banner
banner

लोकतन्त्र जोकतन्त्र नहोस्

स्वयम्भुनाथ कार्की -
बखानवीरहरुले लोकतन्त्रको विषेशता बखान गर्दछन्, यहाँ बखान शव्द प्रयोग गरिनाको कारण छ । किनभने उनिहरुले बखानेको लोकतन्त्रको कुनै बिषेशता नेपालको वर्तमान पद्दतिमा पाईन्न तै पनि नेपालमा सबैभन्दा राम्रो लोकतन्त्र भएको कुरा गर्दछन । यसैले यसो भन्नेहरु बखानवीर नै हुन र नेपालको लोकतन्त्र जोकतन्त्र उन्मुख हो । जोकतन्त्र अंग्रेजीको जोक शव्दबाट प्रेरित हो नेपालीमा उपहासतन्त्र भन्दा ज्यादा ठिक होला । तर लोक र जोक श्रुतिसाम्य भएकोले प्रयोगको लोभ गरिएको हो । 
जनता सार्वभौम हुन्छन भनेर भनिन्छ, संविधानमा सार्वभौम पनि लेखिएको छ । तर जनताले आङ्खनो सार्वभौम अधिकार प्रयोग गर्ने तरिका भने कतै उल्लेख छैन । उल्लेख नै भए पनि पछि कानुन बनाउने भनिएको छ । प्रश्न छ , यसरी अर्काले प्रदान गर्नुपर्ने र प्रयोग विधी समयसमयमा कानुन बनाएर निर्धारण गरेर नियन्त्रित हुनेहरु कसरी सार्वभौभ भए ?
जनताले चुन्नुपर्ने आङ्खना प्रतिनिधिहरु दलहरुले निर्धारण गरेका हुन्छन । त्यसरी दलद्वारा उठाईएका प्रतिनिधिहरु दलको इशारामा नाच्न बाध्य हुन्छन । नमानेमा अनुशासन, ह्विप आदिले मान्नै पर्ने बनाईन्छ त्यतिले पनि नमानेमा जनताले चुनेको पद दलले खोस्न सक्छ । अचम्म त के छ भने जनताका प्रतिनिधि भनिएका ति दलका अरौटेहरुलाई नमानेमा दलले निकाल्न त सक्छ तर जनताले सक्दैन । के त्यस्ता प्रतिनिधिहरु जनताका नै हुन ?
शक्ति पृथकिकरणकलाई लोकतन्त्रको अर्को विषेशता भन्छन । यो भनेको पक्कापनि राज्यका तीन अंग बीचको शक्ति सन्तुलन र अहस्तक्षेप हुनु पर्दछ । भन्न पनि यसै भनिन्छ , तर के यो वर्तमान प्रणलीमा संभव छ त ? जुन प्रणालीले संसदमा बहुमत प्राप्त दलको सरकार हुनु पर्दछ भन्छ । व्यवस्थापिकामा बहुमत हुनु भनेको त्यहाँ बर्चश्व हुनु हो । अनि सरकार पनि त्यही दलको हुनु भनेको कार्यपालिका र व्यवस्थापिकामा शक्ति एकिकरण हुनु हो पृथकिकरण हैन । त्यसैले शक्ति सन्तुलन हैन शक्तिमद थपिने हो ।
अव रह्यो स्वतन्त्र न्यायपलिकाको कुरा । जुन प्रणालीमा कुनै स्वतन्त्र र स्वायत्त निकायले नभई कार्यपालिकाले न्यायधिश चुन्छ र त्यसलाई संसदिय सुनवाईले जाँच गर्छ त्यहाँ न्यायपालिका कसरी स्वतन्त्र हुन्छ ? संसदमा जुन दलको वर्चश्व छ कार्यपलिकामा पनि त्यही दल कै वर्चश्व छ । यस्तोमा कार्यपालिकाको कामको परिक्षण संसदले गर्नु भनेको पहिले निधारित कर्मकाण्ड पुरा गर्नु मात्र हो । 
त्यसमाथि हालैका दुई महाअभियोगले कार्यपालिकाको हस्तक्षेपको नग्न नमुना पेश गरेको छ । त्यसको जवाफ पनि त्यही शैलीको भएको छ । अझ एक अर्कालाई ठिक बाटोमा राख्न गरिएको शक्ति सन्तुलनले पैदा गरेको टकराहट ‘वार्ताको माध्यम’ प्रयोग गरेर हल गर्ने कुरा जस्तो गैर जिम्मेवार कुरा अरु के हुन सक्छ ? यो त शक्ति सन्तुलन भन्दा शक्ति समन्वय भयो, हामी मिलेर मनमौजी काम गरौ संविधान नियम कानुन जे भन्छ भन्दै गरोस भन्ने भयो ।
बाँकी समयमा कुनै मुद्धा नहेर्ने शर्तमा अहिलेलाई महाअभियोग चिसो थैलोमा थन्क्याउने काम जनता प्रतिको अपराध हो । जव अभियोग लागिसकेको छ भने त्यसको छिनोफानो हुनै पर्दछ । यो अभियोगको कार्यविधि बढ्दै जाँदा आङ्खनो पनि अपराध देखिएला भनेर गरिएको जनघाती अवस्था हो । 
यी सबै विकृतिहरुले यसलाई लोकतन्त्रबाट जोकतन्त्र बनाएको छ । यो सबै दलहरुलाई जनताले गरेको अन्धविश्वाशको परिणाम हो । निर्वाचन आउदैछ, एक मात्र हैन तीन तहको निर्वाचन आउँदैछ । जनताले आङ्खनो अधिकार प्रयोग गर्न पाउने एकमात्र प्रावधान आङ्खनो मनले मतदान गर्नु रहेको छ । त्यसैले जनताले यो प्राप्त अवसर र उपलब्धीलाई प्रयोग गर्दै थप अवसर र उपलब्धी लिनु पर्दछ । यो केवल स्वतन्त्र उम्मेदवार चुन्नु हो, त्यो स्वतन्त्र उम्मेदवार पदावधी भरी स्वतन्त्र नै रहनु पर्दछ । दलका उम्मेदवार हुँदा के सम्म भोग्नुपर्ने रहेछ भन्ने कुरा अहिले भएका विपरित ध्रुवका दलहरु विचको चुनावी तालमेल हो । जनतालाई आङ्खनो खोरको भेडाबाख्रा सम्झेको हो । यसको जवाफ दिनै पर्दछ र त्यो जवाफ जो जस्तो भए पनि दलको उम्मेदवार नचुन्नु नै हो । अब यो त भविष्यले देखाउला नेपाली जनताले आफुलाई दलको खोरको भेडाबाख्रा नै मान्छ कि सार्वभौमसत्ता सम्पन्न नेपाली जनता ? लोकतन्त्र जोकतन्त्र भएको वेश कि बरु प्रजातन्त्र भएको ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper