banner
banner

सम्मोहन तोडिनुपर्छ, जयजयकार हैन काम चाहिन्छ

स्वयम्भुनाथ कार्की -
राजतन्त्रप्रति जुन सम्मोहन बढ्दै गएको छ, अव त्यो सम्मोहन तोडिनु पर्छ, जयजयकार हैन ठोस काम चाहिन्छ, कामले नै एकता जुटाउन र यो बेथितिबाट देश बचाउन सकिन्छ ।
राजाको वैधानिक हैसियत नभएको एक युग भयो । बाह्र बर्ष भन्ने कालखण्ड सानो हैन । उहिले उहिले घोर तपस्या गर्दा पनि त्यो अवधी १२ बर्षको हुन्थ्यो भनिन्छ । नेपालमा राजा पाखा लगाएको समय त्यो भन्दा वेशी भयो । तै पनि स्वघोषित बरिष्ट राजावादीहरु अहिले पनि लाग्छ सम्मोहन मै छन् । उनीहरु राजालाई अभैm गद्धिमै भएको भ्रम दिन सफल भएका छन । पछिल्ला १२ बर्षमा उनीहरुले कहिल्यै पनि राजालाई अव आफुसँग राजमुकुट छैन भन्ने भान पर्न नै दिएका छैनन । यसैले संभवत राजाले पनि आफु अलंकारिक वा सांस्कृतिक राजा कायम नै रहेको सोचेको हुन सक्छ । 
यो सबै कुराले न ती बरिष्ट राजावादीहरुको केही विग्रेको छ न राजा स्वयंको नै । किनभने पूर्व राष्ट्रप्रमुखको रुपमा राज्यले धेरथोर मनितो राखेकै छ । कुनैकुनै वेलामा भने पुर्व राष्ट्रपति भन्दा पनि कम मनितो राखेको हुन सक्छ । रह्यो बरिष्ट राजावादीहरुको कुरो , उनीहरु त पानीमाथिको ओभानो भई नै हाले । ४७ साल देखिका परिवर्तनमा कुन यस्तो सरकार छ वा व्यवस्था छ जसमा उनीहरुले सरकारमा हिस्सेदारी पाएका छैनन ? उनीहरुको निमित्त राजाको कुरा ‘बर्गेनिङ चिप्स’ हो । जति राजाको कुरो पैmलन्छ त्यति सत्तामा हिस्सेदारीको प्रवल संभावना हुन्छ । यो कुरा व्यवहार, घटना, इतिहास आदिले देखाएको छ ।
पर्दछ । चमेरा जस्तो जता पनि ठिक पर्नुपर्ने हुनाले उनीहरुले केही शव्दावलीहरु आविष्कार गरेका छन् । जस्तै राजा र राजसंस्था बरिष्ट राजावादीहरुको दम्भ अर्को पाटो हो । उनीहरुको सोचमा नाम कै कारणले पनि उनीहरुलाई अरुले बरिष्ट राजावादी मानिदिनु, उनीहरु यसलाई दुई अलग कुरा व्याख्या गर्ने गर्दछन । राजालाई व्यक्तिको रुपमा र राजसंस्थालाई संस्थाको रुपमा गर्ने गरेको व्याख्या झलक्क हेर्दा सही जस्तो लाग्छ । तर राजसंस्थाको मुर्त रुप के हुन्छ ? शालिक, फोटो आदि कि गद्धि आरोहण गरेको राजा ? राजसंस्था वेगरको राजा कस्तो हुन्छ वा राजा वेगरको राजसंस्था कस्तो हुन्छ ? राजा भनेको व्यक्ति प्रधान हो भने श्री ५ महेन्द्र पछि श्री ५ वीरेन्द्र कसरी राजा भए ? तर यस्तो भ्रम छर्दा राजाका आस्थावानहरुको बलले गणतन्त्रको शासनमा हिस्सेदारी पाईन्छ । 
अर्को भ्रम हो संवैधानिक राजासंस्था । यो भने उनिहरु बृहत अर्थमा प्रयोग गर्ने गर्दछन । यसमा संसदले चुन्ने राजा देखि राणाहरुले खोपीमा थुनेर राखेका राजासम्म यस परिभाषामा पर्दछन् । सिधा कुरा हो कुनै कुरा संवैधानिक हुन त्यसलाई स्रविधानले दायरा तोकेको हुनु पर्दछ । नेपालको प्रथम लागु संविधान अन्तरिम शासन विधानदेखि अन्तरिम संविधान २०६३को गणतन्त्र कार्यन्वयन पछिको सशोधन भन्दा पहिलासम्म कुन संविधानमा राजा वा राजसंस्थाको दायरा दिन छुटेको छ ? कुनैमा छुटेको छैन त्यसैले संवैधानिक भनेको के हो शव्दाजाल बाहेक ? आफुले खोलेको पार्टीमा राजसंस्थाको कुरा सिधा राख्न तीनपाथी छेर्छन । अझ जनताले उनीहरुलाई बरिष्ट राजावादी मानिदिनु पर्ने भन्ने कुरा दुराग्रह हो ।
त्यसैले अव सवैले बुभ्mनु नै पर्छ वर्तमानमा राजालाई गर्ने संवोधन पुर्व राजा नै हो । यदि यसमा आपत्ति भए राजालाई बहालवाला बनाउन मेहेनत गर्नु पर्छ । त्यसै पूर्व भन्नेहरुलाई झम्टेर बाँदरे भक्ति देखाउनुको अर्थ छैन । उसै पनि पुर्व राजा भन्नाले वर्तमानको वास्तविक स्थिति प्रष्ट हुन्छ र काम गर्न बाँकी रहेछ भन्ने कुरा सम्झाई राख्छ । अब प्रत्येक राजाप्रति आस्थावानले आफुले पनि बुभ्mनु पर्दछ कि अव राजाको वैधानिक अवस्था छैन । यो कुरा राजालाई पनि निरन्तर वोध गराउनु पर्दछ । उनको पालामा शाहवंश इतिहासको पानामा सिमित भएको कुरो राजाले पनि बुभ्mनु पर्दछ । यो सम्मोहन अब तोडिनै पर्दछ कि कुनै ठोस काम भएन भने नेपालमा राजसंस्था इतिहास भयो । बरिष्टहरुले पनि बुभ्mनु पर्दछ कि यस्तै ओठे कुराले अव उनीहरुले धेरै फाइदा पाउने छैनन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper