banner
banner

नेपालतारा दिनुपर्ने युवा

पदम हमाल -
हरेक दिन दुर्घटना भइरहन्छ । दुर्घटनामा जघन्य दुर्घटना भयो गतहप्ता । सिन्धुपाल्चोको सुकुटेमा भएको दुर्घटनामा १७ जनाले ज्यान गुमाए“ । दोलखाबाट काठमाडौं आउ“दै गरेको यात्रुवाहक बस सुनकोशीमा खस्यो । त्यो देखेका यी युवा सोनाम तामाङ, यिनले १५ जनाको जिवितै उद्धार गरे । यस्ता दुःखद घटना दिनदिनै भइरहेका छन् ।
ड्राइभरको कारण, सडकको कारण, मौसमको कारण, जुनसुकै कारणले दुर्घटना भए पनि दुर्घटना दुर्घटना हो, न्यूनिकरणका लागि सरकारले सोचेको देखिन्न । समयमै उद्धार हुनसके धेरैले अकालमा मर्नु पर्दैन, नयाँ जीवन पाउने गर्छ ।
यी युवा सोनाम तामाङ । यी बोटिङ गाइड रहेछन् । दुर्घटना देख्नासाथ साथीहरुसहित तत्काल पानीमा हेलिएका यी युवाले धेरैलाई बचाए । यस्ता बहादुर युवाहरुको देशमा खा“चो छ । धन्न यिनी स्वदेशमै रोजगारीमा रहेछन् र धेरेको कल्याण हुनपुग्यो । अन्यथा यस्ता युवाहरुलाई राज्यले निकासी गरिरहेको छ ।
दुर्घटनामा परेका मान्छेहरु कराइरहेका हुन्छन्, चिच्याइरहेका हुन्छन्, आत्तिरहेका हुन्छन् । तिनलाई बचाउनु चानचुने साहसको कुरा होइन । त्यो पनि नदीमा हेलिएर । यति महान काम गर्न राज्यले प्रोत्साहन दिनुपर्नेमा कसैले वास्तै गर्दैन । यद्यपि सोनाले कुनै स्यावासीका लागि यो कर्म गरेका होइनन् । नेपालीपन, नेपालीमन भनेकै सहृदयता र सौहाद्रता हो । कल्याणकारी मन नै नेपाली पहिचान हो । यसकारण त सोनामले भनेका छन्– मैले कुनै महान गरेजस्तो लाग्दैन । मेरो कर्तव्य जे थियो, त्यो पुरा गरेको हु“ । म उद्धारमा जे गर्न सफल भए“, खुशी छु ।
राज्यले युवा चिन्दैन । राज्यले चिन्ने भनेको पद र पहुँचवालाहरुको चाकरी गर्नेलाई हो । कि त पैसाको कोसेली दिनसक्नेलाई हो । पैसा र चाकरी, नातापाता बिना कसैले केही नपाउने राज्य भनेको नेपाल हो । लोकतन्त्र पर्याय बनेको छ ।
यस्ता साहसी युवा हुन् नेपाल तारा पाउने । प्रधानमन्त्री सिफारिस गर्छन्, राष्ट्रपति पदक, सम्मान, मानपदवी बाँड्छिन्, अपराधीहरुले पाउ“छन् ।
विश्वविद्यालयमा ९ नम्बर आएका व्यक्तिलाई अगाडी ६ थपेर ६९ बनाइन्छ र स्वर्ण पदक दिलाइन्छ । भगुवा अपराधी, भ्रष्टाचारमा डामिएका, कालोबजारी गर्नेदेखि सत्तारुढ दलका कार्यकर्ताहरुलाई पञ्चदेवलको हण्डी बाँडेजसरी पदक र मानपदवी बाँडियो । यस्ताले पाउने सम्मान के लिनु भनेर केही आत्मसम्मान भएका व्यक्तिहरुले त बहिष्कार समेत गरे । सरकारले गल्ती भएको भन्दै केही व्यक्तिको पदक फिर्ता पनि लिएको छ । यो कस्तो सरकार हो, ह्वार ह्वार्ती पदक बा“ड्छ र सरकार आफै गल्ती स्वीकार पनि गर्छ । लज्जा पनि लज्जित हुने काम गर्नेले यस्ता युवाहरुलाई कसरी उत्साहित र प्रोत्साहित गथ्र्यो र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper