banner
banner

अर्थशास्त्रका माष्टर मोहनविक्रम अझै अर्धभूमिगत

नेपाली कम्युनिष्ट आन्दोलनका भीष्मपितामह भनेर चिनिने मोहन विक्रम सिंह अर्थशास्त्रका एमए पनि हुन् । उनी समाज बदल्न, नेपालको शासन व्यवस्थामा सर्वहाराको विजयध्वजा फहराउन हिडेका, जीवनको सत्तराद्र्धमा पुगिसके, अझै संघर्षमै छन् ।
तर थाकेका छैनन् । उनको संघर्षको यात्रा जारी छ, निरन्तर जारी छ ।
मोहनविक्रम सिंहको शव्दमा– म पञ्चायतीकालमा सवा ९ वर्षजति जेलमा बस्नु परेको थियो । पटकपटक गरी म ११ वर्ष जति जेलमा बसेको थिए । २०२७ सालको चैत्रमा जेलबाट निस्केपछि २०४६ सालसम्म भूमिगत भएर बस्नु प¥यो । त्यसपछि अहिलेसम्म अर्धभूमिगत अवस्थामा छु । अर्धभूमिगत भन्नुको अर्थ हो, सरकारबाट हुनै वारेन्ट छैन । तर पार्टीलाई पूरै भूमिगत राख्ने हाम्रो नीति छ । म नीतिमा छु ।
मोहन विक्रम सिंहको मुख्य चिन्ता के हो भन्ने विषयमा सिंहको यो अभिव्यक्तिबाट थाहा पाउन सकिन्छ– देशको गरिबी र पिछडिएको अवस्थाका कारणले ठूलो संख्यामा नेपालीहरु विदेशीनु परेको छ । अत्यन्त दुःखको कुरा हो । विदेशमा पलायनको यही गति रह्यो भने शायद आउने दशकहरुमा नेपालको बहुमत जनसंख्या विदेशमा बस्ने छ । अर्र्काितर, भारतबाट ठूलो संख्याको नेपालमा आगमन भइरहेको छ र उनीहरुलाई नेपालको नागरिक बनाउन योजनावद्ध प्रकारले प्रयत्न भइरहेको छ । यी दुवै प्रवृत्तिको परिणामस्वरुप केही दशक भित्र नै नेपालमा स्वयं नेपालीहरु अल्पमतमा पर्ने खतरा गम्भीर हुँदै गइरहेको छ । त्यसको राजनीतिक दुष्परिणाम कति गम्भीर हुनेछ ? त्यो सजिलैसित अनुमान गर्न सकिन्छ ।
राजनीतिमा सफलता र असफलताका विषयमा सिंहको अफ्नै प्रकारको मापदण्ड छ । सिंहका अनुसार  आफूले लिएको उद्देश्यमा लगातार अगाडि बढ्नु पर्छ, कति सफल भइन्छ त्यो गौण महत्व हो ।
सिंहको विचारमा आजको हाम्रो मुख्य आवश्यकता विद्यमान समाज व्यवस्था परिवर्तन हो  ।
नेपाली राजनीतिक शक्तिहरु के हुन्, कस्ता छन् र तिनीहरु कति सफल छन् भन्ने सम्बन्धमा मोहनविक्रम सिंहले भनेका छन्– नेपालका राजनीतिक शक्तिहरुलाई हामीले तीन भागमा बाँडेका छौं । प्रथम, सर्वहारा वर्गको पार्टी । द्वितीय, देशभक्त र जनतान्त्रिक वामपन्थी शक्तिहरु र तृतीय, प्रतिक्रियावादी शक्तिहरु । नेकपा 
(मसाल) सर्वहारा वर्गको पार्टी हो । तर यसको बनावट मुख्य रुपमा निम्नपूँजीपति वर्गबाट आएका मानिसहरुबाट भएको हुनाले यसको संगठनात्मक स्वरुप मुख्य रुपले निम्नपूँजीवादी प्रकारको नै छ । नेकपा, क्रान्तिकारी माओवादी, नेकपा विप्लब, मजदुर किसान पार्टी, नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आदि निम्न पूँजीवादी वर्गहरुका राजनीतिक संगठनहरु हुन् । र त्यसैले, यिनीहरु देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरु तथा मित्र शक्तिहरु हुन् । तर आफ्नो निम्न पूँजीवादी चरित्र अनुसार उनीहरुमा ढुलमुल, अवसरवादी र सम्झौतापरस्त प्रवृत्तिहरु पनि हुन्छन् । सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने वा उनीहरुको दलाली गर्ने चरित्र देखिन्छ ।
– नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशवादीदलहरु प्रतिक्रियावादी र दुश्मन शक्तिहरु हुन् । तर बेग्लाबेग्लै राजनीतिक स्थिति र आवश्यकता अनुसार कतिपय तात्कालीक कार्यनीतिक प्रश्नहरुमा मित्र शक्तिहरुसित संघर्ष वा दुश्मन शक्तिहरुसित पनि कार्यगत एकताको नीति अपनाउन सकिन्छ । मित्र शक्तिहरुसित संघर्षको नीति अपनाए पनि त्यो एकता–संघर्ष–एकताको सिद्धान्तमाथि आधारित हुन्छ भने दुश्मन शक्तिहरुसितको संघर्षको नीति संघर्ष–एकता–संघर्षको सिद्धान्तमाथि आधारित हुन्छ ।
२०४६ वा ०६३ का आन्दोलनहरु थिए । तिनीहरुको परिणामस्वरुप २०४६ सालमा निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था तथा २०६२–६३ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापना, संविधानसभाको चुनाव र राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना जस्ता ऐतिहासिक कार्यहरु पनि भए । तर ती बुर्जुवा प्रकारका आन्दोलनहरु नै थिए । त्यसकारण तिनीहरुको माध्यमद्वारा देशमा आमूल परिवर्तन हुन सक्दैनथ्यो र भएको पनि छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper