banner
banner

राष्ट्रगानपछि आर्यघाटको आन्दोलन

धर्मरत्न श्रेष्ठ -
पशुपतिनाथ परिसरमा साँझको आरतीमा समेत राष्ट्रगान बजाउन दिएको सरकारको उर्दीको यति धेरै आलोचना भयो कि आदेश मिस फायर भयो । फिल्महलमा राष्ट्रगान बजाउने आदेश पनि पालना हुनसकेन । राष्ट्रगान कहाँ बजाउने, कसरी राष्ट्रगानको महत्व बढ्छ भन्नेसम्म सोच्न नसक्ने सरकारले आन्दोलनको भाषामात्र बुझ्छ भन्ने अर्को उदाहरण आर्यघाटको आन्दोलन हुनपुगेको छ । आर्यघाटमा शव जलाउनेले आन्दोलन गरेपछि सरकार झुक्यो ।
शवदाह गर्दै आएका ५९ जनाले अन्याय भयो भनेर लामो समयदेखि ज्यालामा बृद्धि गर्न माँग गरे पनि पशुपति विकास कोषले सुनेन । त्यसपछि गतहप्ता आर्यघाटमा दाउरा बोक्ने, शव दाह गर्नेहरुले आन्दोलन गरेपछि पशुपतिविकास कोष बिउँझियो, सरकारले पनि वार्ता गर्न निर्देशन दियो र वार्ता भएपछि आर्यघाटको आन्दोलन सकिएको छ । आर्यघाटमा लाश जलाउनेदेखि सबै कार्य सुचारु भयो ।
प्रति शव जलाउने १२ सयबाट १५ सय गरिएको छ । दाउरा बोक्नेलाई ४ सयबाट ६ सय पु¥याइयो । कामदारको उमेर हद ६५ वर्ष कायम गर्ने सहमति भयो र निवृत्त हुँदाका अवस्थामा डेढलाखदेखि ५ लाखसम्मको व्यवस्थामात्र भएन, अन्य उपचार खर्च र सुविधाहरुमा समेत माँगअनुसार सहमति भएको छ ।
पशुपति विकास कोषमा डा. प्रदीप ढकाल सदस्य सचिव छन् । उनी राजनीतिक सिफारिसमा सदस्य सचिव बनेका हुन् । डाक्टरजस्तो व्यक्तिमा विवेक हुनैपथ्र्यो, तर उनको विवेक पहिला भारतले बनाइदिएको अत्याधुनिक तीर्थालु निवास होटल सञ्चालन गर्न दिएर मरेको देखिन्छ । त्यसपछि पशुपति विकास कोष अन्तर्गत काम गर्नेहरुलाई के कति सुविधा दिनुपर्छ भन्नेसम्मको विचार राख्न नसक्ने व्यक्तिका रुपमा पनि उनको चरित्र देखिन पुगेको छ ।
पशुपति विकास कोषअन्तर्गत व्यापक धनराशी, जग्गाजमीन, श्रीसम्पत्ति छन्, ती सबैको जगेर्ना एउटा संस्कृतविद, एउटा देशभक्त, एउटा निस्वार्थी व्यक्रिबाट मात्र सम्भव छ । यतिबेला पशुपति विकास कोषमा जुन प्रकारले भ्रष्टाचार मौलाएको छ, त्यो ओली सरकारले सर्वत्र बढाएको भ्रष्टाचारकै निरन्तरता देखिन्छ र यस्तो हुनु भनेको धर्मनिरपेक्षतावादीहरुको षडयन्त्रभित्रकै सवाल हो ।
पशुपतिनाथको मन्दिर हटाएर विश्वकै राम्रो चर्च बनाउनेसम्मका चर्चा बढेका छन् । यद्यपि यो असम्भव छ तर यस्तो चर्चा भनेको नेपालमा धार्मिक विद्वेष फैलाउने उद्देश्यबाट भएको छ । कपिलवस्तुमा जुन धार्मिक हिंसा भड्कियो, मान्छे मरे, मारियो, यी सबै कृत्यहरु नेपालमा अराजकता फैलाउने साजिस नै हुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper