banner
banner

नारीको संघर्ष बाँकी छ

देवी काफ्ले -
नारी अधिकारका कुरा सुन्दा सुन्दै पाकेका मेरा कानले  वास्तवमा महिला स्वतन्त्रता के हो खोट्याउन गाह्रो पर्यो।
आखिर अधिकार दिने कसले ?
स्वतन्त्रता दिने कसले ?
उनीहरूमाथि दमन गरेको छ कसले ?
म निरूत्तर छु । तर सहजका साथ जवाफ आउँछ ‘पुरूषले’ ।
हो पुरूषबाट महिला नगन्य रूपमा दमित छन् । बाहिर देखावटी रूपमा स्वतन्त्रता दिए पनि वास्तविकतामा घरेलु हिँसा पुरूषबाटै हुन्छ म मान्छु तर घरेलु हिँसामा कतै महिलाहरूकै पनि अप्रत्यक्ष रूपमा सहभागिता हुँदैन र ?
केहि समय अगाडी म सुगम पहाडी जिल्लाको एउटा गाऊँमा पुगेँ । आफन्त हुनाले मेरो सत्कार राम्रो भयो । बेलुका खाना खाने बेला भयो मलाई त्यो घरका पुरूषहरूसँगै खाना खाने प्रबन्ध भयो । हामीले त खायौँ तर त्यो घरको बुहारीको पालो कतिबेला आउँछ भनेर म पर्खाईमा थिएँ । हामीले खाएका जुठाभाँडा गरीन् । दोस्रो लटमा छोराछोरी र सासुको पालो आयो।ती भाँडा पनि माझि सकेपछी बल्ल उनको पालो आयो । दिनभर झरीमा रूझेर काम गरेकी, मेलो सकेर खाँग्रे डोको र मूठो घाँसको भारी ल्याउँदा थकाई कति लागे होला अनुमान सहजै लाउन सक्थेँ म।त्यसमा पनि घर आएर गोठको गोबर सोहोर्नु भैँसी दुहुनु उनैको जिम्मा तर त्यो झरीमा जति भिजेर घाँसको भारी ल्याए पनि एक गिलास तातो दुध चियामा उनको अधिकार थिएन । बिहान सबेरै उठ्नु दैलो पोत्नु, कुँडो पकाउनु ख्वाउनु, गोबर सोत्तर गर्नु भैँसी दुहुनु अनि खाँग्रे डोको बोकेर खरबारी जानु दैनीकी हो तर उनको लागी एक कप दुध सायद अधिकार भित्र पर्दैन ।
छिस्स सुनेँ राक्षस्नी छे ठूलो गिलासमा लुकाएर दुध खाइदिन्छे अल्छिनीले । महिला आवाज थियो । जवाफ आयो पुरूष आवाजमा खान दे न त आखिर घाँस काट्ने उहि हो । गोठ धन्दा गर्ने उहि हो तँ धेरै करकर नगर है ।
चाडबाड आयो वरापरी फेर्नु पर्ने बेलुका ससुराले कपडाको झोला लिएर आए ।
सासुले झोला खोलिन कसलाई हो भाऊ लाए । यो बुहारीको लागी ससुराले वचन के छोडेका थिए ए यति महँगो ल्याउन पर्नी त्यसका छन् जति नी किन चाहियो धेरै लुगा, सासुको कर्कसा आवाज सुनियो । खान, लाउन, काम गर्न देखि लिएर बस्नु, हिड्नु, चालढाल सबैमा सासुको दवाव बढी नै हुने रहेछ ।
वास्तवमा अहिले पनि कैयौँ महिलाहरूले यी साना तथा झिना देखिएका मानसिक हिँसा भोगिरहेका छन् गाऊँघरमा ।
शहरमा तथा अर्ध शहरी क्षेत्रमा त झन् बिकराल अवस्था देखिन्छ बुहारी माथिको हिँसा । त्यो पनि सासुबाटै । जब छोरोको बिहे तय हुन्छ तब सासुका डिमान्ड नजानिदो तरीकाले शुरू हुन्छ । जब बुहारी भित्रिन्छे अनि शुरु हुन्छ खानदानका ब्याख्या । मेरो बिहे यसरी गरेको फलानोको यसरी, दाइजो यति ल्याएँ  छोरीलाई यति दिएँ आदि ।
सर्बप्रथम त दाइजो नै मन्द बिषकोको रूपमा प्रस्तुत हुन्छ । हामीले सम्पत्ती मागेको होइन एक दिनको ईज्जत राख्देउ भनेको त्यो पनि भयन।
ए बाबा त्यो एकदिनको ईज्जतमा के के पर्ने हो ? अदृष्य र अमूक भाषामा मागिएको दाइजो होइन त्यो ?
अनि शुरु हुन्छ पढाईको बिषय।बुहारी आफ्नो शैक्षिक योग्यताको उपयोग गर्न चाहान्छे तर सासुहरू घरमा कसले काम गर्ने ? सरसफाई कसले गर्ने ? भाँडा कसले धुने ? आदि प्रश्नहरूको चाङ् लगाइन्छ ।
यता उताका बुहारीहरूसँग तुलना हुन्छ आफ्नो बुहारी अलिकति पनि कमजोर देखियो भने ताना मार्ने काम सासु, नन्द, आमाजु, जाताठानीबाटै शुरू हुन्छ । जहाँ ससुराले बुहारीलाई यस्तो गर्नु ठीक होइन मात्रै भन्नुपर्छ अनि अनेक आरोप शुरु हुन्छ लोग्नेले बोल्यो भने त सिधै हुतिहारा, जोइटिँग्रेको पदवी पाइहाल्छ । फलतः त्यो बुहारी निरीह बनेर बाबुको ईज्जत जोगाउने प्रयासमा पँखामा झुण्डिन्छे । या त मट्टितेलमा दन्किन्छे ।
हामीले किन यी सुक्ष्म अत्याचार महसुस गर्न सकेका छैनौँ आज ? किनकी हामी आवरण हेरेर निर्णय गर्छौँ जसको परीणाम अयोग्य निस्कन्छ ।
अब प्रश्न उठ्छ के यी समयाको निदान छैन त ? छ किन छैन ? तर हामी आफ्नो घमण्ड, आफ्नो विरासतलाई थोरै भय पनि एक कुनामा सिमित राख्ने प्रयास गर्नु पर्छ । चेतना भनेको कसैले भरीदिएर भरिने होइन आफै जागरूक हुनुपर्छ । मनमा सकारात्मक भाव हुनुपर्छ । मानवीयता हुनुपर्छ । साँच्चै महिला महिलाबाटै पिडित छन् त ? अवश्य छन् । शारिरीक हिंसा गर्न नसके पनि मानसिक हिँसा महिलाबाटै हुन्छ भन्ने पुष्टी माथिका घटनाबाट हुन्छ । महिलाले किन गर्छन् त यस्ता हिंसा ?
हिजोका हाम्रा आमा, हजुर आमाहरूले धेरै नै पिडा र दुख झेल्नु भयका घटना हामीले प्रशस्तै सुनेका छौँ । मलाई लाग्छ उहाँहरूको मनमा आफूले भोगेका दैनिकी कष्टहरू आउने पिडीले भोग्नु पर्छ । सासुको कामै बुहारी दलाउनु हो भन्ने सोँचले नौतला घर उहाँहरूको मनमा बनाएको छ फलतः स्वभाविक रूपमा त्यो ब्यावहार देखाउनु हुन्छ । उहाँहरूलाई नयाँ संसार देख्ने बुझ्ने अवसर भयन त्यसैले आफूले जे भोग्यो त्यो नै महिलाको सँसार हो भन्ने लाग्यो त्यसैले पनि हुनसक्छ ।
अब समस्याको निराकरण के त ??
हामी नयाँ पिडीले ठूलो परीवर्तन ल्याउनको लागि ठूलो सँघर्ष गर्नुपर्छ । मान्छेको सोँच परीवर्तन गर्नु भनेको ठूलो चुनौती हो । यो चुनौती लाई सामना गर्न तारे होटलका मिटिङ्ले लछारपाटो लाउँदैन । ब्यबहार परीवर्तन गराउन सक्नु पर्छ । आफ्नो घर परीवार देखि नै सुधार गर्न शुरु गर्नुपर्नेछ । सबैभन्दा पहिले त बुहारी पनि छोरी जस्तै अर्काको छोरी हो आफ्नो छोरीको जस्तै आत्मा हुन्छ भन्ने भाव उत्पन्न गराउनु प¥यो । अनि जिन्दगी भरी आफूले कमाएको सम्पत्तीमा दाइजोमा आएको दुईचार लाख, सुन, फ्रिज जस्ता भौतिक साधनले सम्बन्धमा दरार उत्पन्न गराउँछ भन्ने बुझ्नु र बुझाउनु प¥यो ।
 बुहारीहरुलाई छोरी जस्तै माया गरे उनले पनि आमा जस्तै माया गर्छन् र गर्नुपर्छ । सम्बन्ध सुधार हुन्छ प्रयास गरौँ । सबै नारी सुरक्षित हुनेछन् । सबल हुनेछन् । तब न नारी अधिकारका कुरा बुझौँला । स्थापित होला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper