banner
banner

गणतन्त्रको छटपटी र चुपचाप महाराज

स्वयम्भुनाथ कार्की -
गणतन्त्रलाई आङ्खनो सोचमा अकंटक बनाउन सफल भएकाहरुको छटपटी र सकेसम्म सोहर्ने प्रवृत्ति देखिदैछ । सपना जपना गणतन्त्र अव अकंटक भयो भनेर सरकारी खर्चमा नफलाकी चैन छैन । अरु त अरु स्थानिय सरकारमा चुनिएका दलप्रतिनिधिहरु नेपाल आईनपुग्दै अर्को विदेश भ्रमणमा व्यस्त छन । जनप्रतिनिधि भन्न मिल्ने निर्वाचन प्रणालीबाट चुनिएका नभएकाले यीनीहरु दलप्रतिनिधि नै हुन । अब यी जनतालाई उपलव्धि बिहिन भ्रमणहरु उनीहरु व्यक्तिगत खर्चबाट गर्दैछन भनेर कसैले आफुलाई हास्यको पात्र नबनाएको वेश । यदि विदेशी कै निम्तो र खर्च भए पनि त्यो उनीहरुले व्यक्तिगत हैसियतबाट पाएको हैन । तलव दिएर जनताले आङ्खनो काम गर्न किनेको समय हो । 
ठूलो त्याग तपस्या गरेका भनिएका यी राजनितिकर्मीहरुमा आखिर किन यस्तो हडवडी ? किन यस्तो छटपटी ? कोही अरुले खोसिदिन्छ कि जस्तो गरेर सबै सोहर्न के को हतार ? गम्भिर विमारी भएर अस्पताल दाखिला हुँदा पनि निमेष भरलाई पनि बिश्राम लिन किन नमिलेको ? आङ्खना अरु सबैको क्षमतामा अविश्वास हो कि अरुले नै कुम्ल्याईदेला भन्ने डर ? यी कुनै प्रश्न अनुत्तरित छैनन् । सबै प्रश्नको परिस्थितिले जवाफ दिदैछ । आङ्खनो पुरुषार्थले  गरेको भनेको कामहरु गराई दिएको भनेर विदेशी मित्रहरुले भन्न थालेका छन । कुरो सही हो वा गलत भन्ने कुराको कुनै महत्व छैन । संभवत उनीहरुले पनि यो मौकामा आङ्खनो भाग खोज्न पासा फालेको होला । के अव नेपालीले आङ्खना महान नेताहरुको साथै उनीहरुलाई पनि भाग दिनु पर्ने हो त ? डराउनु पर्ने कुरो भने यता छ ।
संविधान निर्माणको अन्ततिर आफुलाई मधेशवादी भन्ने दलहरुले संविधान सभा वहिष्कार गरे । देशका विभिन्न भागमा अस्विकृतिका स्वरहरु निक्लन थाले । राजा सहितको प्रजातन्त्र अनि हिन्दु राज्यको कुरा उठाउने सर्वाधिकारको एकमात्र अधिकारी दावी गर्ने राप्रपा नेपालले पनि वहिष्कार ग¥यो । तर त्यो टिकेन, सत्ताको चासनीमा आफुलाई स्वाहा बनायो । कसरी त्यसलाई प्रयोग गरिएछ भन्ने कुरा हालै कमल थापाले लेख मार्पmत सार्वजनिक गरेका छन् । त्यसले केही कुरा बुभ्mन मद्दत गरेको छ । पहिलो कुरा राजा सहितको प्रजातन्त्र र हिन्दु राज्यको माँग, त्यो दलको आधार हो । यदि माँग पुरा भएमा आधार सकिएर दल नै समाप्त हुन्छ ।
अब यो भन्न आवश्यक छैन कि आङ्खनो आधार सबैले सुरक्षित गर्न खोज्छन् । अर्थात चीरकालसम्म त्यो दल कायम रहोस र यही कुराको निमित्त संघर्ष गरिरहोस् । अर्को कुरा जव गणतन्त्र कठिनाईमा हुन्छ त्यो वेला कसैले पनि राष्ट्रको दुहाई दिएर उनिहरुलाई आङ्खनो मुद्दाको विपरित काम लगाउन सक्छ । नत्र भने कमल थापाले लेखमा ओलीको सरकार वाहेक अरु सरकारका जानु आङ्खनो भुल थियो भनेका छन् । यदि ओली सरकारमा जानु ठिक थियो भने सरकारका गएर आङ्खनो मुद्दाको हकमा के काम गर्न सके त ? आङ्खना शुभेच्छुक तथा सहकर्मीलाई गाली गर्न बाहेका , अर्थात आपैmलाई कमजोर बनाउन बाहेक । 
अहिले यत्रो समय पछि, दल करिवकरिव माटोमा मिलिसकेपछि पनि आफु वाहेक अरुलाई ‘एजेण्डाको आवरणमा निहित स्वाथ्र्य बोकेका केही अतिवादी’ देख्छन । प्रष्ट छ अहिले फेरी संभवत गणतन्त्र पक्षधरहरुले उनीसंग सहायता मागेका छन्, उनी सहायता गर्दैछन् । अव फेरी गणतन्त्र नचहानेहरुले आधामनले मात्र विश्वास गरेको शक्ति समेतको साथ गणतन्त्रलाई चाहिएको छ भने त्यो अर्थपुर्ण छ । गणतन्त्रका नेताहरुको सभ्यताको सिमा उलंघन गरेर गरिएका राजालाई गाली गर्ने संभाषण , विदेशी अधिकारीका आत्मकथाहरुमा नेपालको गणतन्त्रको जसको खोजी, पछि मौका पाईएला नपाईएला भनेर सबै सोहर्ने व्यवहार आदिले केही संकेत गरेको छ । त्यो स्पष्ट संकेत हो कि गणतन्त्रले आङ्खनो राम्रो भविष्य देखेको छैन ।
यो मौकामा महाराज भने चुपचाप छन , अर्थात अहिले नै गणतन्त्रलाई कुनै खतरा छैन । युवराजले त पहिले नै राजकाजमा आङ्खनो अनिच्छा देखाई सकेका हुन् । तर मनको डरको कुनै उपचार छैन । आङ्खनो अयोग्यता र कुशासनको ज्ञान छ गणतन्त्रलाई त्यसैले उसले आफुमा खतरा देखेको छ । अनि भन्छ गणतन्त्र केही गरेपछि उल्टिन सक्दैन । यस्तो वेलामा आङ्खनै कारणले ढलेको गणतन्त्रले पैदा गरेको शुन्यता कसले भर्छ महाराज ? भिडतन्त्रले ? विदेशी राष्ट्रको खेलमैदानले ? वा राष्ट्रको समाप्तीले ? राष्ट्र निर्माताको रगत बोकेको कारणले के यसको जवाफ दिने दायित्व छैन महाराज ? राष्ट्रवादीले पहिले राष्ट्रको भलो हेर्छ भन्ने सिद्धान्त स्विकार गर्दागर्दै पनि राष्ट्र बचाउन विकल्प के त ? 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper