banner
banner

नेतातन्त्रबाट मुक्तिको संघर्ष

स्वयम्भुनाथ कार्की -
नेपालीहरु विगत लामो समयदेखि निरंकुशताको चपेटामा परेका छन । केवल रानीको पञ्जापत्रको आधार लिएर एक शताव्दी भन्दा धेरै समय हुकुमी शासन चलाउन सफल राणा परिवार मुखैमा नियम र कानुन लिएर बसेको थियो । मध्ययुगको यो राज्य प्रणाली आधुनिक युगमा विस्थापित हुँदै गएको कुरा पद्मसम्सेरले त बुझे तर अन्य राणाले बुझेनन । राणा शासन कायम नै रहेको भए यसवेला श्री ३ हुनेको मनमा मेरो बाजेको पदवी खोस्नेका नातीको पदवी किन भन्ने सोच रहेको भए त्यो अस्वभाविक हैन ।
यस किसिमको सोचको निरंतरता तिर संकेत गर्ने केही प्रसंगहरु छन्, हुनसक्छ यी प्रसंगहरु केवल श्याल कराएको बेला बाख्रा हराएको संयोग मात्र होस् । खुकुरीदल भनिएको समुहको नाईके भरत सम्सेरलाई वीपीले गृहमन्त्रीको हैसियतले जेल हाले । भरत सम्सेरका कार्यकर्ताहरु (राजनैतिक दलको रुपमा आएकाले कार्यकर्ता नै भन्नुपर्छ ) आन्दोलित भए । जेल तोडेर भरत सम्सेरलाई निकाले र वीपी माथी ज्यानै जाने किसिमको आक्रमण गरे । कांग्रेसजनहरु यो आक्रमणमा वीपीले सहास प्रदर्शन गर्न नसकेको भए इहलिला समाप्त हुन्थो भन्दैछन । 
वीपी र राजाको सम्वन्धमा अमिलोपन नआउन्जेल हराउन जेपनि गर्न सक्ने प्रतिद्वन्दी भरतसम्सेर अमिलोपन आए पछि भने कट्टरसहयोगी बने, पछि त दल समेत विलय गराए । वीपी स्वयं चकित परेको राजा र उनको बीचको सम्वन्ध विग्रनुका अनेकौ कारण खोजियो । राजाको महत्वकांक्षा, नेहरुको चालवाजी सबैलाई दोष बोकाउन खोजियो । तर आजसम्म कसैले पनि आङ्खनो शासन कांग्रेससंग मिलेर खोसेकोमा राणाहरुले राजासंग लिएको बदला हुनसक्ने संभावना तिर सोचेन । फलत पारंपारिक स्वभाव भनेर निरंकुशताको पगरी राजाहरुलाई भिराएर अरुले नै निरंकुशताको मज्जा लिएको थाहै भएन ।
राजा वा राजसंस्था भन्ने वित्तिकै निरंकुशताको पयार्यवाची बनाईयो । संभवतः यो गणतन्त्रको दशक भोग्न नपरेको भए राजसंस्थाले यो वित्थाको अवगाल हमेशा बोक्नु पर्दथ्यो होला । तर यो दशकमा निरंकुशता कयौ गुणा बढेर गएकाले विस्तारै सोच्न वाध्य हुनपरेको छ कि यो कहाँ रहेछ ? एक शव्द बोल्दा पनि अरिंगलको गोला चलाए जस्तो अवस्था भोग्नुपरेको राजाले यस अवधिमा कुनै किसिमको निरंकुशता देखाए भन्नु हास्यास्पद हुन्छ । त्यति हुँदाहुँदै पनि  निरंकुश व्यवहारले जनता मात्र हैन कार्यकर्ता र पालैपालो विपक्षि हुन पुगेका यीनै नेताहरु पनि नराम्रेरी पिडित छन् ।
यी बर्षहरुमा विकासको नाममा कयौका घर भत्काईयो, यसको कुनै किसिमको सुनवाई भएन । जीवनभर काम गरेर पेन्सन खानेहरुलाई दवाईसम्म गर्नै नपाउने अवस्था पारेर पेन्सन बन्द गरियो । कारण हिसाव नमिलेको देखाईयो, जो हिसावसम्म तिनको पहुँच नै छैन त्यो अपराधमा वृद्ध भएकाहरुलाई मृत्युवरण गर्न पर्ने अवस्था बनाईयो । प्राकृतिक प्रकोपमा परेकाहरुको सहायताको निमित्त आएका सामाग्री सडाएर फालियो । यी सबै वितण्डा मच्चाउदा कुनै किसिमको अंकुशलेकाम गरेन । अर्थात नेताहरु निरंकुश भए ।
राजालाई निरंशताको आरोप लगाएर नेताहरु स्थापित गर्ने नागरिक अगुवाहरु आज नेताहरुले हाम्रो कुरा मानेनन भनेर गुनासो गर्दैछन । अर्थात नागरिक समाज पनि नेताहरुको स्वेच्छाचारितालाई अंकुश लगाउन नसक्ने अवस्थामा पुग्यो । न्यायपालिका अंकुश लगाउने प्रयत्न त गर्दैछ तर उसले दिएको सजाय भोग्नै नपर्ने र नभोगे वापत मानमनितो पाउने घटनाहरु देखा पर्दैछन । सर्वोच्च अदालत परिसरमा गएर आपैm न्याय दिएर भौतिक कारवाही गर्नेलाई नगरसम्म भन्ने शायद विधि छैन । त्यसैले न्यायपालिकाले अंकुश लगाउला कि भनेर आशा मात्र गर्न सकिन्छ ।
जनत लगातार सडकमा छन ,तर उनिहरुको त्यो प्रयत्न व्यथ्र्य भैm देखिदैछ । बरु महिनौ बर्षौ लगाउने र जनता थकाउने नयाँ औजार नेताहरुको हात लागेको छ । यस्तो अवस्थामा दलहरुलाई अंकुश लगाएर सही काम गराउन सक्ने एकमात्र शक्ति भनेको राजसंस्था नै हो । दलको सट्टा राजसंस्था भन्ने गलत प्रचार भएको छ , राजसंस्था दलहरुलाई सही काम लगाउन हो । प्रजातन्त्रको सट्टा राजतन्त्र हैन प्रजातन्त्रलाई सही तरिकाले काम गरायने जिम्मेवारी बहन गर्न राजतन्त्र हो । यो गलत प्रचार केवल दलहरुले आङ्खनो मनोमानी गर्ने दिन समाप्त होला भन्ने आशंकाले गरेका हुन । निरंकुश नेतातन्त्रको समाप्ती  प्रजातान्त्रिक अधिराज्य नेपाल भए मात्र संभव छ । गडवड गरे राजा अंकुशको रुपमा रहने अधिराज्य । यसको निमित्त संघर्ष आजको आवश्यकता हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper