banner
banner

जनता किन छिटै बिर्सन्छन् ?

शाश्वत शर्मा -
वास्तवमा नेपालीको स्मरणशक्ति कमजोर छ, छोटो छ । बिर्सने बानी छ । पूर्वराजतन्त्रले गरेका एकाध गल्तीलाई सम्झिरहने जनता नेताहरुका जघन्य अपराधलाई किन बिर्सन्छन् ? यो ज्वलन्त प्रश्न हो ।
कुनै गोराले कीर्तिपुरेको नाक पृथ्वीनारायण शाहले काटिदिएका थिए भने के लेखयो, राजतन्त्रका बारेमा बितृष्णा फैलाउने ठेक्का लिएर बसेकाहरुले त्यो अप्रमाणित विषयलाई यतिबिघ्न फैलाए कि केही नेपालीले यसमा विश्वास गरेका पनि छन् । एक कन दुई कान मैदान भनेझैं युद्धमा भएका झडपका बेलाका कथालाई पत्याए । जातीय विद्वेष फैलाउनेहरुले यही विषयलाई फैलाउँदै लगे । स्थानीय नेवार समुदायले राजतन्त्रलाई मन नपराउने एउटा कारण यो पनि हो ।
तर अफसोच, जनयुद्धमा सत्रहजार नेपालीको बली चढाइयो, यसबाट राष्ट्रहितमा केही पनि हासिल हुनसकेन, त्यसलाई भने जनताले बिर्सिसकेका छन् । जनताको बिर्सने बानीले घाटा देश र जनतालाई नै भइरहेको छ ।
पृथ्वीनारायण शाहदेखि त्रिभुवन, महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रहरुले गरेका केही सामान्य त्रुटीलाई गर्नेर बस्ने, उराल्नेले उराल्दा हो मा हो गर्ने नेपालीहरुले ०४६ सालपछिको बहुदलीय कालरात्रि, जनयुद्ध र राष्ट्रघात, भ्रष्टाचारलाई सामान्य ठानेर बिर्सिसके । यतिबेला कालापानी, लिपुलेक, लिम्पियाधुरासमेत भारतले आफ्नो नक्सामा पारिसक्यो, कम्युनिष्ट र अन्य राजनीतिक दलहरुका उग्र राष्ट्रवादी नारा र भारतीय बिस्तारवाद मूर्दावाददेखि सुरुङयुद्धको घोषणालाई समेत बिर्सिसकेका छन् । यति गम्भीर कुरा बिर्सन नहुने थियो ।
यति नै बेला कम्युनिष्टहरु राजा महेन्द्रले कालापानीक्षेत्र पञ्चायतसँग साटे, २ बोरा सुन लिएर भारतलाई दिइसकेजस्ता हौवा फैलाएका छन् र जनता त्यसलाई पत्याइरहेका देखिन्छन् । विश्लेषकहरु भन्छन्– नेपालीहरु सही र गलत पनि छुट्याउन सक्दैनन्, नेताले भ्रम छर्छन, नागरिक पत्याउँछन् ।
गलत कुरा सम्झिरहने, सही कुरा, प्रमाणित कुरा बिर्सने । अहिले अर्वौंको भ्रष्टाचार भइरहेको छ, नेताहरु पञ्चायतले भ्रष्टाचार गरेको थियो भन्छन्, जनता पत्याउँछन् । ०४६ सालपछिका ३० वर्षमा न भूतो न भविष्यति, त्यति ठूला ठूला भ्रष्टाचार र शासनमा अपराधिकरण भएको छ ।
३८ क्विन्टल सुन काण्ड, ३३ किलो सुनकाण्ड, वाइडबडी खरिद घोटाला, एनसेल प्रकरण सबै बिर्सिसके नेपालीले । मेलम्चीको भ्रष्टाचार त यति गनायो कि जनता गनायो नै भन्दैनन् । सभामुख काण्ड, न्यायाधीश नियुक्ती र फैसला काण्ड, रौटहटको नरसंहार काण्ड, बलात्कार र हत्या काण्ड, नेपालीका लागि यी काण्डहरुले ठूलो मुद्दा नै होइनजस्तो । बुद्धिजीवीहरु पनि पार्टी पार्टीमा बाँडिएका छन्, त्यसैले कोही बोल्दैनन् । आमनागरिक सुरुमा चिच्याउँछन्, बिस्तारै चुप लाग्छन् । यसकारण राजनीति अपराधिकरणमा डुब्दै गएको हो ।
जो भ्रष्ट थिए, जो ज्यानमारा, लुटेरा थिए, जो अपराधिकरण भएका थिए, ती सबै क्रान्तिनायक बनेका छन् । दरवार हत्याकाण्डमा समेत अझै अनेक कथाहरु हालिन्छन् र जनता कथाका पछाडि दौडन्छन् । २०२८ सालति बर्गशत्रु मास्ने झापा काण्डमा टाउको कटुवाहरु आज सत्ताधारी बनेका छन् ।
मान्छे काट्ने वा मार्ने भनेकै बर्बरता हो । पशुवत व्यवहार, तर आमनागरिकले ती सबै घटनाको लेखाजोखा नै राख्दैनन् । जो देशघातक छ, जो जनताप्रति उत्तरदायी छैन, उनीहरुलाई जनताले मौकामा सबक सिकाउनै पर्ने हो । तर...
राजतन्त्र निरंकूश थियो भन्ने थाहा छ, जनतालाई अरु सबै कुरा थाहा छैन । राजाले शाही शासन चलाए भन्ने थाहा छ, त्यसअघि र पछि कूशासनले जनताको ढाड भाँचेको, देशको अस्तित्व संकटमा परेको थाहा छैन ।
जनता चेतनशील छन् तर फोहर र सफा छुट्याउँदैनन् । चुनाव जित्नासाथ अपराधीलाई पनि नमस्कार गर्ने बानी छ नेपालीको । गृहमन्त्रीका भाइ अपहरण काण्डमा मुछिए, उनलाई जेल होइन अस्पतालमा बिरामी भनियो र छुटाइयो । नेपाल कसले निर्माण ग¥यो, निर्माताको कुन सम्मान हुनुपथ्र्यो, आमनागरिक वास्तै गद्र्यैनन् । बुद्धिजीवीहरु राष्ट्रवादी बन्नै चाहदैनन् । यसकारण इतिहासमा धुलो लागेको छ, अँध्यारो बनेको छ । नयाँ नेपाल भनेको छ, नेपालको राष्ट्रपिता को हो भन्नेसम्म हेक्का कसैलाई छैन । जुन राष्ट्र जसले निर्माण ग¥यो तिनका सन्ततीमाथिसमेत अन्याय गर्नु भनेको दुर्भाग्य नभए के हो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper