banner
banner

बिद्रोही विप्लवको विचार

वर्तमान नेपालको समाचार कि त कुशासनको ओली सरकार हो, कि देशभक्तिपूर्ण नेकपाको बिद्रोह हो । वार्ताका लागि सरकारले बोलायो, पक्राउ परेका कार्यकर्ता नेता छाड, वार्ताको वातावरण बनाउ भन्दा सरकारले अस्वीकार ग¥यो । जुन सरकार बिद्रोह गरेर बनेको छ, जुन पद्धति बिद्रोहबाट जन्मेको छ, त्यो परिवर्तन पद्धतिले असन्तुष्टहरुको बिद्रोहको आवाज सुन्छु भनेर घेरावन्दीमा पार्ने, ठाडै गोली हानेर त्यसका कार्यकर्तालाई मार्ने । यस्तो राज्य भनेको लोकतान्त्रिक होइन, अधिनायकवादी शासन हुन्छ । नेपालमा यस्तै शासन छ । यो शासनमा कानुन र मानवीयता समेत देखिन्न ।
रातो खबरले विप्लवका विचारहरु सार्वजनिक गरेको छ । विप्लवले कम्युनिष्ट कस्तो हुनुपर्छ भन्नेसम्मको आफ्ना मान्यता सार्वजनिक गरेका छन् । विप्लवका मान्यता र नेकपाको सरकारवीच आनका तान भिन्नता छ । आमनागरिकलाई अपाच्य बन्दै गएको नेकपाको सरकार झन झन क्रुर बन्दै गएको देखिन्छ । मानवाधिकारको आपत्ति यसको प्रमाण हो ।
हामीले महाधिवेशनबाट तीनवटा निर्णय गरेका छौं– प्रथम, अग्रजहरूको सुरक्षाको जिम्मा लिन्छौं । यो काम गरेर देखाउँछौँ । जनताको पंक्तिभित्र रहेकाहरूसँग हामीसँग विचार मिलेन भने पनि रक्षा गर्छौं किनकि योगदान र दृष्टिकोण फरकफरक विषय हो । त्यसरी नयाँ पुस्तालाई प्रोत्साहित गरिएन भने आन्दोलनमा अपुताली पर्ने खतरा छ । करोडपति र अर्बपतिको बाटो त्यही हो । यस्तो बाटो हामी बदल्छौं, परिवर्तन गर्छौं ।
जीवनले मान्छेलाई छुन्छ तर भावुक बनाउँछ । नयाँ पुस्तालाई प्रोत्साहित गर्ने हाम्रो दोस्रो निर्णय हो । तेस्रो सांस्कृतिक क्षेत्रमा रहेका अग्रजहरूको सुरक्षाको जिम्मा लिने निर्णय हामीले गरेका छौँ । त्यो सुरक्षा लाखौँ–करोडौँमा होइन, हाम्रै हैसियतमा गर्छौं । जनताका लागि जीवन नै दिनेहरूलाई खेलबाड गर्ने संस्कृतिको अन्त्य गर्नुपर्छ । हामीले कम्युनिस्ट पार्टी बनाएर मात्र पुग्दैन, कम्युनिस्ट समाज नै बनाउनुपर्छ । नेता बन्नु संयोगको विषय हो । तर कम्युनिस्ट समाज बनाउनुपर्ने हाम्रो दायित्व हो । मान्छेमा रूपान्तरणको गुण हुन्छ । पार्टीमा लाग्नासाथ त्यो अब्बल हुने र अरू सबै मूर्ख र अर्थहीन ठान्नु हुँदैन । कम्युनिस्ट पार्टी भनेको सार्वजनिक यातायातजस्तो जो पनि चढ्ने, जो पनि ओर्लनसक्ने विषय होइन । हामीले १५–१६ जना सहकर्मी एउटै खाल्डोमा अन्तिम संस्कार गरेर आएका छौँ । हामीमा ती बलिदानको पीडा र प्रभाव छ । हामी हाम्रो प्रस्ताव र आदर्श सुन भनिरहेका छौँ ।
कुरा नसुन्ने, घेराबन्दी गरेर समाप्त पार्ने सोचाइ राज्यले बनाउँछ भने त्यसको अन्तिम जबाफ बन्दुक हो । जनताको आवाज नसुन्नु भनेको बन्दुकको घमण्ड हो । त्यो घमण्डको जबाफ दिन हामी तयार छौँ ।
तपाईंहरूका गीत र कविता सुनेर युवाहरू मृत्युलाई कुल्चँदै लडेका थिए । त्यसैले त माओले बन्दुकको सेना मात्रै हुँदैन, कलमको सेना पनि चाहिन्छ भन्नुभएको थियो । हार्न जसले पनि सक्छ, हामी जित्छौँ अथवा निरन्तर क्रान्तिमा हुन्छौँ । तपाईंहरू जहाँ भए पनि हामी तपाईंहरूको गीत गाउँदै लड्न जानेछौँ ।
गीत, कविता, लेख्न र गाउन नछोड्नुहोला ।
जार र च्याङकाइसेकका सेनाका इमानदारहरू त्यहाँ विद्रोह गरेर कम्युनिस्ट फौजमा मिल्न आएका थिए । त्यो स्थिति नेपालमा पनि हुन्छ र हुनुपर्छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper