banner
banner

जानेको केवल जयजयकारमात्र हो त ?

स्वयम्भुनाथ कार्की -
ठूलो जोखिम मोलेर राजा ज्ञानेन्द्रले आङ्खनो हातमा शासन लिए र सबैले बुझ्ने भाषामा भने, तीन बर्षभित्र प्रजातन्त्रलाई लिकमा ल्याएर दलहरुलाई सुम्पन्छु । सोचनशिल सबैलाई थाहा थियो कि यो गर कि मरको अवस्था हो । तर राजावादी अझ कट्टर राजावादीहरुले यसलाई आङ्खनो दिन फर्केको सम्झे । राजा सबै ठाउँमा घुमीघुमी सबैलाई भेटे । सबैले मुलुकमा विसंगती विकृति भएको विधिको शासन हराएको गुनासो गरे । राजाले त्यसवेला पनि केवल टाउको हल्लाएर बुझे बुझे मात्र भनेन । यो हटाउन म एक्लैको बुताबाट संभव छैन । सबैको साथ चाहिन्छ भने, साथको निमित्त सबैलाई याचना गरे । तर यस्तो अवस्थामा पनि राजावादीहरु भने जयजयकार गरेर पद पड्काउने ध्याउन्नमा लागे । यस्तो अवस्थामा उनी असफल हुन स्वभाविक थियो र भए पनि । राजा विरोधी देशी विदेशी तत्वले यो स्थितिको लाभ उठाउन सकेसम्म उठाएर छाडे । जसको परिणाम वर्तमान संकटपूर्ण अवस्था हो । जसको निकास जरुरी देखिदैछ ।
असफल भएपछि उनले दम्भ देखाएनन्, निहँ खोजेनन । आफुलाई जनताको विवेकमा सुम्पे । विदेश गुहारेनन्, गद्धि छोडेपछि पनि नेपाल छोडेनन । भारतले विभिन्न स्थानमा रहेका राजमहलहरु सफा ग¥यो, मर्मत ग¥यो अनि रोजेको दिएर राजालाई राख्न खोज्यो । राजाले नेपाल छोड्न मानेनन्, जनताको विवेकमा अविश्वास गरेनन् । अहिले उक्साहटमा आफु प्रति गरेको व्यवहारमा जनताले पुनर्विचार गर्ने छ भन्ने विश्वास कायम राखे । जनताले पनि राजाको त्यो विश्वास तोडेन । वर्तमानमा आफुले त्यो वेला गरेको व्यवहार अनि त्यसबाट भएको काम अनुचित पो रहेछ कि भन्ने सोच्न थालेको छ नेपाली जनता । त्यसैले अहिले जनता राजाप्रति आकर्षित भएको छ । विस्तारै अवको विकल्पको रुपमा पनि सोच्न थालेको छ । मुलुकमा सकारात्मक वा नकारात्मक जे भनेपनि यत्रा परिवर्तन भैसक्दा पनि राजावादीहरुले जयजयकार गर्न बाहेक केही जानेनन् । अहिले पनि राजा आफु जनताले दिएको भूमिकामा बस्ने वचन लगातार दिईरहेका छन् । त्यसै अनुसार बसेका पनि छन् । मुलुकको अवस्थामा चिन्ता पनि गर्दैछन् । यो चिन्ता अभिनय हो भनेर विरोधीले त भन्न सक्छन् तर त्यो सावित गर्न सक्दैनन् । अहिले जनताले दिएको भूमिका चिन्ता व्यक्त गर्नु मात्र हो भनेर बुझियो भने त्यो अनुचित पनि हैन । उनी प्रकृतिक प्रकोपले आक्रान्त जनतासंग दुख साझा गर्न पुगे । सरकारले निर्वाचन आचार संहिता उलंघनको आरोप लगायो । राजावादीहरुले एक पटक पनि सरकारलाई सोधेनन् राजा कुन स्थानमा उम्मेदवार थिए । उनले कसलाई भोट माँगेका थिए भनेर । राजावादीले जानेको नै जयजयकार गर्न र सरकारलाई तथानाम गाली गर्न । जसले जे जानेको छ, गर्ने त्यही हो र राजावादीहरुले त्यही गरे । 
अहिले राजाले फलाना कुरामा खोइ बोले त भन्ने सोध्ने केही उपबुज्रुक निस्केका छन् । त्यस्तालाई राजाले बोल्ने हैन गर्ने हो । त्यसको निमित्त गद्दी फिर्ता गर भन्न पनि राजावादीहरुको मुख लागेको छैन । यस्तो अवस्थामा यदि राजसंस्था पुनस्र्थापना भैहालेछ भने पनि कसको साथले काम गर्लान ? उ वेलामा त सबै मिलेर गर्नु पर्छ भन्थे भने सबैको साथ नभई कसैले पनि केही गर्न सक्दैन, राजाले पनि सक्दैनन् । तर के केवल जयजयकार गरेकै भरले यो संभव होला त ? यो कुरा कसले सोच्ने ? उसैपनि राजालाई हिन्दु सम्राट भन्ने राजावादीहरुले राजा अन्य मतालम्बीहरुका हैनन् जस्तो छनक दिन थालेका छन । यसैलाई मौका परेर यो शैव भूमी, शाक्त भुमिमा वैष्णव अतिवादीहरुको प्रभाव बढ्दैछ । नेपालको मौलिक संस्कृति, परम्परामाथी ठाडो प्रहार हँदैछ । संष्कारलाई पश्चिमाकरण गरिदैछ ।
यो प्रहारको पछाडी विदेशी धर्मका अनुयायी हुन सक्लान तर सामुन्ने त वैष्णवहरु नै लागेका छन् । नेपाल परापुर्वकालदेखि नै नेपालीहरुको साझा रह्यो । नेपालका राजाहरुमा केवल शाहवंश मात्र हैन किरातवंश देखि नै सबैलाई समान व्यवहार भयो । तर अहिले राजावादीहरुको उफ्राई देख्दा लाग्छ यदि राजसंस्था पुनस्र्थापना भयो भने हिन्दु त्यो पनि वैष्णव बाहेक अरु सबैलाई देशै निकाला पो गरिदिन्छन् कि ? भन राजावादी हो, जानेको केवल जयजयकार मात्र हो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper