banner
banner

फट्याङ्ग्राले लात्ती हान्ला महाराज

स्वयमभुनाथ कार्की -
दुइ चोटी गद्धिमा बस्ने काकतालीमा उनको इच्छा र चहाना कति थियो त्यो कि त उनलाई थाहा होला कि भगवानलाई । पहिलो पल्ट उनको उमेरले गर्दा राजगद्धिमा बस्ने नबस्ने कुराबाट निर्विकार थिए भन्न सजिलो भयो । नत्र उनलाई त्यो वेलाको पनि फतुर बोक्नु पर्ने हुन्थ्यो । तर दोश्रो पल्ट त्यसो भएन, राजपरंपरा खण्डित भयो । अत्यन्त निम्न, निम्छरो लान्छना बोकेर छेउ लाग्नु प¥यो । त्यो वेला समय परिस्थिति अनि स्वभाविक अकुशलताले त्यसो भयो भन्न सकिन्छ । आफ्नो स्पष्टिकरण भन्दा तात्कालिन वेलामा राष्ट्रको पिडा हरण महत्वपुर्ण लागेको भनेर भन्न सकिन्छ । जवसम्म उनले जनता र आङ्खनो बीच दुरी कायम राखे तवसम्म लोकप्रियताको नकारात्मक विन्दु पनि पार भयो । आफुलाई सहज अप्राप्य वस्तु अर्थात ‘रियर कमोडिटी’ हैन जनतालई सहज प्राप्य अर्थात ‘इजीली एभाइलेवल’ वनाउनु लोकप्रिय हुनु हो भन्ने सोच आउनु पर्ने हो । विगतका झण्डै दशक भन्दा धेरैका परिस्थितिहरु घटनाहरु आदि राखेर एकान्त चिन्तन गरेको खण्डमा यो सत्य देखिने नै छ । जुन अवधीमा जनताको नजिक भएका छन त्यो अवधिमा उनले सुरक्षा कमाएका छन, प्रशंसा कमाएका छन । जुन अवधीमा उनी जनताबाट टाढिन खोजेका छन त्यो अवधिमा दल, दलको सरकार, तीनका नेता, कार्यकर्ताबाट आक्रमण तिव्र भएको छ । यो आक्रमण भौतिक नै भने हैन ।
उनका निकट सहयोगीहरुले गाली खानु परेको छ । राजा र आफुहरु बीच तगारो भएको भनेर जुन व्यवहार खप्नु पर्ने हुन्छ त्यसले पक्कै उनिहरुलाई संवाद तोडेर वस्नु पर्ने हुन्छ । आफ्ना हितचिन्तकहरु संग टाडिन थाल्नाले फेरी बदनाम गराउने कुटिल प्रयत्न शुरु भएको छ । यो भ्रम हटनु पर्छ कि व्यक्ति वा व्यक्तित्वको आकर्षणले वशिभुत भएर हितचिन्तकहरुको संख्या बढेको हो , होईन त्यो पटक्कै होईन । नियतिले नियत गरेको भुमिका निर्वाहन हुन्छ र त्यो भुमिकाले राष्ट्रको भलो हुन्छ भनेर आश गर्ने आशेहरुको जमात हो हितचिन्तकहरुको जमात । अपवादमा अरुलाई नोक्सान पु¥याएर व्यक्तिगत फाइदा खोज्ने यो जमातमा छदैछैनन भन्न सकिन्न । तर सबैको चिन्ता र आश भनेको राष्ट्रको भलो भए आङ्खनो पनि भलो हुन्छ भन्ने नै हो । 
यसका निमित्त उनिहरुले केवल कुरा मात्र गरेका छैनन आफुले सक्दो योगदान पनि गरेका छन् । जसले जहाँबाट जे सक्छ त्यो योगदान गरेको छ त्यो पनि बिनामुल्य । यस्ता हितचिन्तकहरुको जमात योग्यता विहिन छैन । सामुन्ने आएका अवस्था र जानकारीको आधारमा विवेचन गरेर नतिजा निकाल्न सक्नेहरुको कमी छैन । उसै पनि पहिले अत्यन्त कम साधन श्रोत भएको अवस्थामा पनि जानकारीहरु चुहिने गर्दथे भने वर्तमान युग त सुचनाको युग हो । सुचना प्रविधिमा निरन्तर फडको हान्दै गरेको यो युगमा गोप्य भन्ने कुरा लगभग असंभव छ । त्यसमाथि सबैतिरबाट निराश भएका जनतालाई दल, शासन प्रणाली, नेता आदिलाई ध्यान दिने रुची छैन । 
आङ्खना अन्धभक्त ठानिएका कार्यकर्ताहरु बाहेक कसैले ध्यान नदिएको महशुस नेताहरुलाई भईसकेको छ कथित परिवर्तनकारी शक्तिहरुलाई । यसरी आफु कमजोर हुँदै जाँदा ती अन्धभक्त भनिएका कार्यकर्ताहरु पनि आफुसंग नरहने हुन सक्छ । उसैपनि दिनै पिच्छे तिहुन चखुवाहरुको विभिन्न पार्टी प्रवेशले ती भरोसा लायक हैनन भन्ने देखाएको छ । यस्तो वेलामा महाराज फेरी एकान्तवास गएको सुईको पाएर प्रहार शुरु भएको छ । प्रसंग र सन्दर्भ वेगर नै कहिले राजा फर्कन नसक्ने भाषण गर्छन् । कहिले गणतन्त्र खतरामा भएकोले एक जुट हुन आव्हान । परस्पर विरोधी यस्ता कुराको साथै अव महाराजमाथी कुटिल हमला शुरु भएको छ ।
त्यही कुटिल हमलाको कडी हो विमान चार्टरको ५ करोड वक्यौताको कुरा । राजाको हैसियतमा गरिएको यो खर्च नेपाल सरकारको हो भन्ने कुरामा कुनै दुईमत छैन । यदि राजाले नै व्यहोर्नु पर्ने हो भने राजाको हैसियतले प्राप्त कर्तव्य वहन गर्दा राजाको हैसियतले प्राप्त सम्पत्तीबाट व्यहोर्नु पर्छ । यसको निमित्त दुई बाटा छन् पहिलो राजालाई गद्धिमा फेरी बसाएर माग्ने, अर्को राजाको सम्पत्ती जो नेपाल ट्रष्टमा छ त्यसबाट भराउने । यो फट्यांग्राले लात्ती हान्न खोजेको हो । महाराज राष्ट्र बचाउने कुरामा यदि ओठे चासो मात्र हो अरु हैन भने हितचिन्तकहरुले चिन्ता लिन आवश्यक नठान्न सक्छन । त्यो वेलामा पक्कै फट्यांग्राले लात्ती हान्ने छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper