banner
banner

राजा र जनता एक हुनुपर्छ

शाश्वत शर्मा -
ठमेलको डान्सबारमा चर्चित राष्ट्रिय गीतमा परिवारसहित नाचेर चर्चामा आएका पूर्वराजा आइतवारदेखि पश्चिम नेपालको भ्रमणमा निस्केका छन् । धार्मिक भ्रमणमा निस्कैकै कारण पूर्वराजा फेरि चर्चामा आएका हुन् 
मंसिर १५ गते भैरहवा विमानस्थलमा ओर्लने बित्तिकै आमनागरिकले भव्य स्वागत गरे । त्यो देख्दा ०४६ सालपछिको नेपाल होइन कि ०४६ साल अघिको नेपालको सम्झना धेरैले गरे । बल्ल राजतन्त्रको महत्व जनताले बुझे ।
पञ्चायतकालमा राजाको जयजयकार गर्न जनतालाई बाध्यता थियो होला, तर यो लोकतन्त्रमा राजाको यतिबिघ्न जयजयकार । लोकतन्त्रको अलोकतान्त्तिक शासनबाट नागरिक कतिसम्म परेशान रहेछन् भन्ने झझल्को हो यो ।
५२ पदका लागि उपनिर्वाचनको रन्को, राजधानीमा सार्क मुलुकका खेलाडी जम्मा भएर खेलकुदको रन्को,नेकपाका ४४५ जना केन्द्रीय सदस्य कम्युनिजम सिक्न चीन जाने समाचारलाई समेत पूर्वराजाको भैरहवा प्रवेशले ओझेलमा पारिदियो । अचम्म, भैरहवामा कांग्रेस, नेकपा, राप्रपा, आमनागरिक सबैले स्वागत गरेको दृश्य राम्रैसँग टीभीमा देख्न सकिन्छ । वास्तवमा यो राजाको होइन, देश संकटमा परेकाले सबै बादभन्दा राजतन्त्र माथि भन्ने सन्देश पनि हो यो । अव लोकतान्त्रिक राजतन्त्रको विकल्प देखिदैन । जनता जागे ।
नेतातन्त्रले सम्झाइदियो– कहाँ राजा भोज, कहाँ गंगु तेली ।
पूर्वराजा पाल्पा, कपिलवस्तु, नवलपरासीलगायतका ठाउँ ठाउँका पीठमा दर्शन गर्न जाने, इच्छुकसँग भेट्ने, कुरा गर्नेसमेत कार्यक्रम रहेको छ । ती सबै जिल्ला जिल्लामा पूर्वराजाको लागि स्वागत समितिहरु बनेका छन् । यता पनि आउनोस् भन्ने निम्तोमाथि निम्तो थपिएका छन् । भेट्न पाउँ भनेर कांग्रेस, कम्युनिष्ट, समाजसेवीहरुले व्यापक बिन्तिपत्र हालेका छन् ।
जनयुद्ध र जनआन्दोलन देशका लागि, जनताका लागि भनेर भ्रम छरिएको प्रष्ट भइसक्यो । परिवर्तनकै कारण देश बिखण्डनको मारमा परेको र भारतले अतिक्रमण बढाएको पनि देखियो । रोक्ने र नेपालको खुशहाली, सुरक्षित भविष्यका लागि वर्तमान नेताहरुले माखो पनि मार्न नसक्ने स्पष्ट भइसक्यो । अव राजाको विकल्प छैन । यहीकारण हो, जनताले पूर्वराजाको जयजयकार गरेको, स्वागत गरेको । अव पूर्वराजाले पनि देशका लागि सोच्नेबेला आयो ।
यो कस्तो सरकार होला, जसले सीमा मिचियो भन्न सक्दैन, वार्ता गरौं भन्दैन । हैसियत थाहा पाएरै होला, भारतका प्रधानमन्त्रीले ओलीको फोनसमेत रिसिव गरेनन् । तैपनि ओली सरकार सीमा बचाउने कुनै उपाय निकाल्नै सक्दैन । नेपालका लागि भारतीय पूर्व राजदूत श्यामशरणले कम्युनिष्टलाई घाटा हुन्छ भनेर तर्साएपछि सत्ताधारी युवाहरुको बिरोध फिका भइसक्यो । विपक्षीको आक्रोस पनि मत्थर भउको छ । यस्तो सरकार, नेकपा कुन खालको राष्ट्रवादी पार्टी हो, जो देशको सीमा पराइले खाइसक्दा पनि फिर्ता ल्याउन पहलसम्म गर्न सक्दैन । जसले सीमा जोगाउँदैन, उसले सार्वभौमिकता कसरी बचाउँछ ?
भ्रष्टाचार संस्थागत भउकै छ, धर्मसंस्कृति मास्न उद्दत छन् । अव देशकै भूभाग छिमेकीले मिचिसक्यो । देशको सुरक्षा गर्न नसक्नेले जनताको सुरक्षा कसरी गर्छ ? आफन्त, पैसावाला र चाकरलाई मात्र मौका दिएका कारण खाँटी कार्यकर्ताहरुसमेत चिढिन थालेका छन् । आफ्नो नालायकी र असक्षमता लुकाउनका लागि अझै यिनीहरु राजाले कालापानी बेचेर खाए, लिपुलेक राजाकै पालामा भारतलाई दिएको जस्ता पलायनवादी प्रचार गर्छन् । राजाले बेचेको हो भने सरकार तिम्रो छ, प्रमाण देखाउ । प्रमाण देखाउन नसक्ने, अकर्मण्य सरकारलाई चोख्याउन झोले बुद्धीजीवीहरु लेख, अन्तरवार्तामार्फत जनताको आँखामा छारो हाल्दैछन् । प्रतिपक्ष िकांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर भारतले नेपाली भूभाग आफ्नो नक्सामा हालेको आरोप लगाइसकेका छन् । होइन भने, सरकारले स्पष्ट पार्नुपर्छ । सकेको छैन । लिपुलेक प्रकरणले तत्कालीन सुरुङ युद्ध गर्ने माओवादी जो नेकपा भएको छ, उसको समेत धोती खुस्किन पुगेको देखिन्छ । एमाले त त्यसै पनि भारतवादी पार्टी न हो ।
यस्तोको भरमा मुलुक छोड्नु भनेको वेवारिसे बनाउनु हो । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper