banner
banner

यस्तो पनि संविधान दिवस ?

शाश्वत शर्मा -
विश्लेषकहरु भन्छन्– २०७२ साल असोज ३ गने एकतर्फी रुपमा जारीगरिउको नेपालको संविधानले गत शुक्रवार आफ्नो अन्तिम दिवस मनाएको छ । हरेक तप्का रक्षेत्र निराश हतास बनिसकेको अवस्थामा सरकारी स्तरबाटै जारी गरेर काठमाडौंको टुँडिखेलमा मनाएको संविधान दिवस वास्तवमै फिक्का देखिन्थ्यो ।
संसारमै कहीँ पनि उर्दी जारी गरेर संविधान दिवस मनाइन्न, त्यस्तो दृश्य नेपालमा देखाइयो । जनताले सहभागिता जनाएनन्, कर्मचारीमात्र पुगे र दिपावली गर्न पनि जनताले बेवास्ता गरे । यसबाट थाहा हुन्छ– संविधान दुर्घटनामा परिसक्यो । संविधान नाममा सिमित छ ।
प्रधानमन्त्रीले कर्मकाण्डी भाषण सुनाए पनि कुनै जनमानसमा उत्साह देखिएन । जनताको अपनत्व नभएपछि यस्तो हुन्छ । तत्कालीन अवस्थामा ीन दल कांग्रेस, एमाले र माओवादीद्वारा आफ्नै लाग मात्र निर्माण गरेर अस्वीकर्य हुँदाहुँदै जारी गरिएको यो संविधानकोवार्षिक दिवसलाई सरकारमै रहेर बशिष्कार गर्ने उपप्रधानमन्त्री उपेन्द्र यादव र उनको समाजवादी पार्टिले यो संविधान सर्वस्वीकार्य छैन भनेर प्रष्ट पारिदिएको छ । ह ुन पनि हो, संविधानले सबैलाई समेट्न सकेन ।
एकातिर संविधान अपुरो, अधुरो र सर्व अस्वीकार्य छ भने अर्कोतिर भ्रष्ट, नालायक र असक्षमहरुको जमातले सिंहदरवारलाई कब्जा गरेर बसेको छ । यो परिदृश्यले नैतिकपतन त भइसक्यो अव संविधान पतनमात्र बाँकी देखिन्छ । पूरा गर्नै नसकिने सपना देखाएर संविधान जारी भएको प्रष्ट भएको छ । संविधानलाई अमान्य गरेका छन् संवैधानिक प्रदेश सरकार र राजपा त जलाउनै अघि स¥यो र मधेश अलग हुनसक्छ भनेर महन्थ ठाकुरले अभिव्यक्ति नै दियो । लोकतान्त्रिक भनिएको संविधानले देश टुक्रा टुक्रा पार्ने खतरा पो देखायो । यो संविधान ठूला दलका लागि बरदान बनाएर ल्याइएको हो । सानाको शोषण भइरहेछ ।
हिजो पञ्चायतले सबैलाई समेट्न सकेन । तर पनि व्यवहारमा राजाले सबैलाई समेट्ने प्रयत्न गरेकाले ३० वर्ष चल्यो । ४७ को संविधान उत्कृष्ठ भनियो, संविधान लेख्नेहरु आज सत्तामा छन्, तिनैले त्यो संविधानलाई च्यातचुत पार्न साथ दिए र ढुंगा हानेरै व्यवस्था र संविधान फेरियो । अनेक प्रपञ्च गरेर राजाका विरुद्ध जनयुद्ध र जनआन्दोलन गरेर बल्ल व्यवस्था फेरिएको हो । नयाँ नेपाल बनाइन्छ भनेर निकै खोके, पात पनि हल्लाउन सकेनन् । मात्र आफू बने, आफ्ना लागि परिवर्तनलाई बेयरर चेक बनाएर साटे । नैतिकहीन बनेर भ्रष्टाचार गर्नु यिनको मुख्य ध्येय देखियो । कोही संविधानको सीमामा छैनन् ।
जनआन्दोलनपछि सिंगो मुलुक यिनको हालीमुहालीमा चलेकै हो । कुनै बाधा व्यवधान थिएन । घचेटिएका राजाले समेत यिनलाई सफलताको लागि सहयोग गरेकै देखियो । राजाले कहिल्यै गर्न नसकिने सपना देखाएनन्, आकाशपाताल जोडेनन् । यिनका क्रान्तिकारी भाषणका पछाडि जनता दगुरे, आज आएर पश्चाताप गरिरहेका देखिन्छन् । यहाँसम्म कि हिन्दु धर्म फाल्दा, गणतन्त्र कार्यान्वयन गर्दासमेत आमनागरिकले शान्ति आउँछ, समृद्धि हुन्छ र समानता ल्याइन्छ भने ठिक छ भनेर सहेर बसे, सहयोग गरे । तर यी नेताहरुले अव जनताको टाउको टेक्न थालेका छन् ।
संविधान दिवस, सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गर्दा पनि कुनै जनता सहभागी हुन गएनन् । सरकारले उर्दी लगाएर ल्याइएका कर्मचारीमात्र भेलामा मेला भर्न आएको देख्दा संविधान कति दयनीय हालतमा रहेछ भनेर जो कसैले अनुमान गर्न सक्ने स्थिति थियो ।
संविधानको सुखसुविधा लिने त गएनन् गएनन्, संविधान खारेज गर्न हिडेका विप्लवले हाँसोमा उडाउनु स्वभाविक थियो । अरु पीडित नेपालीको के कुरा गर्नु र ? अव कसैलाई द्विविधा रहेन, जबसम्म यो संविधानको मूल भावमा परिवर्तन हुँदैन, तवसम्म यो देशमा केही हुन्न । प्रस्तावना यथावत राखी अन्य बुँदामा परिवर्तन गर्न र परम्परागत शक्तिलाई यथास्थान नदिएसम्म संविधान यस्तै बेहालतमा रहन्छ । कारण देशमा १ सय २६ जाति छन् र ती सबैलाई सूत्रमा उन्ने जोडनको काम गर्न कुनै नेता सफल भएनन् ।
मोही माँग्ने ढुंग्रो लुकाउने कुरा गरेर देश बचाउन सकिन्न । हिन्दुवाद र लोकतन्त्रसहितको राजतन्त्र नै यो मुलुकको भाग्य र भविष्यको सुनिश्चितता हो । यसका लागि आआफ्नो ठाउँबाट योगदान गरौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper