banner
banner

डिभाइन स्ट्रिम नेटवर्क (meroTV)


डिभाइन स्ट्रिम नेटवर्क प्रा.लि. नेपाल (meroTV) र फाष्ट वे रेडिएन्ट डिजिटेक लि. भारतबीचको कार्यगत एकता 
नेपालको CATV मा एक ऐतिहासिक कोसेढुंंगा 
डिभाइन स्ट्रिम नेटवर्क प्रा.लि. नेपाल (meroTV) र फाष्ट वे रेडिएन्ट डिजिटेक लि. भारत बीच महत्वपूर्ण ऐतिहासिक कार्यगत एकता गर्ने सम्झौता भएको महिना दिन नबित्दै फाष्ट वे रेडिएन्ट डिजिटेक लि. भारतका सह–संचालक वलवीरसिंह डिसोडिया र सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय (अनिल) गोसाइँ काठमाण्डौं आइपुग्नुभएको छ । यस सहकार्यको प्रारम्भमै दुवै कम्पनीका प्रतिनिधिहरुले यस सहकार्यलाई मूर्तरुप दिनका लागि आर्थिक, प्राविधिक लगायतका क्षेत्रहरुमा आपसी छलफल गरी नयाँ कार्यदिशा तय गर्नेछन् । साथै संरचनागत क्षेत्रको शुक्ष्म अध्ययन तथा अन्वेषणका कार्य समेत गर्ने छन् । 
यसै सन्दर्भमा बोल्दै डिभाइन स्ट्रिम नेटवर्क (meroTV) का प्रबन्ध निर्देशक प्रकाश चन्द्र घिमिरेले यो महत्वपूर्ण सहकार्यबाट भारतका ःMSO हरु मध्ये सबै भन्दा बृहत ःक्इ फाष्ट वे रेडिएन्ट डिजिटेक र नेपालको बृहत नेटवर्क सहितको ःMSO डिभाइन स्ट्रिम नेटवर्क प्रा.लि. दुवैले यस डिजिटल टि.भि.का क्षेत्रमा अत्यधिक लाभ उठाउन सक्ने बताउनुभयो । उहाँले यस सहकार्यमार्फत डिभाइन स्ट्रिम नेटवर्कलाई डिजिटलाइजेशन, कन्टेन्ट, डिजिटल टि.भि.सिग्नल, इन्टरनेट ब्याण्डविथ अधिग्रहण र प्रविधि को आदान प्रदान तथा प्रबद्र्धनमा प्रेरणाको रुपमा काम गर्ने कुरामा जोड दिनुभयो । 
यस सहकार्यले डिभाइन स्ट्रिम नेटवर्क (meroTV)लाई ब्रोडब्याण्ड र डिजिटल टेलिभिजनका ग्राहकलाई अति छिटो सर्वसुलभ इन्टरनेट, डाटा स्पिड, क्ष्एत्ख्रइत्त् का विभिन्न सेवा, MSO भिडियोका साथै HD/4Kनेटवर्कमा रुपान्तरण हुन सहयोग मिल्ने छ । यस भौतिक पूर्वाधारले भविष्यमा आउने नयाँ प्रविधिलाई सहजै ग्रहण गरी सर्वसुलभ सेवा दिन सक्नेछ । 
फाष्ट वे रेडिएन्ट डिजिटेकका प्रमुख कार्यकारी अधिकृतले डिभाइन स्ट्रिम नेटवर्क (meroTV) सँगको सहकार्यले दुवै कम्पनीलाई उत्तिकै फलदायी हुने बताउनुभयो । वहाँले यसले अहिले नेपालको डिजिटल केवल टि.भि.मा नयाँ पहँुच पुग्ने बताउँदै नेपाल जस्तो पहाडी मुलुकमा डिभाइन स्ट्रिम नेटवर्कले सवैभन्दा ठूलो ःMSO को रुपमा र वृहत ISP नेटवर्कका रुपमा स्थापित हुन उच्च स्तरमा ब्यबस्थापन गरेको र उक्त कार्यलाई थप परिष्कृत बनाउन यो सहकार्य कोशेढुङ्गा सावित हुने बताउनुभयो । 
यो सहकार्य नेपाल र छिमेकी देश भारतका ःMSO बीचमा सेवा क्षेत्रमा भएको ऐतिहासिक र महत्वपूर्ण आपसी सहकार्य हो । यो सहकार्यले नेपालमा भएका स्थानीय प्रतिभाहरुलाई उजागर गर्न‘का साथै विभिन्न टि.भि. कार्यक्रम उत्पादन गर्न बढावा दिने छ । यसले नयाँ रोजगारका अवसरहरु मात्र सिर्जना नगरी नेपालमा केवल टि.भि.हरुको विदेशी च्यानलहरुसँगको परनिर्भरतालाई घटाउने छ । यी दुई ःMSO संगठित भई अगाडि बढेको अवस्थामा नेपाल सरकारसँग यस क्षेत्रमा हालसम्म नसमेटिएका कतिपय कुराहरुमा नियमन गर्ने संयन्त्रहरुमा सहकार्य गर्नेछ । जसले यस डिजिटल केवल टि.भि. तथा इन्टरनेट व्यवसायलाई स्वतन्त्र र स्वच्छ बनाउन समेत सहयोग गर्नेछ । 
प्रबन्ध निर्देशक 
प्रकाश चन्द्र घिमिरे 
डिभाइन स्ट्रिम नेटवर्क (meroTV)
२०७६ आश्विन १० गते शुक्रबार 

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper