banner
banner

राजधानीबासी कति सभ्य ?

गंगा दाहाल -
२३ वर्षपछि चीनका राष्ट्रपति सी चिनपिङको स्वागतका लागि बनाइएका फ्ेक्सबोर्डहरु आउनु अघि नै यसरी च्यातिए, च्यात्ने को हो ? यसबारेमा सुरक्षा निकाय मौन छ । च्यात्नुपर्ने कारण के हो, च्यात्नेहरु पनि मौन छन् ।
हो, चीनका राष्ट्रपति र नेपालका राष्ट्रपति, प्रधानमन्त्रीवी सोहाद्रपूर्ण वार्ता हुनुपर्छ, दुवै देशका चासोहरु संवोधन गर्ने प्रयत्न हुनुपर्छ र समस्याहरु समाधान गर्ने निकास खोजिनुपर्छ । नेपाल चीनको बीआरआईको एक समर्थक बनिसकेकोले बीआरआईले निर्दिष्ट गरेको कनेक्टिभिटीसहितका आर्थिक विकासका मार्गहरुमा नेपालले के कस्तो लाभ लिनसक्ने हो, त्यसबारेमा गम्भीर बहस हुनुपर्छ । भ्रमण सकियो, भव्य स्वागत र बिदाइ पनि भयो । चीनले मन खोलेर नेपाललाई भूजडित देश बनाउन र समृद्धिका लागि साथ दिन्छु भनेर विश्वास दिलाएको छ ।
नेपाल आउनु अघि नै राष्ट्रपति सी चिनफिङले नेपाली मित्रहरुसँग मित्रता नविकरण र सहयोगबारे छलफल गर्न आतुर छु भन्ने अभिव्यक्ति दिएका थिए । चीनका राष्ट्रपतिको यो अभिव्यक्तिको महत्व नेपालले बुझ्नुपर्छ । सीले नेपाल चिनियाँहरुको पहिलो प्राथमिकताको गन्तव्य हो समेत भनेका छन् । नेपाल भिजिट एयरमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यका लागिसमेत महामहिम राष्ट्रपति सीको भनाइ नेपालका लागि साह्रै महत्वपूर्ण हुनुपर्छ ।
तर, त्यस्ता उदार राष्ट्रपति सीको स्वागतका लागि राखिएका कलात्मक फ्लेक्सबोर्ड यसरी च्यातियो । त्यो पनि राजधानीमा । हामी कति सभ्य ?
नेपाल र चीनवीच समस्या न्यून छन् । यो सत्य हो र स्वीकारयोग्य हो । राष्ट्रपति सीले समस्यारहित विशिष्ट सम्बन्ध भनेर गएका छन् ।
यसैमा नेपाल र चीनवीचको पत्यार र विश्वास अभिबृद्धि हुनेछ । चीनको भरोसा नेपालको स्थिरता, शान्ति र प्रगतिका लागि महत्वपूर्ण पक्ष हो ।
गल्ती कमजोरी भए होलान् । उठाउनु पर्ने विषयहरु उठ्न सकेनन् होला तर चीनले जुन आड र विश्वास व्यक्त गरेको छ, त्यसलाई बढाउनु जरुरी छ । हामी नेपाली त्यसै पनि अतिथि देवो भवः मा विश्वास गर्छौं । दुश्मन नै घरमा आएको छ भने पनि बस्न, चियापानी सोध्ने गर्छौं । चीन त भरपर्दो मित्र र नेपालको प्रगति चाहने र मन फुकाएर मद्दत गरिरहेको मुलुक । त्यस्तो मुलुकका राष्ट्रपतिको स्वागतमा टाँगिएको स्वागत संस्कार यसरी च्यात्नु हुनेथिएन ।
हो, वातावरणीय दृष्टिले फ्लेक्स बोर्ड हानिकारक मानिन्छ । तर के गर्नु, हामीसँग केही देखाउन नहुने भताभुङ्गे दृश्यलाई छोप्नुपर्ने बाध्यता पनि छ । नकारात्मक प्रभाव र छाप नपरोस् भन्ने मनसाय पनि छ । हार्दिक स्वागतका लागि रातारात भए पनि तीनकुनेमा बगैंचा बनाउने चटारो पनि थियो, सडक चिल्याउने हतारो पनि थियो । ती सबै गरिए, पाहुनालाई स्वागत गरियो । पाहुना खुशी भएर गएको विश्वास गरौं । पाहुना चानचुने व्यक्ति थिएनन्, विश्वकै सामरिक र आर्थिक शक्ति बन्नेतिर उन्मुख शिखर नेता हुन् । उनले नेपाललाई एउटा भरोसा दिलाएर गएका छन्, त्यो नेपाल र नेपालीका लागि कोशे ढुंगा हो ।
बाँकी हाम्रा राजनीतिक विवाद हामीवीच छन्, गरौंला । यसैवीच सरकारले मधेशलाई मधेशसँग जोड्न नसकेको गुनासो आएको छ । यो गुनासोलाई अव कार्यरुप, कार्य योजनामा समेट्न जरुरी छ । नेपाल भिजिट एयर र वीआरआई, नेपाल चीन सम्बन्धलाई हिमालदेखि मधेशसम्म जोड्नैपर्छ । सिंगो नेपालको सर्वाङ्गिण विकास नै नेपालको एकमात्र ध्येय हुनुपर्छ, यसमा शंका छैन ।
 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper