banner
banner

भ्रष्टाचारी र हत्यारालाई उन्मुक्ति

पदम हमाल -
अनुनय बिनय गर्दैमा, गोप्य लेनदेन सेटिङ मिलाउँदैमा भ्रष्टचारीलाई उन्मुक्ती त दिनु भएन नि गाँठे । नेपालको चलन गजब छ किनकी हजार रुपैयाँ घुस खाने मान्छेलाई अक्त्तियार तानिन्छ, काँक्रो चोरलाई पक्राउ गरिन्छ तर करोडौ घुस खाने र मान्छे मार्ने ज्यानमारालाई कारबाही गर्नुको सट्टा फुलमाला लगाएर कुर्ची दिइन्छ !
संवैधानिक निकाय छन्, तिनलाई मन्त्रिपरिषदको अनुमति बिना केही पनि गर्न नदिने निर्णय गरेर सरकारले आफूलाई निरंकूश देखाएको छ । यस्तो संवैधानिक व्यवस्थाले कसरी बिधिको शासन कायम हुनसक्छ ? बुझ्न कठिन छ, बुझे झन कठिन छ । सत्ता र शक्तिले जस्तोसुकै अपराध लुकाउने सकिने बनाइएको छ ।
०६४ सालमा रौतहटमा बम बिस्फोट गराइयो, रातारात प्रहरी सरुवा गरेर त्यो घटना दबाइयो । मोहम्मद अफताव आलमले देख्नेलाई इटाभट्टाको आगोमा होमिदिए, कसैको शरीर आगोमा पसेन भनेर दाउरा चिरेझैं चिरपट बनाएर झोसिएछ । यसबारेमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कुनै जवाफ दिएका छैनन् । कांग्रेस सभापति अपराधीको संरक्षणमा बोल्दा चिप्लिए । नेपाली कांग्रेस बिधिको शासनमा चल्छ भनेको त अपराधी मार्गमा पो देखियो ।
धोती खुस्केपछि तानतुन पारेर लाज छापेर के अर्थ ? नेपाली कांग्रेस नाङ्गो भइसक्यो । कम्युनिष्ट त त्यसै पनि नाङ्गिदै गएको छ । बल्ल १२ वर्ष अघिको रौतहट नरसंहारको चिहान खोतलिन थालेको छ । तर राजनीतिक नेताहरुलाई बुझ्नेहरु भन्छन्– न त महरा काण्डमा केही हुन्छ, न रौतहट काण्डमा । सत्ता र शक्तिको मिलोमतोमा सबै दबाइन्छ, अहिले जे भइरहेको छ, त्यो नाटकमात्र हो ।
भ्रष्टाचारी र हत्याराले उन्मुक्ति पाउन थालेपछि र अदालतले अपराध ठहर गरेकालाई समेत राम्रो चालचलन भनेर राष्ट्रपतिले नै आममाफी दिने लहर चलाएपछि नेपालमा बिधिको होइन, बाहुबली शासन स्थापित भयो भन्दा हुन्छ 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper