banner
banner

लोकतन्त्र पल्टिनै लाग्यो ?

काठमाडौं । सिंगापुरमा उपचार गरेर फर्केका प्रधानमन्त्रीले भदौ २७ गते लोकतन्त्रबिरुद्ध षडयन्त्र भइरहेको अनुभूति गरेका थिए, असोज १ गते उनको मुटुले ढ्याङ्ग्रो ठोकेछ र भनिहाले– लोकतन्त्रमाथि खतरा आइसकेको छैन तर खतरा निम्त्याउने प्रयासहरु भइरहेका छन् । बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केहीगर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे । लोतन्त्रमाथि खतरा आइलाग्यो भने सरकार पनि जाइलाग्नेछ । सरकार चुप लागेर बस्दैन । सिंहदरवारभित्र संसद भवन निर्माणको शिलान्यास गर्दा प्रधानमन्त्री यसरी खबरदारी गरिरहेका थिए ।
लोकतान्त्रिक गणतन्त्र विरुद्द विभिन्न दक्षिणपन्थी, घोर बामपन्थी, अति बामउग्रपन्थीदेखि अति दक्षिणपन्थी समूह एकजुट भएको अवस्था देखिदैछ, धावा बोल्न थालियो भने सरकार चुप लागेर बस्दैन । एक्सनमा जान्छ । प्रधानमन्त्रीले राजावादीदेखि हिन्दुवादीसम्म, कांग्रेसदेखि बिप्लवसम्मलाई एउटै तीरले जख्मी पार्ने प्रयत्न गरेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper