसा बिरूद्धको १६ दिने कार्यक्रम कति सफल कति असफल भैरहेको छ ? यसले कति प्रभाव पारेको छ ? महिलाहरू र बालिकाहरू कति सुरक्षित महसुस गर्न सकेका छन् ? कसले दिने जवाफ ?
यसै सोह्रदिने कार्यक्रमकै समयमा भारतको  हैदरावादकी २७ बर्षिया पशु चिकित्सक प्रियंका रेड्डीको बलात्कार पछी निर्ममता पूर्वक गरिएको हत्याले पूरा भारतमा हलचल मच्चियो । जनताको ब्यापक दवाव पछी जब प्रहरी प्रशासनले एक्सन लियो अपराधीहरू पक्राउ परे र घटनाको सत्यतथ्य प्रमाणित गर्न भनी घटना भएकै ठाऊंमा अपराधीलाई लगियो र भाग्न खोज्दा ईन्काउन्टरमा चारै अपराधी मारिए । एकजना अपराधीको अभिभावकले त यदी मेरो छोरोबाट अपराध भएको हो भने उसलाई मृत्युदण्ड दिनु भनेका छन् । अभिभावकले सहन नसक्ने घटना । ।
सन् २०१२ डिसेम्वर १६ मा भारतको नयांदिल्लीमा १२ बर्षिया निर्भयालाई बसमै सामूहिक बलात्कार गरेर सडकमा फालिदिए । ब्यापक जनबिद्रोह पछी अपराधी पक्राऊ परे । सन् २०१८ जुलाई २७ मा कंचनपुरमा १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछी हत्या भयो । प्रहरी प्रशासनको ब्यापक लापरवाही र गैरजिम्मेवारी पूर्ण कदमले गर्दा अपराधीको टुंगो लागेको छैन । जनताले निकै नारा जुलूस गरे । बिरोध कार्यक्रममा सरकार पक्षले गोली चलाउंदा १४ बर्षिय सनी खुनाले ज्यान गुमाउनु पर्यो ।
निर्मला त एउटी प्रतिनिधि पात्र हुन् । यहाँ दिनहुं बालिका बलात्कृत भैरहेका छन् । महिला जबरजस्तीकरणीको शिकार बनेका छन् । आफ्नो जन्मदिने बाबुले नै छोरीको बलात्कार गरेका केश दिनहुं सुनिन्छन् । कारवाही भएको सुनिन्न ।
घरदेखि सार्वजनिक स्थलसम्म महिलाले कुनै न कुनै रूपमा हिंसा बेहोर्नु परीरहेकै छ ।नारी दिवश मनाऊं कि हिंसा बिरोधी कार्यक्रम गरौं तर महिला सुरक्षित र स्वतन्त्र छैनन् । आखिर किन ?
बिवाहित महिला आफ्नै घरमा आफ्नै सासु, नन्द, ससुरा र पतिबाट पिडित हुन्छे । शहरका सभ्रान्त परिवार हुन् या तराईमूलका बासिन्दा हुन्  । दाइजोरूपी लालचले उनीहरूको आत्मा मा मानवता मरेर केहि बस्तुको लालचले घर बनाएको हुन्छ अनि पढाई, खानदान र दाइजोमा अर्काकी छोरीको तौल गरीन्छ र बिबाहको बजारमा छोरी र दाइजोको हिसाबकिताब मिलान गरी लगिन्छ । नयाँ नयां फर्माइस हुन्छ पु¥याउन नसके पछी मट्टितेलमा दन्किनुपर्छ या त झुण्डिनु पर्छ । तर अपराधीलाई कारवाही कि त सुस्त हुन्छ पावरफूल भए सजायं भोग्नु पर्दैन ।
जब बालिका या युवती बलात्कृत हुन्छन् ईज्जतको नेल लगाइदिएर घर, समाजबाटै उसलाई फरक दृष्टिकोणले हेरिन्छ । अपराध सार्वजनिक नगर्न दवाव दिईन्छ । किन की बलात्कृत भैसकेपछी महिला जुठी हुन्छे उसको बिहे गरेर घरजम गर्न सकिदैन । ईज्जत जान्छ  । समाजले स्वीकार्दैन । स्त्री आखिर स्त्री हो त्यसैले घटना दवाउन भरसक कोशिस गरीन्छ । यदी भएन नै भने पुलिस, वकिलहरूबाट लाखौंपल्ट शाब्दिक बलात्कारमा पर्छे । यति हुँदा पनि उसले न्याय पाउंदिन किनकी पुरूषको मर्दानापन र नारीको ईज्जत उसको तिघ्रा बिचमा तोकिएको छ । बलात्कारीको ईज्जत जांदैन यहां ईज्जत त पिडितको जान्छ किनकी महिलालाई हेर्ने दृष्टिकोण नै दोस्रो दर्जाको छ । अपराध गर्ने पुरूषलाई मर्दाना बनाईन्छ समाजमा, प्रहरी प्रशासन या राज्यले कानूनी कारवाहीमा सुस्तता ल्याइदिन्छ अनि अपराधीलाई फेरी अर्को अपराध गर्ने अवसर मिल्छ ।न्याय अति सुस्त भयकोले यो अवस्था आउँछ ।
शायद प्रहरी प्रशासन र न्यायिक ढिला सुस्तीको कारण भारतको प्रियंका काण्डमा पुलिसले वाहवाही ग¥यो । आखिर जनता के चाहन्छन् त सरकार ? न्यायमा ढिलासुस्ती नहोस् । अपराधीलाई तुरून्त पक्राउ गरी कानूनी कारवाही गरीदिए, छिटो छरितो न्यायिक सेवा दिएमा अपराध कम हुन्छ ।
उन्नावको घटनालाई लिएर भारतमा अहिले ठूलो बहस चलेको छ र शायद प्रहरीको ईन्काउन्टर गलत थियो होला  । किनकी न्यायप्रणालीमा नगै सिधै इन्काउन्टर गर्दा मानव अधिकार हनन् भयो भनेर संसद तताइरहेका छन् । तर पिडिताले न्याय छिटो पाइन् अब यस्तो हरकत गर्नेले एक पल्ट अवस्य सोच्ला र घटना कम होला भन्नेमा बिश्वस्त भयर पुलिस टिमलाई फूल बर्षाए । 
मेरो देशमा पनि सयौं प्रियंकाको जन्म भैसकेको छ जसले एसिड प्रहार सहेका छन्, केहि पुरूष नामको जन्तुको यौन प्यास मेटाउन बाध्य भएका छन् ।
सरकार त्यस्तो ईन्काउन्टर गलत हो तर जनता यही चाहन्छ । सरकार जनताले शिघ्र न्याय चाहान्छ ।
(ढाका, बंगलादेश) (पूर्वी बंगलादेशको अदालतले एक इस्लामिक स्कूलका प्रिन्सिपल र १ १५ जनालाई बिहीबार बिहान मृत्युदण्ड सुनाएको छ, जसको विरुद्धमा यौन उत्पीडनको आरोप फिर्ता लिन अस्वीकार गरेको कारण आगो लगाइएको थियो । यस्तै गरी द्रुत न्याय दिने खालको फैसला सुरु हुनुपर्छ ।
अब सोह्रदिने लैंगिक बिभेदका कार्यक्रमहरू कता भै रहेका छन् ? कहां भैरहेका छन् ? यो कार्यक्रमले कति महिला प्रत्यक्ष प्रभावित भय कति हुने वाला छन् जवाफ प्रष्ट छैन । किनकी यी कार्यक्रम कि त फाइवस्टार भित्र बिशिष्ठहरू बसेर गरीन्छ कि त समाजमा केही अग्रसर भएका र अलिकति परिवर्तन चाहनेले सडकमा चिच्च्याएर मनाईएका होलान् । 
कहाँ जाने यसलाई प्रभावकारी बनाउन त्यो त कसैको बहसको बिषय नै बनेको छैन । पर्चा पम्प्लेटमा छापेर चोकमा तम्बु टांगेर बुकलेट बितरण गरेर लैंगिक हिंसा कम हुंदैन । त्यो प्रभावित क्षेत्रमा पुग्नु पर्छ जहाँ बिभिन्न बहानामा महिला हिंसामा परेका छन् । सम्बन्धित निकायको ध्यान जाओस् । लैंगिक बिभेदको अन्त्यका लागि हातेमालो गरौं । सोह्रदिने लैंगिक हिंसा बिरुद्धको कार्यक्रम सफल रहोस् चेतना गाउँसम्म पुगोस् ।
शुभकामना ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper